Sajhamanch Archive

मुख्यमन्त्रीलाई थाहै नदिई यसरी फेरिए सचिव

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on मुख्यमन्त्रीलाई थाहै नदिई यसरी फेरिए सचिव.

काठमाडौं । प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्‍यो। त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो। प्रधान तीन महिना नपुग्दै गत साता सरुवा भए। मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ। उनी पनि कायममुकायम मात्रै हुन्। प्रदेश सरकार बनेको […]

नागरिकताको उमेर प्रमाणपत्र अनुसार त्रुटि सच्याउन पाइने

Published: in मिडियाबाट साभार by . Leave a Comment on नागरिकताको उमेर प्रमाणपत्र अनुसार त्रुटि सच्याउन पाइने.

काठमाडौं । राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्चाउन मिल्ने गरी नागरिकता ऐन संशोधन प्रस्ताव दर्ता गरेको छ। सुरुमा नागरिकता प्रमाणपत्र जारी भएको एक वर्षभित्र उमेरसम्बन्धी त्रुटि सच्चाउन मिल्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ। संशोधन विधेयक सरकारका तर्फबाट उप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले दर्ता गरेको  […]

पाँच हजार कर्मचारी विदेश भ्रमणले सकियो दुई खर्ब रुपैयाँ

Published: in मिडियाबाट साभार by . Leave a Comment on पाँच हजार कर्मचारी विदेश भ्रमणले सकियो दुई खर्ब रुपैयाँ.

काठमाडौं । एक वर्षमै पाँच हजार सरकारी कर्मचारी विदेश भ्रमणमा गए। ‘राष्ट्रसेवक’ को सरदर २५ हजार दिन घुमेरै बित्यो। त्यसमा राज्यकोषबाट दुई अर्ब रुपैयाँभन्दा बढी सकियो। अहिले आएर प्रधानमन्त्री कार्यालयले त्यत्रो खर्चको उपलब्धि देखाउन र्‍याखर्‍याख्ती पारिररहेको छ। भ्रमणकर्ता र तिनलाई पठाउने अधिकारीहरू भने जवाफ दिन सकिरहेका छैनन्। घुमेर सरकारी ढुकुटी दुरुपयोग गर्ने क्रम बढेपछि प्रधानमन्त्री […]

ताप्लेजुङदेखि दार्चुलासम्मका पाँच सय सीमा स्तम्भ

Published: in मिडियाबाट साभार by . Leave a Comment on ताप्लेजुङदेखि दार्चुलासम्मका पाँच सय सीमा स्तम्भ.

काठमाडौं। नेपाल–भारत सीमाका करिब पाँच सय स्तम्भ हराएका छन्। नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो। नापी विभागअन्तर्गत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ। अद्यावधिक हुन भने बाँकी छ। ‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका […]

नेपाली सेनालाई अमेरिकाले ४ वटा कार्गो विमान दिने

Published: in मिडियाबाट साभार by . Leave a Comment on नेपाली सेनालाई अमेरिकाले ४ वटा कार्गो विमान दिने.

काठमाडौं । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा कार्गो विमान सहयोग गर्ने भएको छ। हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै युएस आर्मीको इन्डो प्यासिफिक कमाण्ड मार्फत अमेरिकाले ४ वटा फिक्स विङ स्काई ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो। यी जहाज अमेरिकाबाट छिट्ट नेपाल आउने सेनाले जनाएको छ। अमेरिकाले दिन लागेको […]

निरीक्षणको नाममा प्रधानसेनापति क्षत्रीले सके डेढ करोड

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on निरीक्षणको नाममा प्रधानसेनापति क्षत्रीले सके डेढ करोड.

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन सातामा तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन्। प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रजिर्भ गरेर तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका हुन्। कतिपय अवस्थामा स्थलमार्गबाटै अवलोकन गर्न सकिनेमा ४०५० […]

भारुमा ऋण लिन बैंकलाई बाटो खुला

Published: in मिडियाबाट साभार by . Leave a Comment on भारुमा ऋण लिन बैंकलाई बाटो खुला.

काठमाडौं ।  नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ । बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो । केन्द्रीय बैकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो । भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकहरुको अनुरोधपछि चालू आर्थिक बर्षको मौद्रिक […]

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म

Published: in मिडियाबाट साभार by . Leave a Comment on प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म.

काठमाडौं ।  मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि उनीहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको छ । मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालई उच्च […]

अब नाेटमा केरमेट गरे जेल

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अब नाेटमा केरमेट गरे जेल.

काठमाडौं । नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस्। नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ। फौजदारी कसुर सम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको छ। […]

चार वर्षमा चार हजार ४४५ जना बलात्कृत

Published: in मिडियाबाट साभार by . Leave a Comment on चार वर्षमा चार हजार ४४५ जना बलात्कृत.

काठमाडौं । नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन्। अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ। तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन्। बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेका भयाभह तथ्यांक रहेको छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले बढेको छ। […]