मेचीनगर । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मेचीनगरस्तरीय छनौट अन्तर्गत आइतबार विभिन्न विधाका खेलको फाइनल सम्पन्न भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भएको छनौट अन्तर्गत दोस्रो दिन १ सय मिटर र ३ हजार मिटरको दौड, लङजम्प, सटपुट र करातेको विभिन्न तौल समूहको फाइनल सम्पन्न भएका हुन् । […]
शिवसताक्षी । शिवसताक्षीको गौरवको रुपमा लिएको तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेल आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जीत हासिल गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले पाहुना टोली मनाङ मस्र्याङ्दीलाई १–० को गोल अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको ५० औँ मिनेटमा आयोजक टिमका मनिष थापाले गरेको गोलले नै लिगमा तेस्रो स्थान हासिल […]
शिवसताक्षी । शिवसताक्षीमा तेस्रो संस्करणको सताक्षी गोल्डकप आज आइतबारबाट सुरु हुँदैछ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आज २ बजे गोल्डकपको उद्घाटन गरिने आयोजक सतासीधाम स्पोटिङ्ग क्लबले जनाएको छ । यस अघि फागुन ३ गतेबाट गोल्कप सुरु भनिए पनि लिगका कारण ४ गते सारिएको आयोजकले जनाएको छ । उद्घाटन खेल आयोजक […]
इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले नरिच सिटीलाई १–० ले हराएको छ । गएरातीको खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले ७८ औ मिनेटमा विजयी गोल गरे । जितपछि लिभरपुलले लिगको अंक तालिकामा २५ अंकको अग्रता बनाएको छ । लिभरपुललाई इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जित्न अब बाँकी १२ मध्ये ५ खेलमा मात्रै जित चाहिएको छ । […]
काठमाडौँ । त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो । आर्मीका विकास तामाङले गरेको आत्मघाती गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको […]
बाहुनडाँगी । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने बताएका छन् । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आचार्यले भने–‘विभिन्न कारणले गुमनाम हुन पुगेका देशहरु पनि खेलका माध्यमबाट चर्चित बनेका छन् ।’ विभिन्न […]
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराएर इतिहास रच्दै मछिन्द्र क्लबले उपाधि जितेको हो । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा मछिन्द्रले १-० को अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता […]
आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट दुई महिला खेलाडीले स्थान बनाएका छन । जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन् । उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि २६१ पोइन्टसहित सिता नै ९० औँ स्थानमा छिन् । यस्तै बलिङमा नेपालबाट नेरी थापा ९६ औँ स्थानमा छिन । नेरीले […]
म्यानचेस्टर सिटीलाई युरोपियन क्लब प्रतियोगिताका आगामी दुई सिजनमा प्रतिवन्ध लगाइएको छ । प्रिमियर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाइएको हो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले क्लब इजाजत तथा आर्थिक पारदर्शिता सम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएको छ । सिटीले प्रायोजनबापतको झुटो रकम […]
भद्रपुर । रेडहर्ष फुटबल क्लब इलाम तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बनियानी खेल मैदानमा आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा उर्लाबारी फुटबल क्लब मोरङलाई शून्यको विरुद्ध एक गोलले स्तब्ध पार्दै रेडहर्ष फाइनलमा प्रवेश गरेको हो । शनिबार हुने दोस्रो सेमिफाइनल खेल चर्च ब्वाइज युनाइडेट ललितपुर र तालतलैया फुटबल क्लब […]