Sajhamanch Archive

मेची अस्पतालमा पीसीआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेची अस्पतालमा पीसीआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा.

बिर्तामोड। झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रयोगशाला स्थापना गर्ने स्थानको व्यवस्थापन करिब करिब सकिएको र मेसिन आए परीक्षण शुरु गर्न सकिने अवस्थामा रहेको मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए। अस्पतालमा कोरोना परीक्षणका लागि प्रदेश नं. १ सरकारमार्फत् मेसिन आउनेछ […]

दूधे आयुर्वेदमा नमुना जडिबुटी उद्यान (बगैचा), नगरपालिकाद्वारा अनुगमन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दूधे आयुर्वेदमा नमुना जडिबुटी उद्यान (बगैचा), नगरपालिकाद्वारा अनुगमन.

शिवसताक्षी । पछिल्लो समय आयुर्वेद उपचार पद्धती प्रभावकारी बन्न थालेको छ । कुनै समय आयर्वेद औषधालयहरु मानिसहरु उपचारका लागि नआउने गरेपनि अहिले भने भीड लाग्न थालेको पाएको छ । शिवसताक्षीको दूधे आयुर्वेद औषधालयमा पनि पहिलेको भन्दा अहिले उपचारमा गर्न आउने संख्यामा बृद्धि भएको छ । गएको दुई वर्ष अघिदेखि औषधालयले पञ्चकर्म, थेरापी पद्धती सुरु गरेपछि […]

कटहरिया नगरपालिकामा एकै महिनामा दुई प्रमुख प्रशासकीय अधिकृत निलम्बनः नगरसभा अन्योल

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कटहरिया नगरपालिकामा एकै महिनामा दुई प्रमुख प्रशासकीय अधिकृत निलम्बनः नगरसभा अन्योल.

रौतहट । रोतहट जिल्लाका आठवटा स्थानीय तहले असार बित्नलाग्दा पनि नगरसभा गर्न सकेका छैनन्। असार १० गते स्थानीय तहले गाउँ–नगरसभामा आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । कटहरिया नगरपालिकामा एक महिनाको अवधिमा दुईजना प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगरसभा गर्न अन्योल भएको छ। असार ७ मा तत्कालीन प्रमुख […]

बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाख ९३ हजार

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाख ९३ हजार.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ५३ करोड ५८ लाख ९३ हजार ४ सय ३० रुपैँयाको बजेट सार्वजनिक गरेको छ । गाउँसभा मार्फत नीति तथा कार्यक्रम पारित गर्दै सो बराबरको बजेट तयार गरिएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता भगवती शर्मा न्यौपानेले बताइन्। गाउँपालिका प्रवक्ता न्यौपानेका अनुसार बुद्धशान्तिको साविक शान्तिनगर गाविस क्षेत्रमा टमाटर सस उद्योग […]

शिवसताक्षीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या चार पुग्यो

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या चार पुग्यो.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षीको सतासी प्रा.वि.को क्वारेन्टाइनमा रहेका शिवसताक्षी ६ निवासी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै शिवसताक्षीमा संक्रमितको संख्या चार पुगेको छ । जनस्वास्थ्य प्रयोगशाला विराटनरमा पिसिआर परिक्षणबाट एक जनामा कोरोना पुष्टि भएको क्वारेन्टाइनमा खटिएका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । […]

दलित समुदायलाई आत्मनिर्भर बनाउन लुगा सिलाउने मेसिन वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on दलित समुदायलाई आत्मनिर्भर बनाउन लुगा सिलाउने मेसिन वितरण.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले ७ जना दलित समुदायका मानिसलाई लुगा सिलाउने मेसिन बितरण गरेको छ । वडाका उत्पीडित दलित समुदायका मानिसलाई आत्मनिर्भर बनाउने उद्देश्यले विहीबार लुगा सिलाउने मेसिन वितरण गरिएको हो । वडाले ८७ हजार ५०० बरावरको ७ थान लुगा सिलाउने मेसिन बितरण गरेको वडाध्यक्ष मनोज कार्कीले जानकारी दिए । […]

झापामा कोरोना जित्नेको संख्या उच्चः सवै विरामी सामान्य अवस्थामा

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा कोरोना जित्नेको संख्या उच्चः सवै विरामी सामान्य अवस्थामा.

भद्रपुर । झापामा कोरोना संक्रमितभन्दा रोग जितेर घर फर्कनेको संख्या बढी पाइएको छ । प्रदेश १ कै उच्च कोरोना संक्रमित जिल्लाका रूपमा परिचित झापामा कोरोना जित्नेको दर पनि उच्च हुँदै गएको पाइएको हो । समुदायमा फैलन नपाएको कोरोनाले झापामा अहिलेसम्म कसैको ज्यान समेत गएको छैन । कामका शीलसिलामा विदेशमा पुगेका व्यक्तिहरू उतैबाट संक्रमित भएर घर […]

शिवसताक्षी नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षी नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाहरुलाई सर्वेक्षण गर्दा राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइएको पाएपछि नगरले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको हो । बुधबार नगरमा एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरप्रवक्ता नविन इजमले जानकारी दिए । १६ देखि २३ महिनाका सम्पूर्ण […]

मेचीनगरका चार कोरोना संक्रमितलाई आइसोलेटेड केन्द्र धाइजनमा राखियो

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका चार कोरोना संक्रमितलाई आइसोलेटेड केन्द्र धाइजनमा राखियो.

मेचीनगर । झापाको मेचीनगरमा आज थप ५ जनामा कोरोना भाइरस (कोभिड- १९ ) को संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त पीसीआर परीक्षणको नतिजामा मेचीनगरका चार पुरुष र एक महिलामा कोरोनाको संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । बरालका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा […]

बल्ल आयो मेचीनगरको बजेट, नीति तथा कार्यक्रम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बल्ल आयो मेचीनगरको बजेट, नीति तथा कार्यक्रम.

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । छैटौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस (कोभिड १९)–ले पाररेको प्रभाव र निराकरणका लागि विशेष कार्यक्रम पेश गरिएको छ । आर्थिक समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरीवी निवारण सम्बन्धी नीतिलाई […]