Sajhamanch Archive

राष्ट्रपति कतार भ्रमणमा जाँदै : यस्तो छ कार्यक्रम तालिका

Published: (Updated: ) in समाज by . Leave a Comment on राष्ट्रपति कतार भ्रमणमा जाँदै : यस्तो छ कार्यक्रम तालिका.

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा जाने भएकी छिन् । कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नेमन्त्रालयले जनाएको छ । […]

सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, by . Leave a Comment on सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती.

भद्रपुर । भारतीय बजारमा निर्भर पुष्प पारखीलाई भद्रपुर मै सयपत्री फुलाई दिएपछि यस वर्ष स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको छ । युवा व्यावसायी खेमराज दाहाल तथा खगेन्द्रा खुसीले भद्रपुरमा पहिलोपटक २ विगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती गरी ढकमक्क फूल फुलाएपछि पुष्प पारखीलाई स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको हो । सांस्कृतिक पर्व […]

लागु औषधसहित दुई युवा काँकरभिट्टामा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लागु औषधसहित दुई युवा काँकरभिट्टामा पक्राउ.

मेचीनगर । नेपालमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई शुक्रबार प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको छ । मेचीनगर—६ का २४ वर्षीय भानुभक्त बस्नेत र दमक नगरपालिका ४ का दीपक तामाङलाई लागू औषध नियन्त्रण व्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगरका अलग अलग स्थानबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिएका हुन् । भारतबाट […]

दशैँ अवधिमा झापामा सवारी दूर्घटनामा कमी

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दशैँ अवधिमा झापामा सवारी दूर्घटनामा कमी.

झापा । यस वर्ष ट्राफिक प्रहरीको सक्रियता तथा जनचेतनामा अभिवृद्धि भएका कारण दशैँ पर्वको समयमा गत वर्षको तुलनामा सवारी दूर्घटनामा कमी आएको छ । यद्यपी, दशैँको अवधिमा मापसेलगायत सवारी कारवाहीबाट १२ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय झापाले जनाएको छ । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा जाँच कसिलो पारेकाले दूर्घटना […]

एसपी दिल्लीराज विष्ट बर्खास्ती प्रकरण :  पुनर्वहाली गर्ने सम्भावना कति ?

Published: in समाज by . Leave a Comment on एसपी दिल्लीराज विष्ट बर्खास्ती प्रकरण :  पुनर्वहाली गर्ने सम्भावना कति ?.

 दुई तिहाई बहुमतको सरकार हल्लाउने कञ्चनपुर प्रकरणमा बिहीबार राति गृह मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय गर्यो, दुई प्रहरी अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने गरी । बिहीबार साँझ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै कञ्चनपुर घटनामा अनुसन्धानमा लापरवाही गरेको, प्रमाण लुकाउन र नष्ट गर्नमा भूमिका खेलेको तथा पदीय जिम्मेवारी पूरा नगरेको भन्दै ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी’ सेवाबाट […]

छाडा पशु चौपायाको विषयमा ७५ वर्षीया वृद्धालाई मानव मलमुत्र खुवाइयो

Published: (Updated: ) in समाज by . Leave a Comment on छाडा पशु चौपायाको विषयमा ७५ वर्षीया वृद्धालाई मानव मलमुत्र खुवाइयो.

उदयपुर ।  उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू एक्लै बसी गुजारा गर्दै आउनुभएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको जाहेरी जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो । मंगलबार राति वृद्धाकी छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देवबहादुर […]

झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ

Published: in समाज by . Leave a Comment on झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ.

लहान । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश […]

अाज राति उल्का वर्षाकाे रमाइलाे दृश्य देख्न सकिने

Published: in समाज by . Leave a Comment on अाज राति उल्का वर्षाकाे रमाइलाे दृश्य देख्न सकिने.

काठमाडाैं । अाइतबार राति उल्का वर्षा हुने भएको छ । हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्का वर्षा अाइतबार राति पौने ११ बजेदेखि साेमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकले बताएका छन् । उल्कावर्षा हेर्न साेमबार बिहान पौने ४ बजे पछिको समय उत्तम हुनेछ । नेपाल एस्ट्रोनोमिलकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार अत्याधिक […]

राष्ट्रपतिको हातबाट उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्टले लगाए टीका

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on राष्ट्रपतिको हातबाट उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्टले लगाए टीका.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहण गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना पिताबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका लगाई जमराको माला लगाईदिएका थिए। प्रधानमन्त्रीसँगै उनकी श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट […]

आज विजयादशमीः घरघरमा मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरिँदै, उत्तम साइत बिहान ९:५१ बजे

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on आज विजयादशमीः घरघरमा मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरिँदै, उत्तम साइत बिहान ९:५१ बजे.

काठमाडौं। आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ बजेर ५१ मिनेटदेखि जुरेको नेपाल पञ्चाङ्ग […]