Sajhamanch Archive

जलवायु परिवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम

Published: in विविधा by . Leave a Comment on जलवायु परिवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम.

झापा । जलबायु परिवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण वातावरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि, राजनीतिक दल, सञ्चारकर्मी, समाजिक व्यक्तित्व तथा सर्र्वसाधारणको उपस्थिति रहेको थियो । बाताबरण संरक्षण मञ्च नेपाल र बन तथा बाताबरण समिति हल्दीबारी गाउँपालिकाको संयुक्त आयोजनामा […]

स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !

Published: (Updated: ) in विचार/ब्लग, विविधा, by . Leave a Comment on स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !.

जुन देशमा जन्म्यो, बढ्यो, हुक्र्यो, खेल्यो, खायो अनि पढ्यो र जवान भयो । हात पाखुरामा बल बैंश भरियो । शरीरमा काम गर्न जोश, जाँगर र उमङ्गले युवाको रुप धारण गरेपछि हाम्रो देश नेपालका युवा विदेश पलायन हुन्छन् । अंग्रेजीमा ‘ब्रेन ड्रेन’ भनिने नेपाली युवा मस्तिष्क यसरी तेस्रो मुलुक पलायन हुनु अब कुनै नौलो र अस्वाभिक […]

९ जना एचआईभी संक्रमितको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on ९ जना एचआईभी संक्रमितको मृत्यु.

पर्वत। तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ । भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी महिनाको मार्चदेखि मेसम्म ९ जना एजआईभी […]

साढे ३३ किलो सुनकाण्डको पेसी फेरि स्थगित

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on साढे ३३ किलो सुनकाण्डको पेसी फेरि स्थगित.

मोरङ ।  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाको मुद्दा पेसी फेरि स्थगित भएको छd जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले पुनरावलोकनका लागि उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च […]

अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशन गर्ने माइतीघरबाट १० जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशन गर्ने माइतीघरबाट १० जना पक्राउ.

काठमाडाैं।  अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने विवेकशील साझा पार्टीका संयोजक उज्वल थापासहित १० जना पक्राउ परेका छन् । सरकारले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा आज माइतीघर मण्डलामा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको […]

रौतहटमा प्रहरी इन्काउन्टर, हतियार कारोबारी मारिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on रौतहटमा प्रहरी इन्काउन्टर, हतियार कारोबारी मारिए.

रौतहट । रौतहतमा प्रहरी र भारतीय हतियार कारोबारीको समूहबीच इन्काउन्टरमा हुँदा एक जनाको मृत्यु भएको छ । हतियारको कारोबार हुन लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको टोली र ३ जनाको संख्यामा मोटरसाइकलमा रहेका हतियार कारोबारी समूहबीच राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी बाग्मती नदीको तटबन्धनमा मुठभेड भएको थियो । घटनामा मृत्यु भएका व्यक्तिको सनाखत […]

भद्रपुरमा कम्युटर प्रशिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भद्रपुरमा कम्युटर प्रशिक्षण.

भद्रपुर । भद्रपुर ८ स्थित सिएसई कम्प्युटर प्रशिक्षण केन्द्रले पिछडा वर्ग लक्षित कार्यक्रम अन्र्तगत ४५ दिने कम्प्युटर तालिम सम्पन्न गरेको छ । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय मातहतमा रहेको पिछडा वर्ग उत्थान समिति ज्वागल ललितपुरको आर्थिक सहयोगमा पिछडा वर्गका २६ जना युवायुवतीलाई निःशुल्क रूपमा ४५ दिने तालिम दिएको हो । सिएसई कम्प्युटर प्रशिक्षण केन्द्र […]

गोरे यता डिल्लीबजारको जेलमा, रक्षा परिन् मायाको जालझेलमा

Published: (Updated: ) in विविधा by . Leave a Comment on गोरे यता डिल्लीबजारको जेलमा, रक्षा परिन् मायाको जालझेलमा.

काठमाडौं । खाने लाउने र रमाउने उमेरमा पैसाको रास र सुनको थाक देखेपछि मख्ख परेकी रक्षा भण्डारीका लागि अब सुनौलो दिन सकिएका छन् । उनका प्रेमी सुन तस्करी काण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको दोस्रो बयान गृह मन्त्रालयको छानबिन टोलीले जारी राखेको छ । उनकै बयानका आधारमा नै पछिल्ला लगानीकर्ता पक्राउ […]

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु.

बर्दिबास । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान र ४५ […]

मुसहर बस्तीको विकासमा अग्रसर भए जनप्रतितिधीहरु

Published: in विविधा by . Leave a Comment on मुसहर बस्तीको विकासमा अग्रसर भए जनप्रतितिधीहरु.

विर्तामोड । बिर्तामोड नगरपालिका ३ स्थित अदुवा खोलाको बगरमा रहेको मुसहर वस्तीको विकासका लागि जनप्रतिनिधिहरु अग्रसर देखिएका छन् । राज्यको आधारभुत सुविधाबाट वञ्चित लोपोन्मूख मुसहर समुदायको विकास गर्न एकपछि अर्को जनप्रतिनिधि जुटेका हुन् । बिर्तामोड नगरपालिका वडा न ३ का वडाध्यक्ष भोजराज सिटौलाको अगुवाईमा मुसहर वस्तीमा खानेपानी, ट्युवेल, शौचालय र फलामे पुलको निर्माण गरिएको हो […]