काठमाडौं । बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ । ऐनको धारा ५० मा ६० बर्ष […]
जनकपुरधाम । प्रदेश २ सरकारका मन्त्रीले संघीय कानुनको उल्लंघन गरेको पाइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। तर, प्रदेशका मन्त्री, राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार अधिकांश मन्त्रीले अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। १३ सदस्यीय मन्त्रिपरिषदका नौ मन्त्री र राज्यमन्त्रीले […]
भद्रपुर । जिल्ला समन्वय समिति झापाका पदाधिकारी, सदस्य र कर्मचारीहरुका लागि व्यक्तिगत एवम् संस्थागत रुपान्तरण सम्बन्धी तालिम कार्यशाला शनिबार सम्पन्न भएको छ । तालिममा व्यक्तिगत र संस्थागत रुपान्तरणका लागि अपनाउनु पर्ने विधिहरुको बारेमा छलफल भएको समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिएका छन् । २३ जनाको सहभागिता रहेको सो तालिम कार्यशालाको सहजीकरण तुलसी निरौलाले गरेका […]
मेचीनगर । साहित्यकार तेजराज खतिवडा (तेराख)को नाममा प्रतिष्ठान गठन गरिने भएको छ । धुलाबारीस्थित तेराख निवासमा आज शनिबार जिल्लाका अगुवा साहित्य साधकको उपस्थितिमा साहित्यकार तेराख प्रतिष्ठान गठन गर्ने सम्वन्धी अवधारणा माथि व्यापक छलफल गरिएको हो । छलफलमा माधव खतिवडा, तारा विविध, हरिचरण बानियाँ, गंगाप्रसाद ओडारी, कृष्ण सुवेदीू निराकारू, देवीचरण भण्डारी, गीता खनाल भण्डारी, कृष्णप्रकाश सुमार्गी, […]
सुरुङ्गा । तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहले तेस्रो स्थापना दिवश मनाएको छ । सामुदायिक वनले वन क्षेत्रमा धार्मिक वनको स्थापना गर्दै सामुदायिक वन दिवश मनाइएको हो । सामुदायिक वनको आयोजनामा तीन दिने विविध कार्यक्रम आयोजना गरेको थियो । वन क्षेत्रभित्र करिव ४ विगाह क्षेत्रभित्र विभिन्न जडिबुटीजन्य वृक्षरोपण गरिएको हो । वृक्षरोपण […]
कनकाई । कनकाई नगरपालिका क्षेत्रकै सोलुखुम्बु नामले परिचित कनकाई नगरपालिका ४ इलुवावारी त्रिवेणीको बाटो कालोपत्रे भएपछि स्थानीय उत्साहित बनेका छन् । शनिबार प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वडाध्यक्ष गोविन्द्रप्रसाद पौडेलले निर्माण कार्य सकिएको कालोपत्रे सडकको उद्घाटन गरे । माइखोलाहुँदै पुर्व पश्चिम राजमार्ग चोक, सुरुङ्गा चोक जोड्ने मध्ये ३ सय ९० मिटर […]
इलाम । यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीद्वारा प्रदान गरिँदै आएको पुरस्कारका लागि छनौट समितिको सिफारिस अनुसार गुठीले पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक ढकालको नाम अनुमोदन गरेको हो । आउँदो भदौ १६ गते झापाको बिर्तामोडमा पुरस्कार वितरण गरिने गुठीका अध्यक्ष तोयनाथ […]
विर्तामोड । चलचित्र मिस्टर भर्जिन यौन मनोविज्ञानमा आधारित चलचित्र भए पनि समाजमा पाच्य हुने गरी चलचित्र बनेको निमार्ण पक्षले जनाएको छ । चलचित्रले सेक्स कमेडी चलचित्र बनाउन चाहनेलाई पनि प्रेरणा दिने निमार्ण पक्षको दाबी छ । भदौ १ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको चलचित्र मिस्टर भर्जिनको प्रचार प्रसार गर्न झापाको बिर्तामोड आएको फिल्म यूनिटले […]
विर्तामोड । गरिब निमुखा वर्गलाई लक्षित गरि बिर्तामोड ९ नडियाबारीमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय बढी बिरामी लाभान्वित भएका छन् । मुसहर बस्ती विकास निर्माण समितिको आयोजना, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग र बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजारको सहकार्यमा शिविर सम्पन्न भएको हो । शिविरमा एलोपेथिक तर्फ ५ सय […]
काठमाडौं। नेपाल गोरखा परिषदका संस्थापक महासचिव एवं नेपालको पहिलो संसदको विपक्षी दलका नेता भरत शम्शेर राणाको निधन भएको छ । गएराति भारतको कलकत्ता स्थित आफ्नै निवासमा ९२ बर्षको उमेरमा राणाको निधन भएको हो । उनको सुतेको अवस्थामा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा […]