तेह्रथुम । जिल्लाका ५ सयभन्दा बढी चिया किसान र ९ वटा चिया सहकारीले आफ्नै जिल्लामा चिया प्रशोधन कारखाना पाएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका ९, सोल्मामा खुलेको चिया प्रशोधन कारखानामा हरियो पत्ती लैजान बगानमा मुना टिप्दै साना चिया किसान । चियाको हरियो पत्ती प्रशोधन गर्ने कारखाना जिल्लामै खुलेपछि सोल्मा सहित सुङनाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिम […]
न्यूजिल्याण्डकी एक मन्त्री सुत्केरी हुन साइकल चढेर अस्पताल पुगेकी छिन् । ४२ हप्ते गर्भवती जूली जेन्टर ग्रीन पार्टीकी सदस्य हुन् । कारमा धेरै मानिसहरुका लागि स्थान नभएकाले आफूले साइकलमा यात्रा गर्ने निर्णय लिएको जेन्टरले जानकारी दिइन् । उनले श्रीमानसँगको आफ्नो फोटो इन्टाग्राममा पोष्ट गर्दै लेखिन्, ‘आइतबारको सुन्दर बिहानी ।’ यसै वर्षको जूनमा प्रधानमन्त्री जसिन्डा आर्डर्न […]
काठमाडौं । पोखराको फेवाताल संरक्षण गर्न दर्जनौं संघसंस्था लागे पनि तालको अवस्था भने संकटमा पर्दै गएको छ । मानवीय अतिक्रमण र जलकुम्भी झारका कारण फेवातालको अवस्था संकटमा परेको हो । जलकुम्भी झारले ढाकेपछि फेवाताल कुरुप बन्दै गएको छ । तालको कतिपय स्थानमा पानीसमेत देख्न छाडिएको छ । फेवाताल संरक्षणका लागि सरकार र विभिन्न गैरसरकारी संघसंस्थाले […]
इन्डोनेसियाको लामबोक द्वीपमा आइतबार भूकम्पका झट्काहरु महसुस गरिएपछि मानिसहरु त्रसित बनेका छन् । यहाँ ४० मिनेटमा तीन ठूला झड्का महसुस भएको हो । केही दिन अघि मात्र आएको भूकम्पमा परी सयौं मानिसले ज्यान गुमाएका थिए । आइतबारको भूकम्पका कारण एक व्यक्तिको मृत्यु भएको बताइएको छ भने केही स्थानमा आगलागीको खबर छ । पहिलो भूकम्प ६.३ […]
गाईघाट। उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ । विद्युत्को मूल लाइनबाट करेन्ट तानेर […]
सुर्खेत। यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले […]
काठमाडौं । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु […]
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने ब्राइटनसँग ३–२ गोलअन्तरले पराजित भएको छ। अर्को खेलमा वार्टफोर्डले बर्नलेलाई ३–१ ले हराएको छ ।
काठमाडौं । अफगानिस्तान सरकारले तीन महिनाका लागि एकतर्फी युद्धविरामको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानीले मुस्लिमहरुको महान पर्व इद उल जुहा नजिकिएपछि केही समयका लागि युद्धविरामको घोषणा गरिएको बताए । एकतर्फी युद्धविरामको घोषणा गर्दै राष्ट्रपति घानीले तालीवानी बिद्रोहीले पनि युद्धविरामको सम्मान गर्नेमा आफू विश्वस्त रहेको बताए । राष्ट्रपतिको यो घोषणाप्रति तालीवानी बिद्रोहीले भने कुनै […]
कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभाग र समिति निष्क्रिय छन् । विभाग नबन्दा पार्टीका केन्द्रीय सदस्यसमेत जिम्मेवारीविहीन जस्ता छन् । विभागका संयोजक केन्द्रीय सदस्य हुने व्यवस्था छ । एउटा विभागमा […]