Sajhamanch Archive

मेचीनगरमा खोप गोष्ठी सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा खोप गोष्ठी सम्पन्न.

मेचीनगर । मेचीनगर नगरपालिका झापामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्नका लागि शुक्रबार गोष्ठी सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरीप्रसाद पौडेलले सरकारले खोपमा लगानी गर्नु भनेको खर्च नभई आफ्ना देशका नागरिक माथि लगानी गरेको भएकाले त्यसको प्रतिफल सकरात्मक प्राप्त हुने बताए । उनले खोपको महत्वका बारेमा जानकारी गराउँदैं नियमितरुपमा खोप […]

झापामा ६२औं सहकारी दिवसः फरक शैलीमा विशेष बनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on झापामा ६२औं सहकारी दिवसः फरक शैलीमा विशेष बनाइँदै.

झापा । झापाको सहकारी अभियानको सिङ्गो उपस्थितिका बीच चैत २० गते राष्ट्रिय सहकारी दिवसमा ६ वटा सहकारी संस्थाहरु, ६ जना सहकारी अभियन्ताहरु, एकजना पत्रकार र एउटा सञ्चार संस्थालाई पुरस्कृत र सम्मानित गरिने भएको छ । विगतमा जस्तै योवर्ष पनि सहकारी अभियानको उन्नयन र प्रवद्र्धनमा क्रियाशील उत्कृष्टहरुलाई छानेर सम्मान र पुरस्कार प्रदान गर्न लागिएको हो । […]

ओली प्रतिष्ठानका चार पुरस्कार वैशाख ७ गते काठमाडौंमा बाँडिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ओली प्रतिष्ठानका चार पुरस्कार वैशाख ७ गते काठमाडौंमा बाँडिने.

झापा । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षका लागि पुरस्कृत गरिने प्रतिभाहरु छनोट गरी आज सार्वजनिक गरेको छ। भद्रपुरमा कार्यालय रहेको प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कारका लागि चयन भएका व्यक्तिहरुको नाम तथा तिनको क्रियाशिलताबारे विवरण सार्वजनिक गरेको हो। २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले छैटौ संस्करणको पुरस्कार प्रदान गर्नका लागि नाम छनोट गरेको अध्यक्ष […]

थ्रीडीआई शिक्षण प्रविधि भित्राउँदै बिर्तामोडको मिडल पोइन्ट

Published: in राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on थ्रीडीआई शिक्षण प्रविधि भित्राउँदै बिर्तामोडको मिडल पोइन्ट.

बिर्तामोड । बिर्तामोडको मिडल पोइन्ट इलेमेन्ट्री स्कूलले थ्रीडीआई स्कूल न्यूजिलेण्डमा विकास गरिएको पाठ्यक्रम पठनपाठन गराउने विषयमा अभिभावक भेला गरी छलफल गरेको छ । विद्यालयका अधिकांश अभिभावकहरुको उपस्थितिमा सम्पन्न भेलामा अत्याधुनिक प्रविधिबाट पठनपाठन गराउने विषयमा छलफल भएको थियो । समय सापेक्ष अत्याधुनिक प्रविधियुक्त प्रयोगात्मक प्रविधिबाट पठनपाठन गराउने उद्देश्यले थ्रीडीआई स्कूल न्यूजिलेण्डमा विकास गरिएको कम्प्युटर सफ्टवेयरका बारेमा […]

बाल यौन दुराचारको अभियोगमा अष्ट्रेलियामा चर्चका धर्मगुरु जेल सजाय

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on बाल यौन दुराचारको अभियोगमा अष्ट्रेलियामा चर्चका धर्मगुरु जेल सजाय.

अष्ट्रेलिया । क्याथोलिक चर्चका धर्मगुरु तथा भ्याटिकनका पूर्व ट्रेजरर कार्डिनल जर्ज पेललाई अष्ट्रेलियाको एउटा अदालतले बाल यौन दुराचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको काउन्टी अदालतले कार्डिनल पेललाई सन् १९९० को दशकमा मेलबर्न शहरमा दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको हो । क्याथोलिक इसाई धर्मका […]

ट्याक्सी चालक दीपक पाण्डेका हत्यारा १० वर्षपछि पक्राउ !

Published: in राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on ट्याक्सी चालक दीपक पाण्डेका हत्यारा १० वर्षपछि पक्राउ !.

बिर्तामोड । मानिसको हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई १० वर्षपछि पक्राउ गरी आज विराटनगरमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले झापाको अर्जुनधारा नगरपालिका–२ का ४३ वर्षीय शरण भट्टराईलाई काँकरभिट्टाबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको हो । केमेष्ट्रीमा स्नातकोत्तर गरी पोखराको अन्नपूर्ण कलेजमा अध्यापन गराउने आरोपी भट्टराईको मोबाइल कल रेकर्डको आधारमा पक्राउ […]

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा.

काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को आज बुधबार काठमाडौंमा तामझामका साथ घोषणा गरिएको छ । हरेक नेपाली नागरिकलाई वर्षमा कम्तिमा १०० दिन रोजगारी दिने सरकारको प्रतिबद्धताका साथ सरकारले यो कार्यक्रम अघि सारेको हो । कडा प्रकृतिको मापदण्डका बीच सरकारले बेरोजगारलाई भत्ता प्रदान गर्ने पनि जनाएको छ । नेपालमा हाल बेरोजगारहरुको एकिन तथ्याङ्क नभएकाले शुरुमा बेरोजगारको कूल […]

कमल गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण सुरु

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण सुरु.

कमल । झापाको कमल गाउँपालिकाले आज गाउँपालिकामा बसोबास गर्ने अपाङ्गहरुलाई अपाङ्गता भएको परिचय पत्र वितरण गर्ने कार्य सुरु गरेको छ । वडा नम्बर २ बाट आज सुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमलाई गाउँपालिकाले घुम्ती शिविर मार्फत माघ २५ गतेसम्ममा पूरा गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले सबै वडा कार्यालयबाट क्रमशः परिचय […]

बावुको दशगात्र कर्ममा तीन छोरीहरु, परिवर्तनको सुरुवात आफैंबाट गरौं

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on बावुको दशगात्र कर्ममा तीन छोरीहरु, परिवर्तनको सुरुवात आफैंबाट गरौं.

झापा । नेपालको राजनीतिक परिवर्तनका लागि जीवन आहुती दिने नेत्र घिमिरेको परिवार यतिबेला सांस्कृतिक परिवर्तनका लागि पनि अग्रसर देखिएको छ । शहीद नेत्र घिमिरेका सहोदर भाइ देवी घिमिरेको माघ १० गते ६२ वर्षको उमेरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा असामयिक निधन भएपछि उनका तीनजना छोरीहरुले यतिबेला कोरो ढिकुरो गरेर दशगात्र कर्म गरिरहेको छन् । साविक गरामनी गाविसका […]

मेचे समुदायमा पहिलो विद्रोही छोरी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on मेचे समुदायमा पहिलो विद्रोही छोरी.

मेचीनगर । धेरै जातीय समुदायमा बावुआमाको निधनपछि छोरीले छोरा सरह काजकिरिया गर्नु हुँदैन भन्ने गरिन्थ्यो । त्यस्तो परम्परागत संस्कारलाई तोड्दै बिस्तारै छोरीले छोरा सरह सेतो वस्त्र धारण गरेर बाबुआमाको काजकिरिया गर्न थालेका छन् । प्रदेश ३ का सांसद उषाकला राइले पनि आफ्नी आमा लक्ष्मी राईको देहान्त पछि यसैसाता केश मुण्डन गरेरै सेतो वस्त्र धारण गरेर […]