चुलाचुली (इलाम) । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देशैभर विकास निर्माणको कार्य ठप्प भएको बताइए पनि इलामको चुलाचुली गाउँपालिकामा भने खासै प्रभाव परेको छैन । दक्षिणी इलामको चुलाचुलीमा विकास निर्माण कार्यले निरन्तरता पाएको छ । सानामसिना योजना सञ्चालन गर्नुभन्दा ठूला योजना मात्र सञ्चालन गर्ने भनेर पाँचौं गाउँसभाबाट पारित भएका योजनाहरु अहिले लगभग […]
झापा । तात्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपछि नेपाल भलिबल संघले जेठ ८ लाई भलिबल दिवसका रुपमा मनाउन सुरु गरेको हो । तात्कालीन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषदबाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा भलिबल संघले जेठ […]
भद्रपुर । झापाको पूर्वी दक्षिणी कचनकवल गाउँपालिका वडा नं. ५ स्थित साविकको पाठामारी फुलबारी बस्ती नजिकै निर्माणाधिन बाँध तथा झोडा पूलका कारण बर्खा शुरु नहुँदै दर्जनौं घर डुवानमा परेका छन् । तीन वर्ष अगाडि साविक जिल्ला विकास समिति मार्फत निर्माण सम्पन्न गरिएको झिङ खोलाको पूल वारिपारी सडकसँग जोड्न गत वर्षबाट थालिएको बाँध निर्माणले फूलबारी बस्ती […]
दमक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक २५ वर्ष पुगेको उपलक्षमा आज रजत स्तम्भको अनावरण गरिएको छ । संस्थाको कार्यालय परिसरमा निर्माण गरिएको रजत स्तम्भको एक कार्यक्रमका बीच दमकका नगरप्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशनकुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख ओलीले खानेपानी संस्थाले उपभोक्तालाई बोतलमा […]
कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। विशेष गरी धेरै मानिसमा तनावको समस्या देखिन थालेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको रणनीतिक पत्रमा महामारी विरुद्धको अभियानको क्रममा सबै देशलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था पनि गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले […]
टेलरिङ्ग व्यवसायमा पछिल्लो अवस्था कस्तो छ ? टेलरिङ्ग क्षेत्रमा फागुन महिनासम्म अत्याधिक बिजनेस हुने समय हो । चैत सुरु भएदेखि १५ गतेसम्म आराम गर्ने समय मानिन्छ । हामी चैत १५ बाट विद्यालय तथा विवाहका पोशाकका लागि काम गर्दै गरेको अवस्थामा हुन्थ्यो । तर पछिल्लो समय कोरोना सन्त्रासका कारण देशभर लकडाउन गरिएपछि विद्यालय बन्द हुनुका साथै […]
बिर्तामोड । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले रेडियो कार्यक्रम प्रसारण हुने भएको छ। आँगन एफएम ८९.६ मेगाहर्जमा बालबालिका लक्षित कार्यक्रम बालबालिका र शिक्षा संचालन हुने भएको हो । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम […]
बिर्तामोड । स्थानीय सरकारले लकडाउनको १५ दिनपछि झण्डै ७ हजार मानिसलाई ४ केजीका दरले चामल बाँडको एक महिना बित्यो । बिर्तामोड नगरपालिकाले उक्त चरणमा झण्डै ६५ लाख रुपैयाँ खर्च भएको जनाएको थियो । नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा विभिन्न सहयोगी दाताहरु समेतबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ । तर दोस्रो चरणको […]
नेपाली चलचित्रकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको करिअर विगत २ वर्षदेखि ठिकठाक चलिरहेको छैन । करिअरको सुरुवातदेखि नै चर्चाको उचाइमा रहेकी नायिका पछिल्लो २ वर्ष भने चलचित्रका कारण भन्दा विभिन्न विवादले चर्चामा रहिन् । यस बीचमा उनका केही विवादित तस्वीर र बयानहरु सार्वजनिक भएका थिए । यसको असर उनले काम गरेका चलचित्रमा पनि पर्यो । […]
सभापति महोदय, मञ्चमा आसिन प्रमुख अतिथि तथा विशिष्ट महानुभावहरू। यस कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय समुदाय । सबैमा नमस्कारसहित अभिवादन । मेरो भाषण कहाँबाट सुरू गरौँ ? आजको विषयमा केन्द्रित रहेर बोलौँ कि, मेरो निजी विचारमा केन्द्रित रहेर बोलौँ । मैले जानेको विषयमा बोलौँ कि नजानेको भए पनि गतिलै कुरामा बोलेर बाठो हुने प्रयास गरौँ । […]