भद्रपुर । नेपाली काँग्रेसका पुराना नेता तथा पूर्व सांसद जीतबहादुर पुरीको ७७ वर्षको उमेरमा गएराति निधन भएको छ । उनको पार्थिव शरीरलाई आज अपरान्ह मेची नदीमा दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कार अघि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जिल्ला सभापति उद्धव थापा, पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतल पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका […]
कमल । झापाको कमल गाउँपालिका ३ केर्खास्थित मेची युनेस्को क्लबको आयोजनामा बालबालिकाका लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आज सुरु गरिएको छ । कमल गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा सुरु गरिएको तालिम शहीद धर्मभक्त माविको सभाहलमा तीन दिनसम्म सञ्चालन हुनेछ । तालिममा वडा नम्बर ३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयका ४० […]
महेन्द्रनगर । निर्मला हत्याकाण्डको सात महिनापछि कञ्चनपुर जिल्ला अदालतमा सोही प्रकरण सम्बन्धमा दुईवटा मुद्दा दर्ता भएका छन् । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरी विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरिएको हो । सरकारी […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले हेलिकप्टर दूर्घटनामा बुधबार निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न संसदीय दलको बैठक बसेको हो । यसैगरी राष्ट्रिय सभाको आजको बैठकले पनि मन्त्री रविन्द्र अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित […]
मेचीनगर । झापा मेचीनगर ६ काँकरभिट्टाकी २६ वर्षीया निर्मला राईको उपचारका लागि आर्थिक सहयोग गरिदिन स्वर्गीय गंगामाया तथा नरबहादुर वस्नेत क्यान्सर पीडित संस्था बिर्तामोडले आग्रह गरेको छ । छालामा लाग्ने एसएलई रोगबाट थलिएकी निर्मलाको घरमा शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको हो । संस्थाका अध्यक्ष भुपाल बस्नेतले झापाबासीमा सहयोगको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर राजकीय सम्मान अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । दुई दिन अघि ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दूर्घटनामा सबैजनाको […]
ओखलढुंगा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुषतर्फको भलिबल खेलाडी छनौटका लागि प्रदेश १ मा भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा झापाको टिम फाइनलमा प्रवेश गरेको छ । ओखलढुंगामा जारी सो प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा झापाले संखुवासभालाई २५–१४, २५–१७ र २५–२३ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल आज शुक्रबार भोजपुर र […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । रिंगाटा लागेर लडेका पुनको छातिमा समस्या देखिएपछि अपरान्ह नर्भिक अस्पतालमा भर्ना गरिएको हो । मन्त्री पुनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा बादल, वन मन्त्री शक्ति बस्नेतलगायत नर्भिक अस्पताल पुगेका छन् । नेपका अध्यक्ष पुष्पकमल दहाल […]
झापा । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् । प्रदेश ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका अपर […]
बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणका लागि मुख्य प्रायोजक मगमग तयारी चाउचाउसँग बुधबार सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । पत्रकार सम्मेलनका बीच मगमग तयारी चाउचाउ उत्पादकका तर्फबाट बुद्धि घिमिरेसहित झापा गोल्डकप आयोजकहरुले हस्ताक्षर गरेका हुन् । बताइएअनुसार मगमगले गोल्डकप सञ्चालनका लागि ८ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने झापा ११ फुटबल क्लवको प्रवद्र्धनका लागि वार्षिक ६ लाख […]