समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश १ का लागि सुरु गरिएको सवारी दूर्घटना न्यूनीकरण महाअभियानको झापाको बिर्तामोडमा आयोजित उद्घाटन समारोहका झलकहरु ।
झापा । झापाका गाउँ तथा नगरपालिकाहरुले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, प्रशोधन तथा बिक्री बितरण सम्बन्धी सरकारी नीति नियम र निर्देशन नमानेको बताइएको छ । जिल्ला अनुगमन तथा समन्वय समिति झापाले कात्तिक १५ गतेदेखि आज फागुन ३० गतेसम्म गरेको अनुगमनअनुसार नीति, निर्देशन एवम् निर्णयहरु कार्यान्वयनमा पालिकाहरुले अटेर गरेका हुन् । नदीजन्य तथा खानीजन्य पदार्थ […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा जग्गा प्लटिङलाई व्यवस्थित गर्न तथा कृषियोग्य जमिन खण्डीकरण नियन्त्रणका लागि नगरपालिकाद्वारा गठित समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी सरोकारवाला पक्षहरुको सुझाव लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट २०७५ पुष ३० मा कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा जारी भएको निर्देशन बमोजिम जग्गा खण्डीकरण हुनबाट रोक्नका लागि समितिले […]
विराटनगर ।कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक परेको छ । बन्दका कारण १४ वटै जिल्लाका शैक्षिक संस्था बन्द छन् । यातायात भने आंशिक रुपमा खुलेको छ । ठूला दूरीका यातायातका साधन चलेका छैनन् । छोटा दूरीका साना सवारी साधन मात्र चलेका छन् । यातायातका साधन […]
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालीकानगरमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा बाल्टीमा कालो प्लाटिकले बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको थियो । बुटवल—भैरहवा सडक खण्डको कालीकानगरमा स्पिड ब्रेकरमा राखिएको उक्त शंकास्पद वस्तु ‘इन्प्रोभाइस एक्सप्लोसिभ डिभाइस’ (बम) भएको डिस्पोजका […]
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले १ हजार २४० जना कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयहरुलाई सिफारिस गरेको छ । केन्द्रले जनाएअनुसार २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा १ हजार २४० जना कर्मचारीले नीति नियमको पालना नगरेको पाइएको थियो । सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार छड्को अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र […]
बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपाका आतंकवादी क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाउन गरेको निर्णयको प्रशंशा गरेका छन् । ‘बम बिस्फोट गरेर समाजमा आतंक फैलाउनेलाई प्रतिबन्धमात्र होइन कारबाही नै गर्नुपर्छ’ पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै देउवाले भनेका छन्, ‘जथाभावी बम बिस्फोट गर्ने, आक्रमण गर्ने […]
झापा । अमेरिका निवासी झमक कार्की र नारायणी कुँवरकी छोरी सिज्जू कार्कीसँग नेपालमा आएर फागुन २६ गते सौरभ पौड्यालको विवाह भयो । अमेरिकाको बोस्टन सहरमा बस्ने शिवप्रकाश पौड्याल र ज्योत्सना मिश्रका छोरा सौरभको काठमाडौंमा आएर विवाह गरेकोमा चाहिँ समाचार बनाइएको पक्कै होइन । छोराको विवाहका अवसरमा पौडेल परिवारले प्रस्तुत गरेको समाचारयोग्य रचनात्मक कार्यले यसतर्फ पक्कै […]
पशुपतिनगर । ईलाम सूर्योदय नगरपालिकाका दुग्ध उत्पादक कृषकलाई यतिवेला आफुले विक्री गरेको दुधको भुक्तानी समयमा नपाउँदा समस्यामा परेका छन् । पशुपालक कृषकले जसोतसो दुध उत्पादन गरेर डेरीमा विक्री गरे पनि डेरीले एक देखि ३ महिना सम्म पनि कृषकलाई दुधको रकम भुक्तानी नगरेको सुर्योदय नगरपालिका ३ की कृषक विमला तामाङ्ग बताउँछिन् । दुधको रकम समयमा भुक्तानी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा चोट पुग्ने विषयमा जनमत संग्रह हुन नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको १८ औं बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले राष्ट्रको अस्तित्व, एकता, जनताको सार्वभौमसत्ता र स्वाधीनताको प्रश्नमा जनमत संग्रह हुन नसक्ने बताएका हुन् । स्वतन्त्र मधेसको नाममा आन्दोलनरत सिके राउतसँग २४ फागुनमा […]