Sajhamanch Archive

भोजपुरका सांसद किराँती क्वारेन्टाइनमा

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on भोजपुरका सांसद किराँती क्वारेन्टाइनमा.

भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन् । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिए । “म शनिबारबाट गाउँपालिकाले ओख्रेमा […]

सांसद राईद्वारा आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित योजनाको अनुगमन

Published: in प्रदेश तह, स्थानीय तह by . Leave a Comment on सांसद राईद्वारा आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित योजनाको अनुगमन.

कमल । झापा निर्वाचन क्षेत्र नं. ५ (१) का प्रदेश सांसद अर्जुन राईले कमल गाउँपालिकामा सञ्चालिन विभिन्न योजनाको आज अनुगमन गरेका छन् । प्रदेश निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेका योजना अनुगमन गरिएको हो । अनुगमन गरिएका योजनाहरुमा समाधिस्थल जाने बाटोको ५० लाख रुपैयाँको लागतमा […]

प्रदेश १ मा थपिए १५ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १५ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको […]

सुदूरपश्चिमका प्रयोगशालाले धान्न नसकेपछि स्वाब काठमाडौं पठाइयो

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on सुदूरपश्चिमका प्रयोगशालाले धान्न नसकेपछि स्वाब काठमाडौं पठाइयो.

सुदूरपश्चिमबाट कोरोना परीक्षणको लागि ४ हजार ४ सय वटा नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरूको स्वाब पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। प्रदेशमा रहेको प्रयोगशालाको क्षमताले धान्न नसकेपछि स्वाब काठमाडौं पठाइएको हो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाको दैनिक क्षमता २५० छ। यसरी ४ हजार ४ […]

प्रदेश १ का जिल्लामा किरात राईभित्रका मातृभाषाबाट पढाइ हुने

Published: in प्रदेश तह, मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on प्रदेश १ का जिल्लामा किरात राईभित्रका मातृभाषाबाट पढाइ हुने.

विराटनगर । किरात राई यायोक्खाले आगामी वर्षदेखि प्रदेश १ का विद्यालयहरूमा किरात राई भित्रका मातृभाषाहरूको शैक्षिक पठनपाठन गराउने भएको छ। किरात राईहरूको भाषा, कला र परम्परालाई संरक्षण र विकास गर्नका लागि यायोक्खाले विद्यालयमा मातृभाषाको पठनपाठन गराउन लागेको हो। किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले किरात राई समुदायभित्र बोलिने विभिन्न मातृभाषाहरूको संरक्षण र विकासको लागि […]

७ बर्षपछि अंगीकृत नागरिकता दिने नेकपा निर्णयको बिरोध

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on ७ बर्षपछि अंगीकृत नागरिकता दिने नेकपा निर्णयको बिरोध.

जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न […]

प्रदेश १ मा थपिए ११ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ११ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शनिबार मोरङ, सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्ज गाउँपालिकामा एकजना […]

प्रदेश १ बाट थप १० जनाले जिते कोरोना

Published: in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ बाट थप १० जनाले जिते कोरोना.

विराटनगर । प्रदेश १ बाट थप १० जनाले कोरोना जितेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४ महिलासहित १० जनाले कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर समूहका छन् । […]

प्रदेश १ को आर्थिक विधेयक पारित

Published: in अर्थतन्त्र, प्रदेश तह by . Leave a Comment on प्रदेश १ को आर्थिक विधेयक पारित.

विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा दर्ता गराएको आर्थिक विधेयक पारित भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनका लागि ल्याएको विधयेक शुक्रबारको बैठकले पारित गरेको हो । विधयेकमाथि सांसदहरूले तीन दिनसम्म छलफल गरेका थिए । शुक्रबारको छलफलमा सांसद मोहन खड्काले संशोधन नै नहुने विधयेकमाथि छलफल गर्नुुको कुनै औचित्य […]

मेची अस्पतालमै पिसिआर ल्याव राख्ने प्रदेश सरकारको तयारी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मेची अस्पतालमै पिसिआर ल्याव राख्ने प्रदेश सरकारको तयारी.

झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालमा कोरोना परीक्षण ल्याब स्थापना हुने भएको छ । प्रदेश सरकारले त्यहाँ पीसीआर ल्याब सञ्चालनको प्रक्रिया अघि बढाएको हो । प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरमा कोसी अस्पताल विराटनगर र प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण ल्याब सञ्चालनमा छन् । झापामा सरकारीस्तरबाट दुईवटा पीसीआर ल्याब थपिए प्रदेशमा संख्या […]