काठमाडौं । निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । पत्रमा किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा ‘सञ्चारमाध्यमले पनि […]
झापा । सरकारले चिनी आयातमा अंकुश लगाएको छ । केन्द्र सरकारले गत भदौ पहिलो सातादेखि चिनी आयातमा बन्देज लगाएको हो । व्यापारीले चिनीको अभाव देखाएर बजारमा मुल्य मनपरी गर्न थालेपछि सर्वसाधारणलाई सास्ती भएको छ । तर, झापाका किसानहरुले उखु खेतीबाट उत्पादन प्रशस्तै मात्रामा गर्न थालेका छन् । झापामा विभिन्न खालका अन्नबाली मासेर उखु खेती गर्नेहरु […]
बिर्तामोड । युवाको व्यक्तित्व विकास र नेतृत्व विकास कार्यमा अग्रसर वीरता जेसीजले संस्थाका दुईजना पूर्व अध्यक्षहरुको सम्झनामा दुईवटा स्मृति पुरस्कार कोष स्थापना गरेको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी अक्षयकोष दाताहरु सावित्रा ढकाल, सृजन ढकाल, रेखा घिमिरे, लव घिमिरे, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, वर्ष २०१८ का अध्यक्ष एकराज गिरीसहितले पुरस्कार कोषको घोषण […]
गाउँका बुढापाकाहरुले मर्ने बेला यमदूत लिन आउने, आफूसँग मानिसहरु लगेको र फेरि उनीहरुलाई फिर्ता छाडिदिएको कथा सुन्नु भएको होला । यस्तै घटना भारतको गुरदासपुरको छिमेक इस्लामावादमा बिरोदेवीमा घटेको छ । यस घटनालाई देखेकाहरु यसबाट हैरान छन् । मृत घोषित गरिएकी बिरोदेवीको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । परिवारजन विलाप गरिरहेका थिए । यहीबीच उनी उठेर बसेको […]
काठमाडौं । यस वर्षको बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदै छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको […]
कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा हुँदैछ । सोको पूर्वसन्ध्यामा मंगलबार साँझ दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो । कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय तह पनि हो । […]
झापा । देशभर शृङ्खलाबद्व रुपमा बलात्कारका घटना भइरहेको बेला झापा पनि त्यसबाट अछुतो रहेको छैन । झापामा वर्षेनि सयको हाराहारीमा बलात्कारका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय र कारागारको पछिल्लो तथ्याङ्कले पुष्टि गरेको छ । दुई महिना अघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भयो । यो घटना कसले गरायो ? आजका दिनसम्म […]
मेचीनगर । मेचीनगर नगरपालिकाको बजार अनुगमन टोलीले नगरमा विभिन्न व्यावसाय सञ्चालन गरेका व्यावसायीहरुलाई अखाद्य वस्तु, म्याद गुज्रेका, सडेगलेका खाद्यवस्तु विक्री वितरण नगर्न आग्रह गरेको छ । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएका हुँदा उपभोक्ताले स्वस्थ र स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउन् भनेर नगरपालिकाले अनुगमनलाई तीब्रता दिएको जनाइएको छ । चाडपर्वको बहानामा व्यावसायीले […]
काभ्रे । पछिल्लो समय एकपछि अर्काे गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको छ । तर, काभ्रेमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला […]
काठमाडौं । सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । बैठकले यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण […]