Sajhamanch Archive

मेचीनगरका पाँचै जना कोरोना संक्रमित भारतबाट आएका

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका पाँचै जना कोरोना संक्रमित भारतबाट आएका.

मेचीनगर । आइतबार मेचीनगरमा थपिएका कोरोना संक्रमित २ जनासहित पाँचै जना भारतको युपी, चेन्नई, मुम्बई र दिल्लीबाट आएका थिए । मेचीनगरमा आइतबार थपिएका पाँचौँ कोरोना संक्रमित ३० वर्षीय पुरुष पनि भारतको मुम्बईबाट गत जेठ ३० गते नै मेचीपुल आइपुगेका थिए । मेचीपुल आइपुगेका उनलाई पनि स्थानीय जनप्रतिनिधिले एम्बुलेन्समा हालेर सिधै मेचीनगर–५ को बालकल्याण माविको क्वारेन्टिनमा […]

धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आइसोलेट सेन्टर बन्ने

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आइसोलेट सेन्टर बन्ने.

मेचीनगर । झापाको मेचीनगरमा आइसोलेट सेन्टर बन्ने भएको छ । कोरोना भाइरस (कोभिड -१९ ) को संक्रमितको संख्या बढीरहेको अवस्थामा पुर्वी सिमानाको नगरपालिकामा संक्रमितलाई अलग्याएर राख्नका लागि आइसोलेट सेन्टर बन्ने भएको हो । मेचीनगर वडा नं.११ को धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई आइसोलेट सेन्टर बनाउने निश्चित भएको मेचीनगरका प्रमुख बिमल आचार्यले बताए । प्रमुख आचार्यले […]

नेपाली कांग्रेसद्वारा मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह, by . Leave a Comment on नेपाली कांग्रेसद्वारा मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण.

मेचीनगर । कोरोना भाइरस (कोभिड-१९) का कारणले गर्दा समस्यामा रहेका नागरिकहरुलाई छाक टार्न केही हदसम्म भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली कांग्रेस मेचीनगर १२ ले मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण गरेको छ । वडामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमाललाई नेपाली कांग्रेसका महासमिति सदस्य तिलकप्रसाद गिरीले १० क्वान्टिल  […]

क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परिक्षणको नतिजा नेगेटीभ आएपछि सामुहिक विदाई

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परिक्षणको नतिजा नेगेटीभ आएपछि सामुहिक विदाई.

कमल । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १९ जना नागरिकको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएपछी बुधबार सामुुहिक रुपमा विदाई गरिएको छ । भारतको विभिन्न शहरबाट आफ्नो घर आएका नागरिकहरुलाई गाउँपालिकाले निर्माण गरेकोे क्वरेन्टाइनमा राखिएको थियो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कोभिड १९ को संक्रमबाट कसरी जोगाउन सकिन्छ […]

मन्त्री घिमिरेद्वारा कोरोनाको ‘हटस्पट’ कचनकवलको अनुगमन

Published: in प्रदेश तह, समाज, स्थानीय तह by . Leave a Comment on मन्त्री घिमिरेद्वारा कोरोनाको ‘हटस्पट’ कचनकवलको अनुगमन.

झापा । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसको ‘हटस्पट’ बनेको झापाको कचनकवल गाउँपालिकाको आज अनुगमन गरेका छन् । प्रदेशसभा सदस्य बसन्त बानियाँलाई साथमा लिएर मन्त्री घिमिरे अनुगमनमा गएका हुन् । उनले स्थानीयबासीलाई कोरोना संक्रमणको जोखिमबाट नआत्तिन आग्रह गरेका छन् । मन्त्री घिमिरेले कचनकवलका विभिन्न क्वारेन्टाइनको अनुगमन गर्दै कोरोना भाइरसको नियन्त्रण र संक्रमितको […]

कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु.

कमल । झापाको कमल गाउँपालिकाले सोमबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुुरुवात गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवेदन दिएका युवाहरुलाई पहिलो चरणमा कमल गाउँपालिकालको वडा नम्वर २ को कार्यलय भवन निर्माण र वडा नम्वर ३ र ५ मा खानेपानि पाईपलाई विस्तारको कार्यमा खटाइने भएको छ । गाउँपालिकामा पुर्ण विवरण सहित रोजगारीका […]

भारतको चेन्नाईबाट आएका थिए मेचीनगरका तेस्रो संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भारतको चेन्नाईबाट आएका थिए मेचीनगरका तेस्रो संक्रमित.

मेचीनगर । मेचीनगरमा तेस्रो व्यक्तिका रुपमा कोरोना संक्रमित पुष्टि भएका २२ वर्षीय एक पुरुष भारतको चेन्नाईबाट गत जेठ २७ गते काँकरभिट्टा आइपुगेका थिए । चेन्नाईबाट उनी गत जेठ २७ गते नेपाल–भारत सीमा नाकाको दशगजा स्थित मेचीपुलमा आइपुगेका थिए । उनलाई मेचीपुलबाट एम्बुलेन्समा हालेर सिधै मेचीनगर वडा नं.५ स्थितबालकल्याण माविको क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा […]

झापाबाट अबैध सामान बरामद

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on झापाबाट अबैध सामान बरामद.

झापा । भारतबाट लुकाइछिपाइ ल्याउदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । सोमबार दिउँसो झापाको कचनकवल गाउँपालिका वडा नं.५ पाठामारीबाट विशेष सुराकीको आधारमा जि.प्र.का. झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपाल तर्फ भन्सार छली गरेर लादै गरेको बिंडी, सुर्ती, चियापती, अण्डरवेयर, भेष्ट, चिनी, खाने तेल र रजनीगन्धा बरामद गरेको हो । दुई लाख मूल्य […]

अर्जुनधाराको कालीझोडामा कोरोना रोकथामका लागि चेतनामुलक कार्य

Published: in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराको कालीझोडामा कोरोना रोकथामका लागि चेतनामुलक कार्य.

अर्जुनधारा । कोभिड–१९ संक्रमण नियन्त्रण समिति अर्जुनधारा १० कालिझोडाले समितिले गरिरहेको कार्यहरुको समीक्षा गरेको छ । दुई साताअघि गठन भएको समितिले गर्दै आएको विभिन्न चेतनामूलक कार्यक्रमहरुको समीक्षा गरेको हो । दैनिकजसो स्वास्थ्य सामग्री वितरणसहित घरदैलो कार्यक्रम गर्दै आएको समितिले जेठ २५ गते मनकामना अस्पताल चारआलीका डाक्टर दिलीपकुमार यादवको सहजीकरणमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको थियो । […]

अर्जुनधारा नगरपालिका क्षेत्रमा बिहना ६ देखि दिउँसाे १२ बजेसम्म बजार खुल्ने

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरपालिका क्षेत्रमा बिहना ६ देखि दिउँसाे १२ बजेसम्म बजार खुल्ने.

अर्जुनधारा । झापाकाे अर्जुनधारा नगरपालिका क्षेत्रमा स्वास्थ्य सावधानीसहित सुरक्षाकाे प्रबन्ध गरी बिहान ६ बजेदेखि १२ पसल ब्यवसाय सञ्चालन गर्ने सर्वपक्षीय निर्णय भएकाे छ । जेठ २७ गते जिल्ला समन्वय समिति झापामा सम्पन्न बैठककाे निर्णयसमेतकाे अाधारमा नगरपालिकामा अाज बुधबार बसेकाे सर्वदलीय बैठकले पसल व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मूल्यसूचि टाँस गर्ने व्यवस्था मिलाउन पनि निर्देशन गरेकाे छ […]