बीबीसी । मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् । तर एलियनहरुले यी सन्देशहरुको हालसम्म कुनै जवाफ फर्काएका छैनन् । एलियन छन् भने मानिसहरुले अन्तरिक्ष पठाएको सन्देशको जवाफ किन दिँदैनन् ? एलियन के हो ? के एलिसन साँच्चै छ ? “उनीहरु कहाँ […]
काठमाडौं । नेपालमा करिब ८० हजार मानिसमा अल्जाइमर्स अर्थात् बिर्सनेरोगको समस्या रहेको चिकित्सकहरुले बताएका छन् । अलजाइमर्स र डिमेन्सिया रोगकाबारेमा जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा नेपालमा अल्जाइमर्सको समस्या दिनानुदिन बढ्दै गएको चिकित्सकहरुले बताए । नेपाल सरकारले अल्जाइमर्स भएका बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गर्ने जनाएपनि हालसम्म ९ जनालेमात्र यो सुविधा लिएको पनि चिकित्सकहरुले […]
सुनसरी । भोक्राहा गाउँपालिका–१ मा शुक्रबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँका ५५ वर्षीय रामवृक्ष मुखिया रहेको प्रहरीले जानकारी दिएको छ। को ३३ प ४२५ नम्बरको मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते मुखियाको शुक्रबार राति ९ बजे उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। यस्तै, हरिनगरा गाउँपालिका–४ हरिनगरा बजारमा मोटरसाइकलले ठक्करबाट १० […]
बाँके । राप्तिसोनारी गाउँपालिका मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्तिसोनारी– ६, मेहमानपुरका ४२ वर्षीय टिकाराम थारु र २४ वर्षीय सुरेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुतिरहेका बेला बिहान करिब ३ बजे हाइ भोल्टेजका कारण करेन्ट लागी उनीहरूको मृत्यु भएको प्रहरी चौकी फत्तेपुर ‘ख’ का इन्चार्ज […]
काठमाडौं । संसदीय दलको नेताको हैसियतले आफूलाई जानकारी नदिई आफ्नै सांसदको प्रस्तावमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन्। नेकपाका सांसद खगराज अधिकारीले २०७५ ७६ का योजना सम्पन्न गर्नुपर्ने भन्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रसतावमाथि बिहीबार प्रतिनिधिसभामा छलफल गराएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ। मन्त्रालयगत […]
काठमाडौं । विश्व सम्पदाको खतराको सूचीमा राख्ने प्रस्ताव खारेज भएको छ। युनेस्कोले बहराइनमा जारी ४२ औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो । भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हुनमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराकोे सूचीमा राख्ने चेतावनी दिएको थियो। हाल सम्पदाहरुको पुननर्निर्माण सन्तोषजनक रहेको जनाउँदै सन् २०१८ देखि खतराको […]
शान्तिपुर्वक भेला हुन पाउने मौलिक हकप्रति अनुदार बन्दै तोकिएका निश्चित स्थानबाहेक अन्यत्र धर्ना र विरोध प्रदर्शन गर्न सरकारले बन्देज लगाएको छ । गृह मन्त्रालयले काठमाडौंका ७, ललितपुरका ६ र भक्तपुरको १ ठाउँलाई विरोध प्रदर्शन स्थल तोकेको छ ।, आजको कान्तिपुरमा यो खबर छ । हिजो तपाईहरुले पनि सबै ठाउँमा विरोध प्रदर्शन गर्नुभयो, अहिले किन त्यही […]
काठमाडौँ । गत बैशाखदेखि हालसम्म प्राकृतिक विपत्तिका ९ सय ६८ घटनामा २ सय ६४ को मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालनका केन्द्रका अनुसार बाढी पहिरो, चट्याङ, आगलागी, लेक लाग्ने, हावाहुरी जस्ता प्राकृतिक विपतका कारण सो क्षति भएको हो । ७५ दिनको यो अवधिमा प्राकृतिक विपत्तिबाट […]
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक बाटो बनाउँदा पहिले जग्गा लिएरमात्र सडक सीमा तोक्न सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की, पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले बाटो विस्ताविरुद्ध सर्वोच्चमा परेको मुद्दामा कसैलाई पनि आवास हकबाट वञ्चित नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । सरकारले सार्वजनिक सडक विस्तार क्रममा मुआब्जा नदिई काम गरेको […]
काठमाडौं । ३० दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारको स्वास्थ्य गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ। उनलाई आईसीयूमा राखिएको छ। कान्तिपुर दैनिकले लेखेको छ– १३वर्षअघि भएको छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै उनी अनशन बसेकी हुन्। ‘उनको स्वास्थ्य गम्भीर भए पनि स्थिर छ’, मस्पतालका निर्देशक डा. भूपेन्द्र थापाले भने। उनका अनुसार गंगामायाको […]