Sajhamanch Archive

टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, टिपर चालकको खोजी कार्य

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, टिपर चालकको खोजी कार्य.

गाईघाट । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घुम्तिमा शनिबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ। मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्। मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको ना १ क ८३४७ नम्बर टिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय बलबहादुर […]

शंकास्पद मृत्युमा पनि पोष्टमोर्टम गर्न परिवारको आनाकानी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शंकास्पद मृत्युमा पनि पोष्टमोर्टम गर्न परिवारको आनाकानी.

फिदिम । पाँचथरको फिदिम नगरपालिका १२ नागिनका २९ वर्षीय बिनोद थुलुङ राई मृत अवस्थामा भेटिएका छन् । शुक्रबार गोठमा आगो लागेर दुईवटा गाई जलेर मरेपछि भौतारिँदै घरबाट बाहिरिएका राईलाई दिउँसो मृत अवस्थामा भेटिएको हो । आगो लागेर गाई मरेपछि घरबाट निस्किएका बिनोदलाई उनकै दाजु सन्तोष राईको घरमा मृत भेटिएको वडाध्यक्ष प्रेमनारायण आचार्यले जानकारी दिए । […]

गोठमा आगलागी, ९ चौपाय जले

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गोठमा आगलागी, ९ चौपाय जले.

विराटनगर । विराटनगर महानगरपालिका–१२ का लखन मण्डल र शिवशंकर मण्डलको गाई वस्तु बाँध्ने गोठमा शनिबार बिहान आगलागी हुँदा नौ चापाय जलेर मरेका छन्। लखनको टिनको छानो भएको गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट बिहान ४ बजे आगो सल्किएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। आगोमा जलेर गोठमा बाँधेका दुईवटा गाई र सातवटा बाख्रा मरेका […]

कर्णालीमा डुंगा पल्टिँदा एकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कर्णालीमा डुंगा पल्टिँदा एकको मृत्यु.

दैलेख । कणाली नदीमा डुंगा पल्टिँदा दैलेखको आठबिस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको छ। राकमबजारमा होटल सन्चालन गर्दै आएका शाहीको शुक्रबार नदीमा डुबेर मुत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। कर्णाली नदीमा माछा लिन गएका बेला डुंगा पल्टिँदा शाही डुबेका थिए। डुंगा पल्टिएलगत्तै स्थानीयहरु उद्धारमा लागे पनि शाहीलाई नदीबाट […]

प्रहरी अधिकृतलाई अब बञ्जीजम्प अनिवार्य

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on प्रहरी अधिकृतलाई अब बञ्जीजम्प अनिवार्य.

चौतारा । रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालिममा पनि अनिवार्य गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९ औं समूहका प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन् । प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प […]

पेट घटाउन चाहनुहुन्छ ?, अपनाउनुस् यी १८ उपाय

Published: (Updated: ) in विविधा by . Leave a Comment on पेट घटाउन चाहनुहुन्छ ?, अपनाउनुस् यी १८ उपाय.

पेट लाग्नु र मोटाउनु अस्वस्थ शरीरको सूचक हो। तर अहिले पनि कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन कुनै रोग होइन तर मोटाउन थालेपछि हाम्रो शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। त्यसमा पनि पेट बढ्नु वा पेटको मोटाइलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेट तथा हर्मोनसम्बन्धी रोगहरूको प्रमुख कारक मानेको छ। हाम्रो […]

हिमपहिरोमा ज्यान गुमाएका नेपाली गाइड र पर्यटकको शव काठमाडौं ल्याइँदैै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हिमपहिरोमा ज्यान गुमाएका नेपाली गाइड र पर्यटकको शव काठमाडौं ल्याइँदैै.

मनाङ । यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथ प्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथ प्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो । थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर […]

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्कुटर दुर्घटनामा एक जनाको मृत्यु.

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ६ घलाते चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । काठमाडौंबाट सूर्यविनायकतर्फ गइरहेको बा ९५ प ३३१८ नम्बरको स्कुटर शनिबार बिहान करिब चार बजेतिर दुर्घटना हुँदा सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ हाल सूर्यविनायक बस्ने २६ वर्षीय रन्जीब लामाको मृत्यु भएको हो […]

पर्यटन प्रवर्द्धन गर्नका लागि धनगढीबाट साइकल यात्रा सुरु

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटन प्रवर्द्धन गर्नका लागि धनगढीबाट साइकल यात्रा सुरु.

धनगढी । पर्यटन प्रवर्द्धन गर्नका लागि धनगढीबाट दुईदिने साइकल यात्रा सुरु भएको छ। युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा शुक्रबारदेखि सुरु भएको हो। शुक्रबार बिहान धनगढी रंगशालादखि सुरु भएको साइकल यात्राकामा चर्चित विश्व साइकल यात्री पुष्कर शाह लगायतको सहभागीतामा रहेको छ। कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको उनीहरूले साइलमै अवलोकन गर्ने छन्। यात्राको […]

प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘आफूलाई नेकपा भन्न लाज लागेको बताए’

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘आफूलाई नेकपा भन्न लाज लागेको बताए’.

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नेकपा भन्न लाज लागेको बताएका छन्। राष्ट्रिय सभा गृहमा भएको विशेष सम्बोधनका क्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्नै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, “नेकपा भन्न लाज हुन्छ। विप्लव समूहले पनि नेकपा हुँ भन्छ, आफूले पनि नेकपा नै भन्नुपरेको छ । बन्दुक, एसएमजी राख्ने, मान्छे […]