धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको धनकुटामा जारी महाधिवेशनमा अध्यक्ष बाहेकका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको थाहा भएको छ । अध्यक्ष पदमा वर्तमान महासचिव ओमकृष्ण बिमली र अर्का व्यवसायी राजकुमार कार्कीले आवेदन गरेका छन् । विगत लामो समयदेखि अध्यक्षको दावी गर्दै आएका दिनेश मित्तलले मनोनयन दर्ता गरेनन् । निर्वाचन समिति अध्यक्ष पदमा पनि सर्वसम्मत गराउने पक्षमा […]
दुवई । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापुर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीनवटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका छन् । बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एन्ड टुरिजम, काठमाडौं ट्राभल एन्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी आपसमा गाभिएर शुभयात्रा ट्राभल एन्ड टुरिजमको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका २० जना महिलाले फेब्रिकको माला तथा ब्याच बनाउने सात दिने तालिम प्राप्त गरेका छन् । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा कान्तिपुर सुदुरपश्चिम टेक्निकल कलेजले तालिमको संयोजन गरेको थियो । गत फागुन २५ गतेदेखि ३० गतेसम्म महेन्द्र रत्न माविको स्रोतकेन्द्र भवनमा सञ्चालित हस्तकला तालिमको सहजीकरण हेटौंडाकी कमला सुवेदीले गरेकी हुन् । नेपाल ललितकला […]
धनकुटा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समग्र देशको विकास र आर्थिक समृद्धिमा अलैंचीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मुख्यमन्त्री राईले चाँडै अलैंची बोर्ड गठन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । धनकुटाको पर्यटकीय नगरी हिलेमा शनिबार शुरु भएको नेपाल अलैंची व्यवसायी महासंघको छैठौं साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका […]
शान्तिनगर । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बर्ने च्यालेञ्च कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । युनिटी युथ क्लव बुद्धशान्ति–४ बर्नेको आयोजनामा यही चैत ११ गते सोमबारबाट चैत १८ गतेसम्म सञ्चालन हुने खेलमा झापा र इलामका गरी ८ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष डिल्ली माँवो (लिम्बू)ले […]
झापा। आज बिहान मोरङको कानेपोखरीमा भएको सवारी दूर्घटनामा परेर अर्जुनधारा नगरपालिका १ खुदुनाबारीस्थित गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक रामकुमार आछामीसहित दुई जनाको ज्यान गएको छ । सात जना घाइते भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनर र काठमाडौंबाट झापा आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुवाहक टाटासुमो बिहान […]
काठमाडौ । पर्यटन श्रमिकहरुको कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक संगठन युनिट्राभले आन्दोलनको घोषणा गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी युनिट्राभले सबै पर्यटन क्षेत्रमा श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलनको घोषणा गरेको हो । युनिट्राभले सरकारका सम्बन्धित वन तथा वातावरण, श्रम, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच […]
कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित शहीद धर्मभक्त माद्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सवमा भएकोे आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । स्वर्ण महोत्सवको उपलक्ष्यमा विद्यालयले २५ लाख ९ हजार ३०८ रुपैयाँ आम्दानी गरेको छ । यसरी नै १४ लाख १८ हजार ९८८ रुपैयाँ खर्च गरी १० लाख ९० हजार ३२० रुपैयाँ बचत […]
बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ । नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड ९ का ५० जना महिलाको सहभागिता रहेको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले तालिमका प्रशिक्षक प्रनिता भण्डारीलाई सामग्री […]
बिर्तामोड । अरुको घरमा ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेकी बिर्तामोड ४ रामाउत टोलली ४० वर्षीया बतासी राजवंशीको दु्वै मिर्गौला ड्यामेज भएको चिकित्सकले बताएपछि आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छन् । स्थानीय मनीराम राजवंशीको जग्गामा माटोले बारेर बनाएको घरमा बसोबास गरिरहेकी बतासीका दुवै मृगौलाले काम गर्न छाडे पछि आफ्नो जीवन बचाइदिन उनले […]