काठमाडौँ । क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले २४ बल बाँकी रहँदै ६ विकेटले पराजित गरेको हो । यद्यपि व्यक्तिगतरुपमा भने सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु चलाए । दोस्रो ओभरमा बलिङमा […]
यमन । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको मृत्यु भएको छ । हवाइ आक्रमणमा परी अन्य ३० बालबालिका घाइते भएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ । उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् । साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको छ । […]
हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला […]
साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् । साउदीस्थित नेपाली दुतावासले आव ०७४÷७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो । त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाईसकिएको साउदीस्थित नेपाली राजदुत प्रा. […]
काठमाडौं । प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्यो। त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो। प्रधान तीन महिना नपुग्दै गत साता सरुवा भए। मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ। उनी पनि कायममुकायम मात्रै हुन्। प्रदेश सरकार बनेको […]
काठमाडौं । राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्चाउन मिल्ने गरी नागरिकता ऐन संशोधन प्रस्ताव दर्ता गरेको छ। सुरुमा नागरिकता प्रमाणपत्र जारी भएको एक वर्षभित्र उमेरसम्बन्धी त्रुटि सच्चाउन मिल्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ। संशोधन विधेयक सरकारका तर्फबाट उप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले दर्ता गरेको […]
काठमाडौं । एक वर्षमै पाँच हजार सरकारी कर्मचारी विदेश भ्रमणमा गए। ‘राष्ट्रसेवक’ को सरदर २५ हजार दिन घुमेरै बित्यो। त्यसमा राज्यकोषबाट दुई अर्ब रुपैयाँभन्दा बढी सकियो। अहिले आएर प्रधानमन्त्री कार्यालयले त्यत्रो खर्चको उपलब्धि देखाउन र्याखर्याख्ती पारिररहेको छ। भ्रमणकर्ता र तिनलाई पठाउने अधिकारीहरू भने जवाफ दिन सकिरहेका छैनन्। घुमेर सरकारी ढुकुटी दुरुपयोग गर्ने क्रम बढेपछि प्रधानमन्त्री […]
काठमाडौं। नेपाल–भारत सीमाका करिब पाँच सय स्तम्भ हराएका छन्। नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो। नापी विभागअन्तर्गत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ। अद्यावधिक हुन भने बाँकी छ। ‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका […]
काठमाडौं । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा कार्गो विमान सहयोग गर्ने भएको छ। हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै युएस आर्मीको इन्डो प्यासिफिक कमाण्ड मार्फत अमेरिकाले ४ वटा फिक्स विङ स्काई ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो। यी जहाज अमेरिकाबाट छिट्ट नेपाल आउने सेनाले जनाएको छ। अमेरिकाले दिन लागेको […]
मानव सभ्यताको कालखण्ड अध्ययन गर्ने हो भने महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेरिने गरिन्थ्यो । त्यसकारण महिलाको हक अधिकारको निम्ति अग्रणी महिलाहरुले बुलन्द आवाज उठाउँदै आउनु भएको छ । वि. सं. १९७४ सालमा दिव्यादेवी कोइरालाको सक्रियतामा एउटा समिति गठन गरी महिलाहरुलाई एकतृत गरी विभिन्न कार्यहरु सुरुवात गरेको पाइन्छ । सो समितिमा अग्रणी महिलाहरु योगमाया देवी, चन्द्रकान्ता, […]