बिर्तामोड । बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या सम्बोधनको माग राखी आन्दोलनको तयारी गरिरहेका विद्यार्थी संगठनहरुसँग वार्ता गर्न समिति गठन गरेको छ । अनेरास्ववियू र अखिल क्रान्तिकारी झापाले विभिन्न आठ बुँदे माग राखे आन्दोलनका कार्यक्रम तय गर्दै दुई दिन अघि नगरपालिकामा ज्ञापनपत्र दिएका थिए । नगर शिक्षा समितिको आज मंगलबार बसेको बैठकले नगर शिक्षा […]
अर्जुनधारा । खीर दिवसको अवसरमा झापाको अर्जुनधारा नगरपालिका ५ स्थित देवभुमि बिद्यापिठका बिद्यार्थीहरुले शिक्षक तथा बिद्यार्थीलाई खीर खुवाएका छन । बिद्यालयको चायलड क्लब ,इनरट्रयाक क्लब र कक्षा १० का बिद्यार्थीहरुको सहकार्यमा खीर खुवाएर दिवस मनाएको इनरट्रयाक क्लबकी छात्रा जानुका डाँगीले बताएकी छिन । यस्तै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुमन शर्मा जारकटेलले बिद्यालयमा यस्ता खालका कार्यक्रम […]
बिर्तामोड । सडक दूर्घटनामा परेर निधन भएका झापाका पुराना पत्रकार गोपीकृष्ण खनालको स्मृतिमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ को घोषणा गरिएको छ । आज खनालको १३औं दिनको पुण्य तिथिमा स्थापित प्रतिष्ठानले पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदानलाई जीवन्त तुल्याउन सो क्षेत्रमा लागी पर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई गोपीकृष्ण पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय गरेको छ । […]
कचनकवल । नेपालको जगको रुपमा चिनिने सबैभन्दा होचो भूभागमा रहेको कचनकवल स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा गाडिएको छ । हाल कचनकवल गाउँपालिका, वडा नं. ४ मा पर्ने साविक केचना गाविसमा नेपालकै सबैभन्दा होचो भाग हो । कचनकवल समुन्द्र सतहदेखि ५८ मिटरको उचाइमा रहेको छ । साविक केचना गाविस खुल्ला दिसामुक्त घोषणा भएसँगै सो स्तम्भमा खुल्ला दिसामुक्तको […]
भद्रपुर । सहिद मनोज झपेन्द्रको २६ औं स्मृति दिवसको अवसर पारेर चन्द्रगढीमा रक्तदान सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुर १० को आयोजनामा भएको कार्यक्रममा एक सय ४ जनाले रक्तदान गरेका छन् ।जसमा ११ जना महिला र ९३ जना पुरुष रहका थिए । नेपाल निजामती कर्मचारी […]
मानव तस्करीविरुद्ध साझेदारी गर्ने घोषणापछि सरकार, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधि । काठमाडौं – नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रले नेपालबाट हुने मानव तस्करी विरुद्ध मिलेर काम गर्ने घोषणा गरेका छन् । ३० जुलाई अथवा मानव तस्करी विरुद्ध विश्व दिवसको अवसर पारेर तस्करीविरुद्ध साझेदारी गरेर काम गर्ने घोषणा गरिएको हो । मानव तस्करी […]
काठमाडौं । सरकार र डा गोविन्द केसीबीच भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ। नेकपाका तीन सांसद र कांग्रेसका दिलेन्द्रप्रसाद बडु, गगन थापाले उक्त विधेयकमाथि मंगलबार संसद सचिवालय सिंहदरबारमा संशोधन दर्ता गरेका हुन्। प्रस्तावमा जम्मा आठवटा संशोधन परेका छन्। गत बिहीबार राति सरकारी पक्ष र डा केसीबीच भएको सहमतिअनुसार विधेयक संशोधनका लागि नेकपाका संसद […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानूनभित्र बस्नुपर्ने सुझाएका छन् । महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धी आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् । राजनीतिले देशलाई बाटो देखाउनु पर्ने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि […]
झापा जिल्ला सहकारी संघ लिमिटेड, भद्रपुर झापा कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस संघलाई देहाय बमोजिमको कर्मचारी आवश्यकता भएकोले तपशीलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदनको माग गरिएको छ । तपशील पद :– कार्यालय सहायक द्वितिय , पद संख्या :– २ जना, तह :– सातौँ, तलव :– संघको नियमअनुसार उमेर :– १८ वर्ष पूरा भई ४० वर्ष […]
विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ । तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो । तीन वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ […]