झापा । लघुवित्त कारोबारको माध्यमबाट ग्रामीण महिलाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षदेखि इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र बनाउने भएको छ । झापाका करिब २७ हजार मानिसहरुलाई शेयर सदस्य बनाएर कारोबार गरिरहेको कर्णाली साकोसले संघीय सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव १८औं वार्षिक […]
काठमाडौं अर्थमन्त्री डा। युवराज खतिवडाले डुइङ बिजनेस बिजनेस गर्ने वातवरणमा विश्व बैकले नेपालमा गरेको मूल्यांकनप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले समान्य विषयलाई केलाएर विश्व बैंकले नेपाललाई तल झारिदिएको भन्दै आपत्ती जनाएका हुन्। विश्व बैंकले केही दिन सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा डुइङ बिजनेसमा मा ११० औँ स्थानमा झरेको छ। जब कि अघिल्लो वर्ष नेपालले १०५ औँ […]
काठमाडौँ । कपडा उद्योगीहरुले शनिबारबाट मंसिर ७ गतेसम्म मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द गरेका छन्। सरकारले ल्याएको आर्थिक एन मार्फत उद्योगहरुलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्यागीहरुले सांकेतिक विरोध स्वरुप उद्योग बन्द गरेका हुन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र लाल प्रधानले मंसिर ७ गतेसम्म कपडा उद्योगहरु पूर्ण रुपमा बन्द […]
काठमाडौं। मुलुकका ५५ वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा भएको छ । असार १० गते भित्र बजेट ल्याईसक्नु पर्ने कानुनी व्यवस्था भएपनि आवश्यक समन्वयको अभावमा अझै ५५ वटा स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डा। बैकुण्ठ अर्यालले कानुनी प्रावधान विपरित ५५ वटा स्थानीय तहले अहिलेसम्म […]
काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड एनएफआरएस मा प्रायः सबै बैंकहरु नाफामा देखिन्छन् । कुन बैंक कति नाफामा छन् त ईन्भेष्टमेन्ट बैंक नेपाल ईन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा उत्साहजनक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले व्यवसायको आकार बढाउँदै आफ्नो […]
बुद्धशान्ति । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौला खरेलले सरकारले अहिले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न चाहेको र परिवर्तनका लागि बनाइएको नीतिलाई सफल पार्न सबै एक हुनपर्ने आग्रह गरेकी छन् । बिहीबार झापाको बुधबारेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुपारीजोनले आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा सांसद निरौलाले यस्तो बताएकी हुन् । ‘आत्मनिर्भरको अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण विशिष्टिकरण’ […]
अर्जुनधारा । थोरै मात्र मानिसले विदेशमा सिकेको सीपलाई नेपालमा आएर उपयोग गर्छन् । विदेशमा सिकेको सीपलाई स्वदेशमा नै सदुपयोग गरी आत्मनिर्भरताको बाटोमा झापाको अर्जुनधारा नगरपालिका ५ का केही युवा अग्रसर भएका छन् । वैदेशिक रोजगारीका लागि दुबई गएर तीन वर्ष वासिङ कम्पनीमा काम गरेका राजेश दाहालले नेपाल आएर त्यहाँ सिकेको सीपको सदुपयोग गर्न थालेका हुन […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले बिहीबार आह्वान गरेको बोलपत्रअनुसार ४० करोड थान सय दरका नोटको मूल्य ४० अर्ब रुपैयाँबराबर हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने छ । राष्ट्र बैंकका […]
काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । डलरभन्दा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ केही घटेको महासंघले […]
काठमाडौं । दशैंबाहेक अन्य चाडपर्व तथा दिवसमा पनि अब नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विविध जातजाति तथा भाषाभाषीले मनाउने चाडपर्व तथा राष्ट्रिय दिवसहरुमा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको जनाएको हो। नव वर्ष, उभौली, बुद्ध जयन्ती, गौरा पर्व, तिज, इन्द्रजात्रा, छठ, संविधान दिवस, गणतन्त्र दिवसलगायतका राष्ट्रिय चाडपर्व […]