भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ ले आफ्नो हाताभित्र पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सो पुस्तकालयको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु शिवाकोटी र नवराज घिमिरेलाई सम्मान समेत गरिएको थियो । यसैगरी प्रमुख अतिथि प्रश्रितको […]
हल्दिबारी । हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित वार्षिक बजेट ४४ करोड ४८ लाख ८५ हजार प्रस्तावित गरेको छ । दोश्रो गाउँसभाबाट पारित गरिएको तथा आ.व. २०७४/०७५ मा प्रस्तावित सो बजेट संशोधनसहित आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन गरिएको हो । ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ मूल नारा लिएर एकीकृत गाउँ […]
बिस्तारै बिस्तारै सहरीकरण हुँदै गएको झापाको लक्ष्मीपुर चोकबाट उत्तर तथा अर्जुनधारा जलेश्वर धाम दक्षिण क्षेत्रमा फैलिएको अर्जुनधारा वडा नं. ५ धार्मिक तथा सांस्कृतिक हिसाबले अग्रणी वडा हो । पौराणिक कालमा पाँच पाण्डवहरुले खेलेको पाण्डवपुर तथा अर्जुनधाराधामको नजिकै रहेकाले यो वडालाई धार्मिकरुपमा बढी चिनाउँछ । सहरीकरण हुँदै गरेको यो वडामा थुप्रै सम्भावना र उत्तिकै चुनौति एवम् […]
काठमाडौं । सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद् बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको […]
काठमाडौं । संसदीय सनुवाइ समितिका एकजना सदस्यलाई पेस्तोल बोकेका मानिसले घरमै आएर धम्काएको तथ्य खुलेको छ। मंगलबार राति बानेश्वरस्थित आफ्नै निवासमा बसेकी नेकपाकी सांसद निरु पाललाई दुईजना हतियार बोकेर आएका व्यक्तिहरूले धम्काएका हुन्। दीपकराज जोशीको संसदीय सनुवाइलाई प्रभावित पार्नका लागि उनलाई धम्काइएको बुझिएको छ। समितिका सदस्यलाई हतियारधारीहरूले निशाना बनाउन खोजेपछि सुरक्षा समितिले सदस्यहरूलाई पिएसओको व्यवस्था […]
काठमाडौँ । स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गर्नुभयो । स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको […]
बिर्तामोड । झापाको मेचीनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रही जिल्लाभर कार्यक्षेत्रको स्वीकृति प्राप्त गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आजदेखि आफ्नो २४औं कार्यालय गरामनीमा सञ्चालन गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ७ गरामनी बजारमा स्थापित सम्पर्क कार्यालयको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले रिवन काटेर उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि मन्तब्य राख्ने […]
नेपाल र नेदरल्याण्डसबीच भइरहेको एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा सोमपाल कामीले पहिलो ऐतिहासिक विकेट लिएका छन् । कामीले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डसका डीजे टर बाराकलाई बोल्ड गरेका हुन् । यति बेला नेदरल्याण्डस ४.३ ओभरको समाप्तिमा एक विकेट गुमाएर २७ रन बनाउँदै खेलिरहेको छ । – उज्यालो
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । बुधबार बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् । राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्रहरीसमेतको सहयोगमा उक्त […]
भद्रपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारको विरोध गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई निशाना साँधेको छ । दुई तिहाई बहुमतप्राप्त सरकार र दुई शक्तिशाली कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर गठन भएको नेकपाको समेत नेतृत्व गरेका प्रधानमन्त्री ओली मङ्गलबार सदरमुकाम चन्द्रगढीमा काङ्ग्रेसले आयोजना गरेको विरोध सभामा आलोचनाको केन्द्र बनेका हुन् । विपक्षी काङ्ग्रेसको शीर्ष तहका […]