शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ […]
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि कामदारले विदेशबाट पठाउने रकम विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक तथ्याँकअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको छ । कामदारको तलब तथा अमेरिकी डलरको भाउ बढेकाले रेमिट्यान्स रकम बढेको हो […]
बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो जिल्ला अधिवेशन भदौ ७ बिहीबार बिर्तामोडमा गरिने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । अधिवेशनको उद्घाटनको अवसरमा समाजसेवी, सुनचाँदी व्यावसायी र गहना बनाउने कालिगढ गरी तीन विधाका एक–एक […]
भद्रपुर । भद्रपुरस्थित छोटी भन्सारको स्तरीकरण गरी भन्सार विभागले मूल भन्सार कै मान्यता दिए पनि छोटी भन्सार कै रूपमा काम चलाउँदा कर्मचारीले राजश्व भन्दा खाजश्वमा बढी जोड दिन थालेका छन् । मूल भन्सारको मान्यता गत आर्थिक वर्षको अन्त्यतिर प्रदान गरिएको सो भन्सारमा विभागले दरबन्दीसहित कर्मचारी पठाउन नसकेपछि मेची भन्सारबाट आलोपालोमा आउने कर्मचारीले ठूला व्यापारीसित साँठगाठ […]
काठमाडौं । नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर भएको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय १२ रुपैया ५५ पैसा तोकेसंगै नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको हो । यसअघि १ अमेरिकी डलरको नेपाली मुद्रा १ सय १० रुपैयाँको […]
काठमाडौं । डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तय गरेको मूल्य अनुसार खरिद मूल्य नै १११ रुपैयाँ ६० पैसा छ भने बिक्री मूल्य ११२ रुपैयाँ २२ पैसा छ। डलरको मूल्य आकाशिएसँगै नेपालमा रुपैयाँ भने कमजोर बनेको छ। डलर बढ्दा नेपालको व्यापार घाटामा थप असन्तुलन कायम हुन्छ। नेपालले वार्षिक १२ खर्ब […]
भद्रपुर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कुनै पनि उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर नलाग्ने बताएका छन् । तीन तहको सरकारको संरचना बनेसँगै उद्योग व्यवसाय क्षेत्रमा दोहोरो करको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता उद्योगी–व्यवसायीमा व्याप्त रहिरहेका बेला मन्त्री आङ्वोले दोहोरो कर नलाग्ने स्पष्ट पारेका हुन् । बिहीबार […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ […]
काठमाडौं । हिजोको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर […]
भद्रपुर । राजश्व छलेको आरोप लागेका भद्रपुरका व्यापारी सञ्जीव घोष धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका छन् । घोषलाई राजश्व छल्न नक्कली भ्याट बिल (मूल्य अभिबृद्धि कर विजक) प्रयोग गरी अवैध कारोबारको आरोपमा पक्राउ गरी राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एक करोड ५७ लाख धरौटी रकम बुझाउन माग गरेपछि नतिर्दा […]