काठमाडौं । यस वर्षको बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदै छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको […]
झापा । देशभर शृङ्खलाबद्व रुपमा बलात्कारका घटना भइरहेको बेला झापा पनि त्यसबाट अछुतो रहेको छैन । झापामा वर्षेनि सयको हाराहारीमा बलात्कारका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय र कारागारको पछिल्लो तथ्याङ्कले पुष्टि गरेको छ । दुई महिना अघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भयो । यो घटना कसले गरायो ? आजका दिनसम्म […]
मेचीनगर । मेचीनगर नगरपालिकाको बजार अनुगमन टोलीले नगरमा विभिन्न व्यावसाय सञ्चालन गरेका व्यावसायीहरुलाई अखाद्य वस्तु, म्याद गुज्रेका, सडेगलेका खाद्यवस्तु विक्री वितरण नगर्न आग्रह गरेको छ । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएका हुँदा उपभोक्ताले स्वस्थ र स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउन् भनेर नगरपालिकाले अनुगमनलाई तीब्रता दिएको जनाइएको छ । चाडपर्वको बहानामा व्यावसायीले […]
मेचीनगर । नजिकदै गरेको चाडपर्व भयरहित वातावरणमा मनाउन मेचीनगर नगरपालिकाले आम नगरवासीमा आग्रह गरेको छ । आइतबार नगरपालिकाले आफ्नै सभाकक्षमा आयोजनाको गरेको सर्वपक्षिय छलफलमा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले कुनै पनि अपराध गर्ने अपराधि कुनै राजनीतिक दल वा संगठनको हुन नसक्ने भन्दै कसैले कानुन विपरीत काम गरेको छ भने उस्लाई कसैले बचाउने होइन कानुन बमोजिम […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेकोे संजीवनी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र संस्थाका अध्यक्ष यामकुमार चुँडालले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । मन मिल्ने ४० जना स्थानीय युवाको सक्रियतामा २०६४ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज झापाका दुई अलग अलग स्थानमा दुई रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । एनएमसीले आज झापाको निर्वाचन क्षेत्र नम्बर ३ स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता र विश्व मुस्कान दिवसको अवसरमा दाँत स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । संस्था अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिद्वारा भद्रपुरमा […]
भद्रपुर । भद्रपुर भन्सारमा ३ दिनयता व्यापारिक समूह राजश्व काट्न नआँदा ५० लाख बढी राजश्व रकम घाटा भएको छ । दैनिक १५ लाखदेखि २० लाखसम्म राजश्व संकलन गर्दै आएको भन्सारमा सोमवार सूर्य अडर्स एण्ड सप्लायर्सको नामा १३ पोका कपडा राजश्वतिरेर लानेक्रममा ५ पोका बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको विषयमा विवाद हुँदा […]
बाहुनडाँगी । मान्छेले गर्न चाहे अनि भित्रै मनदेखि काम गर्ने दृढसंकल्प भए कुनै पनि काम असम्भव छैन भन्ने गतिलो उदाहरण मेचीनगर वडानम्बर—४ बाहुनडाँगीका वासीन्दाले प्रस्तुत गरेका छन् । त्यसको अगुवाई गरेका छन्, मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष नविन वरालले । ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मनशाय बोकेका बाहुनडाँगीवासीले आफ्नै श्रमदान र लगानीमा गाउँको मुहार परिवर्तन […]
भद्रपुर । यती एयरलाइन्सले भद्रपुर काठमाण्डौ उडान यात्रा सहज तथा यात्रुमैत्री बनाउन वडा दशैंको अवसर पारेर ७२ सिटे जहाज मार्फत उडान सुरु गरेको छ । यात्रुमैत्री सेवा प्रवाहका लागि जेट विमान मार्फत चन्द्रगढी विमान स्थलबाट ७२ सिटे जहाज मार्फत उडान सुरु गरेको हो । ए टी आर ७२—५०० विमानबाट सेवा सुरु गरेपछि भद्रपुर काठमाण्डौ आवगमन […]
झापा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा आउँदै गरेको नेपालीहरुको महान चाड विजयदशमीको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्ना ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । संस्थाले विगत वर्षमा झैँ यस वर्ष पनि ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरेको हो । जिल्लाभर रहेका संस्थाका सबै सेवाकेन्द्रहरुमा सोमबार एकै समयमा संस्थाले एकसय ४३ जना […]