काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले अब ठूलोमात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन् । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिएका छन् । “हाम्रो अहिलेको समस्या भनेको खेतीको […]
चैत २० गते राष्ट्रिय सहकारी दिवस । नेपालमा यो दिवस मनाउन थालेको धेरै वर्ष त भएको छैन, तर यसले निकै व्यापकता पाएको छ र पाउँदैछ । ६० को दशकमा छिटपुट रुपमा मनाउने गरिएको यो दिवस ७० को दशकको मध्यसम्ममा आइपुग्दा निकै व्यापक बनेको छ । विगतमा सहकारी संघ–सस्थाहरुले मात्रै यसलाई महत्व दिएर मनाउने गरेकोमा विगत […]
बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाको भावी कार्यदिशा एवम् लक्ष्य निर्धारण गर्ने उद्देश्यले आजदेखि दुई दिने दीर्घकालीन रणनीतिक योजना कार्यशाला सुरु भएको छ । आज र भोलिका लागि सञ्चालन गरिएको रणनीतिक योजना कार्यशालामा सञ्चालक समिति, लेखा समिति, विभिन्न विभागीय समितिहरु एवम् शाखा समिति र कर्मचारीहरुको सहभागिता रहेको प्रबन्धक सन्तोषकुमार श्रेष्ठले बताएका छन् । कार्यशालाको […]
गौरीगञ्ज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को सम्पर्क कार्यालयको रूपमा ३५ औँ शाखा गौरीगञ्जमा स्थापना भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले मंगलबार उक्त सम्पर्क कार्यालयको रिबन काटेर विधिवत उद्घाटन गरेका हुन् । सोही अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी र गौरीगञ्जको सुनगंंगा बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण पनि सम्पन्न भएको छ […]
बुद्धशान्ति । डाँफे बचत तथा ऋण सहकारी संस्था दमकको तेस्रो सेवा केन्द्र झापाको बुद्धशान्तिमा सञ्चालनमा ल्याइएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै बुद्धशान्तिमा डाँफेको सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सेवा केन्द्रको उद्घाटन गरिएको हो । […]
बिर्तामोड । यहाँस्थित पूर्णिमा कृषि सहकारी संस्थाले आज आफ्नो सभाहलमा सदस्य सहकारी शिक्षा तालिम प्रदान गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कूलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सदस्य शिक्षा तालिमको सहजीकरण सहकारी अधिकृत डिल्ली दाहालले गरेका थिए । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष संग्रौलाले आफ्नो वडाका सहकारीहरुको प्रवर्धनका लागि कानूनले दिएसम्मको अधिकार प्रयोग […]
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्था नकलबन्दाको आयोजनामा आज यहाँ एक दिने निःशुल्क एक्युप्रेसर एवम् होमियो उपचार शिविर सम्पन्न भएको छ । बिलिभर्ष इङ्लिस स्कूलमा भएको शिविरको प्राविधिक सहयोग आत्रेय होमियो फार्मेसी एवम् एक्युप्रेसर उपचार सेवाले गरेको हो । स्वास्थ्य शिविरबाट चिया कारखानामा काम गर्ने मजदूर तथा संस्थाका शेयर सदस्यहरु गरी ११० जनाले […]
झापा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल झापामा अभिनन्दित भएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले बडाललाई वर्ष उत्कृष्ट राष्ट्रिय सहकारी व्यक्तित्वका रुपमा नगद २५ हजार रुपैयाँसहित आज अभिनन्दन तथा सम्मान गरेको हो । यसैगरी झर्रो नेपाली भाषाका अभियन्ता, साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक चूडामणि रेग्मीलाई संस्थाले वर्ष उत्कृष्ट नागरिकका […]
झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सहकारी अभियानमा एनएमसीको चर्चा बारम्बार हुने गरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि यो संस्थाको कार्यक्रमप्रति विभिन्न स्थानमा प्रेरक चर्चा गर्ने गरेको उनको भनाई छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २६औं वार्षिकोत्सव समारोहमा आज आफ्नो मन्तब्य राख्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको २६औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज यहाँ मिनी म्याराथन सम्पन्न गरिएको छ । महेन्द्र राजमार्गको दुर्गापुरदेखि चारपानेसम्मको ४ किलोमिटर दूरीमा महिला तथा पुरुष खुल्ला म्याराथन गराइएको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सो दौडको उद्घाटन गरेका हुन् । खुल्ला म्याराथन प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका […]