नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन् । मजदुर संगठनमा आबद्ध केही नेताको स्वार्थका कारण मजदुरको अधिकारमाथि नै बन्देज लगाउने सहमति गरेपछि मजदुर संगठनमा विवाद चुलिएको छ । मजदुरको हकहितका लागि खुलेका संगठनका केही […]
फोटो र विचारसँग हामी सबैको एक अनौठो सम्बन्ध हुने गर्दछ । यहाँ हामी वास्तविक जीवनमा फरक देखिनका लागि खिचिएका केही खतरनाक फोटाहरु देखाउँदैछौ । फरक देखिनका लागि वा फेसबुक वा सामाजिक संजालमा राख्नैका लागि खिचिएका र भाइरल भएका विश्वका केही तस्बिरहरु यस्ता छन् ।
काठमाडौँ । आज संसारभरी करोडौं मानिसहरु शान्तिका अग्रदुत भगवान गौतम बुद्धका अनुयायीहरु छन्। बुद्धले संसार भरि शान्ति र अहिंसाको सन्देश फैलाए। यिनै शान्तिका अग्रदुत बुद्धका विभिन्न देशमा ठूला-साना मूर्ति-प्रतिमाहरु छन्। ति मध्ये एक हो-चीनको लेशानमा बनेको बुद्ध मूर्ति। ताङ वंश (६१८-९०७)शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१-मीटर (२३३ फीट) ऊँचाईको छ। यो चीनको दक्षिणमा स्थित सिचुआन […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहले ३० परिवार विपन्न उपभोक्तालाई निःशुल्क खाट प्रदान गरेको छ । केही वर्ष अघिदेखि सामुदायिक वनले गरिव परिवारको छनौट गरी सुत्ने खाट प्रदान गर्दै आएको वन समूहका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिएका छन् । सो वन समूहले स्थानीय पुकार अपाङ्ग अशक्त परोपकार संस्थालाई दुई थान र […]
केही समय अघिदेखि झापाको शिवसताक्षी नगरपालिकामा नगर शिक्षा अधिकारी तोयानाथ रेग्मी माथि नगरप्रमुख चन्द्रकुमार शेर्माले गरेको ज्यादती सर्वविदितै छ । शिक्षाजस्तो महत्वपूर्ण विषयमा प्रचलित ऐन, नियम र कानूनको अधिनमा रही स्वतन्त्रतापूर्वक शैक्षिक क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा राजनीतिक स्वार्थका कारण सामुदायिक विद्यालयको गतिविधि प्रभावित हुन पुगेको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नगर शिक्षा अधिकारीलाई प्रचलित ऐन, नियम […]
झापा । लागुऔषध कारोबारीहरु सीमावर्ती नाकामा खटिएका प्रहरीको आँखा छल्दै लागुऔषध नेपाल भित्र्याउन सफल भइरहेका छन् । झापाको काँकरभिट्टासहितका विभिन्न नाकामा खटिएका प्रहरीको आँखा छल्दै कारोबारीले भारतीय बजारबाट ठूलो परिमाणमा लागुऔषध नेपाल भित्र्याउन सफल भइरहेका हुन् । एउटा पक्राउ परे, अर्कोलाई लगाउने, त्यो पनि पक्राउ परे नयाँ मान्छे खोज्ने । लागुऔषध तस्करले यस्तै विकल्प खोजी–खोजी […]
काठमाडौ । प्रा डा गोविन्द केसीको अनशन २४ दिनमा चलिरहँदा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई स्वर्ग नजाने सुँगुरसँग तुलना गरेका छन् । सोमबार काठमाडौँमा भएको ४० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले कांग्रेसले गोविन्द केसीको फेरो समातेर अराजकता मच्चाउन खोजेको आरोप लगाएका हुन् । प्रत्येक ठुला क्रान्तिपछि पराजित भएको शक्तिले टाउको उठाउन खोज्ने […]
दमक । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसको अवसर पारेर झापाको दमकमा वृक्षारोपण गरिएको छ । दमक १ स्थित भृकुटी आधारभुत विद्यालय परिषरमा पुष्प –धीरेन्द्र प्रतिष्ठान आयोजनाले बृक्षारोपण गरेको हो । आयोजनाले आँप, लिची, अम्बक, एबोकाडो, स्वामी, हाडे , बदाम, जामुन, मलेसियन टिक र टिकुमा लगायत प्रजातिका बिरुवा रोपिएको प्रतिष्ठानका अध्यक्ष […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–७ का ५७ वर्षीय जितबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको […]
काठमाडौं । नेपाली कांग्रेसको विधान परिमार्जनका लागि गठन गर्ने भनिएको विधान मस्यौदा समिति वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहबाट समितिमा बस्नेको नाम नदिँदा अन्योलमा परेको छ। गत बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले बिहीबार नै आफ्नोतर्फबाट नाम दिन तयार भएका थिए। तर उनले अहिलेसम्म आफ्नो समूहबाट समितिमा बस्नेको नाम पठाउन नसक्दा मस्यौदा समिति अन्योल […]