Sajhamanch Archive

खुल्ला दिसामुक्त झापा, कागजमा मात्रै कि !

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on खुल्ला दिसामुक्त झापा, कागजमा मात्रै कि !.

भद्रपुर । झापा जिल्लालाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पूर्ण सरसफाई जिल्लाको मान्यता सहितको स्वीकृत पत्र पठाएकाले पुष १३ गते खुला दिसामुक्त जिल्ला घोषणाको तयारी भइसकेको छ । तर खुला दिसामुक्त जिल्ला घोषणा गर्ने मञ्चको आधा किलोमिटर उत्तर पूर्वको दृश्य देख्नेहरुका लागि अभियन्ताहरु वास्तविकतालाई ढाकछोप गरेर चर्चा कमाउँदैछन् भन्ने लागेको छ । जिल्ला कारागार […]

गौरादहमा सन्तोषजनक काम भइरहेको नगरप्रमुखको दाबी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on गौरादहमा सन्तोषजनक काम भइरहेको नगरप्रमुखको दाबी.

गौरादह । झापाको गौरादह नगरपालिकाले चालू आर्थिक वर्षका लागि निर्धारित योजना कार्यान्वयनमा सन्तोषजनक प्रगति भइरहेको जनाएको छ । नगरसभाले पास गरेका योजनाहरु चालू आर्थिक वर्षको आधा समयमा आइपुग्दा कार्यान्वयन प्रक्रिया सन्तोषजनक रहेको दावी गरेको हो । नगरपालिका कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रोहितकुमार साहाले नगरसभाबाट सर्वसम्मत पास भएका योजनाहरुको कार्यप्रगति सन्तोषजनक रहेको दावी गरे […]

बिर्तामोडको मुसहर बस्तीमा स्वास्थ्य शिविर, औषधिसहित स्वास्थ्य सामग्री निशुल्क प्रदान

Published: in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडको मुसहर बस्तीमा स्वास्थ्य शिविर, औषधिसहित स्वास्थ्य सामग्री निशुल्क प्रदान.

बिर्तामोड । विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका बिर्तामोड नगरपालिका वडा नं. ३ र वडा नं. १० का मुसहर समुदायलाई लक्षित गरी बिर्तामोड नगरपालिकाले आज निःशुल्क स्वास्थ्य शिविर गरेको छ । अनारमनी स्वास्थ्य चौकी र गरामनी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएको शिविरबाट करिब सय जनाले लाभ लिएका छन् । कार्यक्रममा बिरामीहरुलाई निःशुल्क औषधी पनि प्रदान गरिएको छ […]

बिर्तामोड–अर्जुनधारा सडकमा प्रवेशद्वारको शिलान्यास

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on बिर्तामोड–अर्जुनधारा सडकमा प्रवेशद्वारको शिलान्यास.

अर्जुनधारा । बिर्तामोडबाट अर्जुनधारा नगरपालिका प्रवेश गर्ने मुख्य मार्ग बिर्तामोड–शनिश्चरे सडकको महानन्द चौक खण्डमा निर्माण गरिने प्रवेशद्वारको आज वैदिक विधिपूर्वक शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिकाले बिर्तामोड तर्फबाट आफ्नो नगरमा प्रवेश गर्ने मुख्य प्रवेशस्थलमा नगरको बस्तुस्थिति एवम् विशेषता झल्कने आकृतिहरु सहितको गेट निर्माणका लागि आज शिलान्यास गरिएको हो । अर्जुनधारा वडा नं. ६ र बिर्तामोड […]

पुरुषको भन्दा थोरै काम गरेजस्तो लाग्दैनः पाठक

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on पुरुषको भन्दा थोरै काम गरेजस्तो लाग्दैनः पाठक.

२०७४ सालमा नयाँ संरचना र अधिकारसहित स्थानीय सरकार गठन भएसँगैको स्थानीय तहको निर्वाचनमा महिलाले पनि पुरुषकै हाराहारीमा वडाध्यक्षको उम्मेदवारी पाएका थिए । तर थोरैमात्र महिलाले वडा अध्यक्ष बन्ने अभिमत पाए । झापाको बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये वडा नम्वर ९ मा उम्मेदवार बनेकी पवित्रा पाठकले वडाध्यक्षमा अभिमत पाएकी हुन् । तत्कालिन नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष […]

बिर्तामोडमा ‘सूचना सम्वाद’ : जनप्रतिनिधि र कर्मचारीहरु लाभान्वित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा ‘सूचना सम्वाद’ : जनप्रतिनिधि र कर्मचारीहरु लाभान्वित.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज आमसञ्चारको उपयोग, पत्रकारिता, सूचनाको हक एवम् मुलुकी संहिताबारे प्रशिक्षण दिइएको छ । झापाको पहिलो समाचारमुलक न्यूजपोर्टल साझामञ्च डट कमको मातृसंस्था साझामञ्च मिडिया प्रालिको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा जनप्रतिनिधि तथा कर्मचारीलाई उक्त प्रशिक्षण दिइएको हो । खोजपत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले कार्यक्रममा सहजीकरण गरेका […]

अर्जुनधारा नगरका कर्मचारी चरणबद्ध आन्दोलनमा

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरका कर्मचारी चरणबद्ध आन्दोलनमा.

अर्जुनधारा । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले ९ गतेसम्मका लागि विभिन्न चरणबद्ध आन्दोलन अगाडि सारेको छ । कर्मचारी समायोजन प्रक्रियासँगै नेपाल सरकारले स्थानीय तहका कर्मचारीलाई पनि समान व्यवहार गरी निजामति तहसम्म गरिने व्यवहार जस्ता माग अगाडि सारेको छ । नेपाल सरकारबाट २०७५ मंसीर २३ गते जारी भएको कर्मचारी समायोजन अध्याधेश २०७५ मार्फत […]

खरको छाना मुक्त बनाउने अभियान, सूर्योदय नगरपालिकाद्वारा विपन्न परिवारलाई जस्तापाता

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on खरको छाना मुक्त बनाउने अभियान, सूर्योदय नगरपालिकाद्वारा विपन्न परिवारलाई जस्तापाता.

फिक्कल । सूर्योदय नगरपालिकालाई खरको छाना मुक्त नगर बनाउने उद्देश्यले शनिबार नगरका विपन्न नागरिकलाई जस्तापाता वितरण गरेको छ । नगरका १४ वडाका बिपन्न तथा जीर्ण घरमा जीवनयापन गर्न बाध्य नगरबासीको घरलाई खरबाट टिनमा परिणत गर्दै नगरबासीको जीवनयापन सहज बनाउने उदेश्यले नगरले प्रत्येक वडाबाट वडा समितिले छनोट गरेका बिपन्न घरधुरीलाई जस्तापाता वितरण गरेको हो । नगरपालिकामा […]

कमल गाउँपालिकाले अगुवा कृषकलाई दियो कृषि औजार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकाले अगुवा कृषकलाई दियो कृषि औजार.

कमल । झापाको कमल गाउँपालिकाले आज अगुवा कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार वितरण गरिएको गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जनाइएको हो । गाउँपालिकामा व्यावसायिक खेती गर्दै आएका कृषकहरुलाई अनुदानको माध्यमबाट थप उत्साहित बनाउन तथा कृषिको क्षेत्रमा लाग्न थप मद्धत पुगोस भन्ने उद्देश्यले कृषि औजार […]

झापाका सबै स्थानीय तह आजदेखि खुल्ला दिसामुक्त क्षेत्र

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापाका सबै स्थानीय तह आजदेखि खुल्ला दिसामुक्त क्षेत्र.

बिर्तामोड । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त भएसँगै जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने मार्ग प्रसस्त भएको छ । १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका आज बिहीबार खुल्ला दिसामुक्त घोषणा भएका हुन् । सरसफाई गुरुयोजना सार्वजनिक भएपछि २०७३ सम्म खानेपानी तथा […]