दहचोकस्थित कालु पाण्डेको समाधिस्थलमा बिहीबार शुरु तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटनका अवसरमा धर्मपत्नी राधिका शाक्यलाई गुराँसको फूल दिँदै प्रधानमन्त्री केपी शर्मा ओली । महोत्सवमा उपस्थित सर्वसाधारणले प्रधानमन्त्रीलाई स्वागत गरेको गुराँसको फूल प्रधानमन्त्रीले उहाँकी धर्मपत्नीलाई दिनुभएको हो । तस्बिरः कृष्ण पौड्याल, प्रधानमन्त्रीको सचिवालय
झापाको बिर्तामोड ३ स्थित महेन्द्ररत्न कराँते डोजोका ४२ जना खेलाडीले हालै ब्लाक बेल्ट उत्तीर्ण गरेका छन् । यही माघ १० गतेदेखि १२ गतेसम्म काँकरभिट्टामा आयोजना गरिएको प्रदेश १ स्तरीय ब्लाकबेल्ट टेस्ट परीक्षामा महेन्द्ररत्नबाट सहभागी ४२ ले सफलता पाएका हुन् । शनिबार ती खेलाडीहरुलाई महेन्द्ररत्न डोजोमा ब्लाकबेल्ट हस्तान्तरण गरिएको प्रशिक्षक दुर्गा निरौलाले बताएका छन् ।
आइतबार लण्डन, बर्लिन र प्रागका विभिन्न स्थानमा ‘नो ट्राउजर अन द ट्युब राइड’ दिवस मनाइएको छ । यो कार्यक्रम सन् २००२ मा न्यूयोर्कबाट सुरु भएको ‘नो पाइन्ट सबवे राइड’ को हिस्सा हो । यो कार्यक्रम ६० बढि देशमा फैलिएको छ ।लण्डनमा ट्राफल्गर स्क्वायरस्थित नेशनल ग्यालरीबाहिर पाइन्ट नलगाएका थुप्रै मानिसहरु जम्मा भएर विभिन्न रेलको छुट्टै ट्युब […]
यही पुष १९ गतेदेखि २३ गते अर्थात् जनवरी ३–७, २०१९ मा क्यान मोरङले आयोजना गरेको क्यान इन्फोटेक २०१९ को प्रचार रोड शो मार्फत गरिएको छ । हेरों फोटोहरुः
कालिकोट । राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएको खाडागाउँका बासिन्दा शोकमा छन्। मानवीय क्षति नभए पनि उनीहरूका बस्ने बास ध्वस्त भएका छन्, खाद्यान्न नष्ट भएको छ र कतिपयका गोठमा बाँधिएका चौपाया पनि मरेका छन्। कालिकोट जिल्लाको पलाँता गाँउपालिका १ खाडामा भीषण आगलागी हुँदा ८७ बढी घर जलेर नष्ट भएका छन्। गएरातl करिब १० […]
कास्की – पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा हुनुहुन्छ । निजी भ्रमणको क्रममा सोमबार पूर्वरानी कोमल शाहसँगै उहाँ पोखरा आइपुग्नुभएको हो । पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपालसहित राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले भव्य स्वागत गरेका थिए । निजी भ्रमण भनिए पनि शाहले […]
अभिनेत्री प्रियंका चोपडा र निक जोनसले यहि डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । यी दुबैका विवाहका तस्बिर भने सार्वजनिक भएका थिएनन् । मिडिया तथा फ्यानहरु विवाहका तस्बिर हेर्नका लागि उत्सुक थिए । अहिले प्रियंका र निकको विवाहका तस्बिरहरु सार्बजनिक भइसकेका छन् । डिसेम्बर ४ मा अमेरिकाको […]
हरेक वर्ष बालाचर्तुदशी मा लाग्दै आएको पुर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम ९ दिने महायज्ञको पाँचै दिनको रात्रिकालिन समयमा यस्तो देखियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो । साथै बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई अन्तिम रुप दिने र आसन्न स्थायी कमिटी बैठकमा वेश गर्ने निर्णय समेत भएको छ ।