Sajhamanch Archive

तोकियो उपत्यकामा विरोध प्रदर्शन गर्ने ठाउँ, अरु ठाउँमा गरे कारबाही

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on तोकियो उपत्यकामा विरोध प्रदर्शन गर्ने ठाउँ, अरु ठाउँमा गरे कारबाही.

शान्तिपुर्वक भेला हुन पाउने मौलिक हकप्रति अनुदार बन्दै तोकिएका निश्चित स्थानबाहेक अन्यत्र धर्ना र विरोध प्रदर्शन गर्न सरकारले बन्देज लगाएको छ । गृह मन्त्रालयले काठमाडौंका ७, ललितपुरका ६ र भक्तपुरको १ ठाउँलाई विरोध प्रदर्शन स्थल तोकेको छ ।, आजको कान्तिपुरमा यो खबर छ । हिजो तपाईहरुले पनि सबै ठाउँमा विरोध प्रदर्शन गर्नुभयो, अहिले किन त्यही […]

बैशाखदेखि हालसम्म प्राकृतिक विपदका घटनामा २ सय ६४ को मृत्यु, २१ सय १७ घाइते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बैशाखदेखि हालसम्म प्राकृतिक विपदका घटनामा २ सय ६४ को मृत्यु, २१ सय १७ घाइते.

काठमाडौँ । गत बैशाखदेखि हालसम्म प्राकृतिक विपत्तिका ९ सय ६८ घटनामा २ सय ६४ को मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालनका केन्द्रका अनुसार बाढी पहिरो, चट्याङ, आगलागी, लेक लाग्ने, हावाहुरी जस्ता प्राकृतिक विपतका कारण सो क्षति भएको हो । ७५ दिनको यो अवधिमा प्राकृतिक विपत्तिबाट […]

घर मिचेर सडक नबढाउन सर्वोच्चको आदेश

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on घर मिचेर सडक नबढाउन सर्वोच्चको आदेश.

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक बाटो बनाउँदा पहिले जग्गा लिएरमात्र सडक सीमा तोक्न सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की, पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले बाटो विस्ताविरुद्ध सर्वोच्चमा परेको मुद्दामा कसैलाई पनि आवास हकबाट वञ्चित नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । सरकारले सार्वजनिक सडक विस्तार क्रममा मुआब्जा नदिई काम गरेको […]

महिलालाई निवस्त्र पारेर कुट्ने दुई महिललाई ६ महिना कैद

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on महिलालाई निवस्त्र पारेर कुट्ने दुई महिललाई ६ महिना कैद.

दाङ । ‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि निर्घात कुटपिट गर्ने दुई महिलालाई ६ महिना कैद हुने भएको छ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी (जेठानी दिदी बहिनी) ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले जग्गा बेच्दिन […]

मलाई त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो : गृहमन्त्री

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मलाई त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो : गृहमन्त्री.

काठमाडौं । माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’ डा. केसीले हठ गरेको […]

६६औं मदन जन्म जयन्तीमा रक्तदान

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ६६औं मदन जन्म जयन्तीमा रक्तदान.

बिर्तामोड । जननेता मदन भण्डारीको ६६औँ जन्म जयन्तीको अवसरमा आज बिर्तामोडमा आयोजित खुला रक्तदान कार्यक्रममा ११७ जनाले रक्तदान गरेका छन् । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसन झापा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा यो वर्षकै सबैभन्दा धेरैले रक्तदान गरेका हुन् । बिहीबार झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात प्रदेशसभा […]

सञ्चार मन्त्री बाँस्कोटा झापामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सञ्चार मन्त्री बाँस्कोटा झापामा.

झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकार स्थिर सरकार भएकाले अब आफैंले बनाएको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित हुने बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आज भद्रपुर विमास्थलमा सञ्चारकर्मीहरुसँग भने, जनताको चाहनाअनुसारका काम गर्ने वातावरण बनेको छ, सरकार समृद्धिको यात्रामा अघि बढेको छ । मुलुकको संगठनात्मक संरचना […]

यातायात निर्णय लोकप्रिय, कार्यान्वयन शून्य ! खोई सिन्डिकेटको महसुुस ?

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on यातायात निर्णय लोकप्रिय, कार्यान्वयन शून्य ! खोई सिन्डिकेटको महसुुस ?.

सरकारले लोकप्रियता हासिल गर्न मात्र यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यको घोषणा गरेको देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत वैशाख २४ गते यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको घोषणा गरेका थिए । तर सरकारले घोषणा कार्यान्वयनमा चासो दिएको छैन । सिन्डिकेट अन्त्य भएको घोषणा गरिएको दुई महिना पुग्ग्दा पनि सर्वसाधारणले सार्वजनिक यातायातमा त्यसको महसुस […]

कोरियामा १० वर्षमा १०७ नेपालीको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कोरियामा १० वर्षमा १०७ नेपालीको मृत्यु.

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ। पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ। ईपीएस शाखाका अनुसार सन् २०१८ को जुनसम्म मात्रै रोजगारीका लागि कोरिया पुगेका छ कामदारको मृत्यु भएको छ। जसमा एक […]

अबदेखि विदेशी कामदारलाई दस्तुर

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अबदेखि विदेशी कामदारलाई दस्तुर.

अवदेखि भारतीय कामदारलाई विनाअभिलेख र अन्य विदेशी कामदारलाई विनाश्रम स्वीकृत काममा लगाए रोजगारदाताले दोब्बर दस्तुर बुझाउनुपर्ने भएको छ । सरकारले भारतीय कामदारलाई पहिलोपल्ट अभिलेखीकरण गर्न लागेको हो । साथै, भारतीय र अन्य कामदार राख्न इजाजतस्वरुप २० हजार रुपैयाँसम्म दस्तुर तोकेको हो । अव रोजगारदाताले विदेशी कामदारलाई काम लगाउँदा सरकारलाई ६ महिनासम्म १५ हजार र त्यसमाथिको […]