चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र लन्डनस्थित मेडिकल फर्म मेडोप्याडले पार्किन्सन्स रोग निदानका लागि ‘आर्टिफिशल इन्टेलिजन्स'(एआई) प्रयोग गर्न सहकार्य गरेका छन्। यस पद्धतिमा पार्किन्सन्स रोगका लक्षणको गम्भीरता खुट्याउन एउटा क्यामेराले बिरामीले हात चलाएको दृश्य खिचिराख्छ। चिकित्सकले परीक्षण गरिसकेका बिरामीका उपलब्ध भिडिओ प्रयोग गरेर अनुसन्धान टोलीले यो कम्युटरमा आधारित कृत्रिम प्रणालीको विकास गरेको हो। त्यसका लागि लन्डनस्थित […]
कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार आजदेखि खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४०३ घरमा सुरक्षित चर्पी थिए । जिल्ला समन्वय समिति झापाका […]
काठमाडौँ । आज २६औँ विश्व मानसिक स्वास्थ्य दिवस । ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मूल नाराको साथ अक्टोबर १० मा नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । […]
कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा हुँदैछ । सोको पूर्वसन्ध्यामा मंगलबार साँझ दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो । कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय तह पनि हो । […]
काठमाडौं । धनुषाका वर्ष ५७ का मनोजकुमार यादवले दाहिने आँखा धमिलो देख्न थालेको ५ वर्ष भएको थियो । उनलाई सुरुमा आँखा धमिलो हुने, पोल्ने लक्षण देखिएको थियो । आर्थिक अवस्था कमजोर । बिहान के खाने बेलुका के खाने भन्ने समस्याले गाँजेको थियो उनको परिवारलाई । “कसरी जानु आँखाको उपचारका लागि अस्पतालसम्म, पैसा छैन । मैले […]
लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ नै, रक्तसञ्चारसँग जोडिएका समस्या, […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज झापाका दुई अलग अलग स्थानमा दुई रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । एनएमसीले आज झापाको निर्वाचन क्षेत्र नम्बर ३ स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता र विश्व मुस्कान दिवसको अवसरमा दाँत स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । संस्था अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिद्वारा भद्रपुरमा […]
हामी चाहन्छौं, आफ्ना बच्चा सग्ला होस् । स्वस्थ्य होस् । तन्दुरुस्त होस् । तर, कतिपय बच्चा जन्ममै रोग लिएर जन्मन्छन् । अर्थात जन्मजात रोग लाग्ने गर्छ । बच्चा जन्मेपछि उसलाई हामी सकेसम्म राम्रो ख्याल राख्छौं । हेरविचार गर्छौं । स्यहारसुसार गर्छौं । शारीरिक तथा मानसिक रुपले स्वस्थ्य होस् भन्नका खातिर खानपानदेखि यावत् कुरामा होसियारी अपनाउँछौं […]
काठमाडौं । ‘शल्यक्रिया’ भन्नासाथ धेरै मानिसहरु डराउँछन् । डराउनुको कारण मध्ये एक हो, बेहोस पार्ने औषधिको प्रयोग । शल्यक्रिया अवधिभर बिरामीलाई स्थिर राख्न र दुःखाई महसुस हुन नदिन बेहोस पार्नुपर्ने हुन्छ । त्यसका लागि एनेस्थेसिया प्रयोग गरिन्छ । तर, बिरामी बेहोस पार्ने मात्र होइन, शल्यक्रियापछि होसमा ल्याउने प्रक्रिया पनि एनेस्थेसिया अन्तरगत नै पर्छ । त्यसैले […]
वैज्ञानिकले आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरेर क्यान्सर कसरी बढ्छ भन्नेबारे पत्ता लगाएका छन् । यसले डाक्टरलाई बिरामीका लागि सबैभन्दा प्रभावशाली उपचार कसरी सुरु गर्ने भन्नेमा निकै सहयोग हुने बताइएको छ । लण्डनको इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आइसीआर) र युनिभर्सिटी अफ एडिनबर्गको समूह मिलेर एउटा नयाँ प्रविधीको खोजी गरेको छ – रिभोल्वर (रिपिटेड इभोलुशन अफ क्यान्सर) क्यान्सर […]