भद्रपुर । यहाँस्थित ब्राइट फ्युचर अंग्रेजी माध्यमिक विद्यालयलले स्थापनाको १७औं वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी पुरस्कार र सम्मानसहित विविध साँस्कृतिक कार्यक्रम गरी वार्षिक उत्सव सम्पन्न गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल रत्नबहादुर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी, ११० […]
स्थानीय पाठ्यक्रममा उपभोक्ता अधिकार तथा सचेतनाका विषय समेट्न पहल गर्ने बिर्तामोड । उपभोक्ता हित संरक्षणका लागि स्थानीय सरकार तथा झापाका सरोकारवालाहरुले ७ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा जिल्ला समन्वय समिति झापाद्वारा आज शुक्रबार बिर्तामोडमा आयोजित ‘उपभोक्ता अधिकारः बजार तथा भौतिक पूर्वाधार अनुगमन, चुनौति र समस्या समाधानका उपाय’ विषयक […]
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश १ का लागि सुरु गरिएको सवारी दूर्घटना न्यूनीकरण महाअभियानको झापाको बिर्तामोडमा आयोजित उद्घाटन समारोहका झलकहरु ।
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खा बजारमा रहेको सुदिन ट्रेडर्स एण्ड सप्लायर्समा गएराति आगजनी भएको छ । सो पसलले बिक्रीका लागि स्टोर गरेको पोलिथिन निर्मित ट्याङ्कीमा आगजनी गरिँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । आगलागीबाट हजार लिटर क्षमताका १५ वटा र ५०० लिटर क्षमताका ३ वटा टेंक नष्ट भएको जनाइएको छ […]
झापा । झापाका गाउँ तथा नगरपालिकाहरुले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, प्रशोधन तथा बिक्री बितरण सम्बन्धी सरकारी नीति नियम र निर्देशन नमानेको बताइएको छ । जिल्ला अनुगमन तथा समन्वय समिति झापाले कात्तिक १५ गतेदेखि आज फागुन ३० गतेसम्म गरेको अनुगमनअनुसार नीति, निर्देशन एवम् निर्णयहरु कार्यान्वयनमा पालिकाहरुले अटेर गरेका हुन् । नदीजन्य तथा खानीजन्य पदार्थ […]
उपन्यास अंशः दाताराम सरको गह आँसुले भरियो । उनले हतारहतार आँसु पुछे । अनि आफू सुतेको ओछ्यानको छेउमा बसेकी धर्मछोरी सरिताको अनुहार नियालेर हेरे । हात लम्काएर गालामा र टाउकामा सुम्सुम्याए । मानौं, वर्षौपछि उनले आफ्नै छोरीलाई भेटेका छन् । तर उनको गलाबाट एक वाक्य पनि निस्कन सकेन । बुबाले आँखाबाट निरन्तर आँसु बगाएको देखेपछि […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा जग्गा प्लटिङलाई व्यवस्थित गर्न तथा कृषियोग्य जमिन खण्डीकरण नियन्त्रणका लागि नगरपालिकाद्वारा गठित समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी सरोकारवाला पक्षहरुको सुझाव लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट २०७५ पुष ३० मा कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा जारी भएको निर्देशन बमोजिम जग्गा खण्डीकरण हुनबाट रोक्नका लागि समितिले […]
काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । अब अर्को निर्णय नभएसम्म ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने छैनन् । आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो, जसमा १५७ जनाको मृत्यु भएको छ । […]
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालीकानगरमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा बाल्टीमा कालो प्लाटिकले बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको थियो । बुटवल—भैरहवा सडक खण्डको कालीकानगरमा स्पिड ब्रेकरमा राखिएको उक्त शंकास्पद वस्तु ‘इन्प्रोभाइस एक्सप्लोसिभ डिभाइस’ (बम) भएको डिस्पोजका […]
झापा । वाइसिएल नेपालले देशव्यापीरुपमा सञ्चालन गरेको शहीद तथा वेपत्ता परिवारजनलाई सम्मान तथा भेटघाट गर्ने कार्यक्रम प्रदेश १ का विभिन्न जिल्लामा सम्पन्न गरेको छ । वाइसिएल प्रदेश संयोजक कर्म पुलामीका अनुसार सो कार्यक्रम अन्तरगत बुधबार झापाको दुर्गापुरमा कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) को प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष कुमारको […]