Sajhamanch Archive

उत्तर कोरियालीमाथि निगरानी गर्न सादा पोशाकका प्रहरी

Published: in मिडियाबाट साभार by . Leave a Comment on उत्तर कोरियालीमाथि निगरानी गर्न सादा पोशाकका प्रहरी.

नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका ब्यापार व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलार्य निर्देशन दिएको छ ।  न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल रेस्टुरेन्ट लगायतका ब्यापार व्यावसाय तथा संलग्न कर्मचारीको विवरण पेश गर्न गृह […]

अघि बढ्यो सरकार–केसी सम्झौता : कार्यान्वयन प्रक्रिया

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अघि बढ्यो सरकार–केसी सम्झौता : कार्यान्वयन प्रक्रिया.

डा. गोविन्द केसी र सरकारबीच भएको ९ बुँदे सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको छ । सरकारले संसद्‌मा प्रस्तुत गरेको चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएसँगै सम्झौता कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको हो । आइतबार २ बजे सैद्धान्तिक छलफल सकिएलगतै विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टाको गणना सुरु भएको छ। केसी र सरकारबीच बिहीबार राति उपत्यकाभित्र मेडिकल कलेज खोल्न […]

धनीका हातमा ‘गरिब परिचयपत्र’ धनीसमेत गरिबको सूचीमा !

Published: in मिडियाबाट साभार by . Leave a Comment on धनीका हातमा ‘गरिब परिचयपत्र’ धनीसमेत गरिबको सूचीमा !.

धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । मुख्य बजार क्षेत्रमै २/३ तले घर भएका, दस बिघासम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपतिसमेत गरिबको परिचयपत्र पाउने सूचीमा छन् । परिचयपत्र पाउनेमा नेता, कर्मचारी र जनप्रतिनिधिसमेत छन् । ‘गरिब परिचयपत्र आयो भनेर वडाभरि डम्फु पिटियो,’ धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष मुरारी अधिकारीले भने, ‘धनीको नाम गरिबको […]

नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषको दोस्रो साधारण सभा सम्पन्न

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषको दोस्रो साधारण सभा सम्पन्न.

युएई । नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । युएईलाई कार्यक्षेत्र बनाई श्रमरत झापाली युवाहरुले आफ्नो आम्दकोी सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ दुई वर्ष अगाडि शुरुवात गरेको थियो । साधारण सभा झापाली समाज युएईका केन्द्रीय कोषाध्यक्ष भरत बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । […]

एनएमसीको शनिश्चरे शाखाको भवन उद्घाटन

Published: (Updated: ) in सहकारी by . Leave a Comment on एनएमसीको शनिश्चरे शाखाको भवन उद्घाटन.

शनिश्चरे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले शनिश्चरेमा आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । २०६९ बैशाख १ गतेबाट शनिश्चरे क्षेत्रलाई आफ्नो नवौँ शाखाको रुपमा सेवा दिन सुरु गरेको एनएमसीले आइतबारदेखि आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट सेवा प्रारम्भ गरेको हो । नयाँ भवन प्रवेशका क्रममा र्यालीको आयोजना गरिएको थियो । र्यालीमा […]

शुल्क बृद्धिको विरोधमा उत्रिएको दुई विद्यार्थी संगठनले नगरपालिकामा बुझायो ज्ञापन पत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शुल्क बृद्धिको विरोधमा उत्रिएको दुई विद्यार्थी संगठनले नगरपालिकामा बुझायो ज्ञापन पत्र.

बिर्तामोड । चर्को शुल्क बृद्धिको विरोधमा विद्याथी संगठन आन्दोलित भएका छन् । अखिल र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रुपमा दोस्रो चरणको आन्दोलनमा निस्केका हुन् । प्यासन र एनप्यासनले चरम शुल्क लिएको तथा एसइइ दिएर ११ र १२ मा पढ्न लागेका विद्यार्थीहरुलाई क्यापसहरुले चरम शुल्क लिने गरेको पाइएकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको विद्यार्थी संगठनले […]

अर्जुनधाराको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on अर्जुनधाराको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बार्षिक नीति तथा कार्यक्रम तयार गरेको छ । अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री सहर भन्ने मुल नारालाई अंगिकार गरेर बार्षिक कार्यक्रम शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नगर सभाको बैठकबाट पारित निर्णयहरुलाई नगर प्रमुख हरिकुमार रानाले सार्वजनिक गरेका हुन्। जसमा सवै वडाका नीति कार्यक्रम संलग्न रहेको, […]

विर्तामोड र अर्जुनधारा नगरपालिकाले बसपार्कलाई सुन्दर र व्यवस्थित बनाउने

Published: (Updated: ) in समाज by . Leave a Comment on विर्तामोड र अर्जुनधारा नगरपालिकाले बसपार्कलाई सुन्दर र व्यवस्थित बनाउने.

अर्जुनधारा । अर्जुनधारा र विर्तामोड नगरपालिकाले बसपार्क तथा बजार व्यवस्थापन गर्ने भएको छ । अर्जुनधारा नगरपालिका नगर प्रमुख हरिकुमार राना र विर्तामोड नगरपालिका नगर प्रमुख धुव्रकुमार शिवाकोटीले बसपार्क तथा बजार व्यवस्थापन समिति कार्यालयको उद्घाटन गर्दै डस्टबीन व्यवस्थापन कार्यक्रम गर्ने र बसपार्कलाई सुन्दर व्यवस्थित बनाउने बताए । बसपार्क तथा बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रम बसपार्कबासी […]

प्रिसिजन टुरको पहिलो खेलमा बार्सिलोना विजयी

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on प्रिसिजन टुरको पहिलो खेलमा बार्सिलोना विजयी.

साविक लालिगा च्याम्पियन बार्सिलोनाले नयाँ सिजन सुरु हुनु अघि अाइतबार बिहान भएको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दे विजयी सुरुवात गरेको छ। अमेरिका भ्रमणमा रहेका दुवै टिमले निर्धारित ९० मिनेटमा २ – २ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको हो। पेनाल्टी सुटआउटमा बार्सिलोनाका […]

चौबिसै घण्टा खुल्ने स्मार्ट पेट्रोल पम्प बनाउँदै आयल निगम

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on चौबिसै घण्टा खुल्ने स्मार्ट पेट्रोल पम्प बनाउँदै आयल निगम.

काठमाडौं । नेपाल आयल निगमले चौबिसै घण्टा खुल्ने स्मार्ट पेट्रोल पम्प बनाउने भएको छ । निगमले काठमाडौंमा नमूना पेट्रोल पम्प चलाउने योजना बनाएको जनाएको हो । काठमाडौंमा चौबिसै घण्टा सेवा दिने पम्पहरु सञ्चालनमा नरहेको पनि जनाएको छ । आयल निगमका सञ्चालक समितिका अध्यक्ष तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले आयल निगमले उपत्यकामा हरेक समय सेवा दिने […]