काठमाडौं । अत्यधिक मदिरा सेवनको कारण एक वर्षमा विश्वभरमा ३० लाख भन्दा धेरै मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालसालै जारी गरेको वाषिर्क प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६ मा मात्रै मदिरा सेवनको कारण ३० लाख भन्दा धेरैको मृत्यु भएको छ । जसमध्ये तीन चौंथाई पुरुष रहेका छन् । […]
कमल । कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज एक दिने डेंगोरोग रोगथाम तथा नियन्त्रण सम्वन्धि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । डेंगो रोगका कारण मानिसमा विभिन्न प्रकारका रोग लाग्ने भएकोले त्यसबाट बच्ने उपायका साथै लामखुट्टेबाट बच्ने उपायका बारेका अन्तरकृया कार्यक्रम भएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, स्वस्थ्यकर्मी, समाजिक संघ संस्थका प्रतिनिधि, […]
विश्व मुटु महासंघका अनुसार मुटुरोगबाट विश्वमा वर्षेनी १ करोड ७० लाख मानिसको मृत्यु हुन्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा विकासोन्मुख देशका विपन्न नागरिक पर्छ्रन् । विश्व स्वास्थ्य संगठनले त सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने चेतावनी दिएको छ । नेपालमा पनि मुटु रोगीको संख्या दिनानुदिन बढ्दो छ । बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग […]
काठमाडौं । नेपालमा स्तन क्यान्सर अरु क्यान्सरभन्दा जटिल हुने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताउने गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति भन्छन्, ‘‘स्तनमा गिर्खाहरू आएपनि लाज तथा संकोचका कारण अधिकांश नेपाली महिला स्तन परीक्षण गराउन समयमा अस्पताल जाँदैनन् । उपचार गर्न अन्तिम अवस्थामा मात्र आउँछन् ,जतिबेला उपचारको विकल्प समाप्त भइसकेको […]
मानिसको शरिरमा आन्द्रालाई ‘दोस्रो मस्तिष्क’ भनिन्छ । यसमा न्यूरोन हुन्छ र यसले शरिरको सेन्ट्रल नर्भस सिस्टम (केन्द्रीय तन्त्रिका तन्त्र) भन्दा भिन्न काम गर्छ । आन्द्राको जटिल कामले हाम्रो स्वास्थ्यलाई प्रभावित गर्छ । डाक्टरका अनुसार हाम्रो पाचन प्रणालीले खाना पचाउनुबाहेक अन्य थुप्रै काम गर्छ । डाक्टरहरुले यसको मद्दतले दिमागी रोग र प्रतिरक्षा प्रणालीसँग सम्बन्धित रोगको उपचार […]
बिर्तामोड । पूर्वको मुख्य व्यापारिक केन्द्रसमेतले परिचित बिर्तामोड सहर तथा बिर्तामोड नगरपालिका क्षेत्र डेंगु संक्रमणका कारण पनि बेलाबेलामा चर्चामा आइरहन्छ । विशेषगरी जाडो महिनामा डेंगु भाइरस सार्ने लामखुट्टे सक्रिय हुने भएकाले यो वर्ष नगरका बासिन्दालाई बेलैमा सजग गराउन बिर्तामोड नगरपालिकाले डेंगु प्रिभेन्सन प्रोग्राम यसैसातादेखि सुरु गर्ने भएको छ । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र […]
काठमाडौँ । जानकारहरूका अनुसार ‘रोटा भाइरस’ जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेलगत्तै नेपालमा बालबालिकाहरू यो प्राणघातक ‘रोटा भाइरस’ सङ्क्रमणको जोखिममा पर्न थालेका छन् तर नेपालमा सन् २०१६ देखि नै ‘रोटा भाइरस’ प्रतिरोध अभियान सुरु गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन । ‘रोटा भाइरस’का कारण नेपालमा ५ वर्षमुनिका बालबालिकाहरू धेरै जोखिममा छन् । सरकारले […]
काठमाडौं ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्तिका लागि अपनाइएको प्रक्रिया नै गलत भएको भन्दै चर्को विरोध भएपछि तत्काललाई उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । स्वाथ्य मन्त्रालय र न्याम्सअन्तर्गतका प्राध्यापक डाक्टर, शिक्षाध्यक्ष, रजिस्ट्रार, डीनलगायतले प्रक्रियाको नै विरोध गरेपछि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्ति गर्ने तयारी गरे पनि निर्णय गर्न नसकेको हो । […]
काठमाडौं । पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मूत्यु समेत हुनसक्छ । पोलियो रोगका लक्षणहरु ? ज्वरो आउने, रुघा–खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने र हात–खुट्टा दुख्ने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । केही बालबालिकामा यसले अतिशीघ्र लुलो पक्षघात गराई […]
मेचीनगर । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नगरमा कुष्ठरोगीका नयाँ विरामी फेला पर्न थालेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ जान थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताइन् । उनका अनुसार सामाजिक भेदभावका कारण कुष्ठरोगीहरु खुलेरै उपचारका लागि नपुग्ने गरेका […]