Sajhamanch Archive

भारतबाट आउने सबै नेपालीको ब्यवस्थापन गर्ने मेचीनगर नगरपालिकाको मात्र दायित्व होइनः नगरप्रमुख आचार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on भारतबाट आउने सबै नेपालीको ब्यवस्थापन गर्ने मेचीनगर नगरपालिकाको मात्र दायित्व होइनः नगरप्रमुख आचार्य.

मेचीनगर । नेपालको पूर्वीनाका काँकरभिट्टा मार्ग प्रयोग गर्दै भारतका विभिन्न सहरबाट नेपालीहरु आउने क्रम बढेपछि उनीहरुको क्वारेन्टिन ब्यवस्थापन तथा गन्तब्य तय गर्न मेचीनगर नगरपालिका एक्लै सक्षम नरहेको प्रष्ट पारिएको छ । नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीले आज पत्रकार सम्मेलन गरी नेपाली नागरिक भएको आधारमा मानवीय सहयोग गरिआएकोमा दिनहुँ सयौंको संख्यामा उनीहरुको प्रवेशलाई […]

आजदेखि कनकाईको लकडाउन कडा पारियो

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on आजदेखि कनकाईको लकडाउन कडा पारियो.

कनकाई । कनकाई नगरपालिकामा आज बिहीबारदेखि लकडाउनलाई कडा बनाइएको छ । हिजो बुधबार भएको सर्वपक्षीय छलफलले स्वास्थ्य सेवा बाहेक बजार क्षेत्रका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जोर बिजोर प्रणालीबाट खोलिँदै आएका पसलहरु आजदेखि पूर्णरुपमा बन्द गर्ने सर्वपक्षीय निर्णय गरिएको थियो । जेठ २० सम्मका लागि […]

कोरोनाको कहरले छेकेन चुलाचुलीको विकास निर्माणलाई

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on कोरोनाको कहरले छेकेन चुलाचुलीको विकास निर्माणलाई.

चुलाचुली (इलाम) । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देशैभर विकास निर्माणको कार्य ठप्प भएको बताइए पनि इलामको चुलाचुली गाउँपालिकामा भने खासै प्रभाव परेको छैन । दक्षिणी इलामको चुलाचुलीमा विकास निर्माण कार्यले निरन्तरता पाएको छ । सानामसिना योजना सञ्चालन गर्नुभन्दा ठूला योजना मात्र सञ्चालन गर्ने भनेर पाँचौं गाउँसभाबाट पारित भएका योजनाहरु अहिले लगभग […]

बिर्तामोड जोड्ने सबै बाटो बन्द गर्ने निर्णय, पासविनाका सवारीमा पूर्णतया रोक लगाइयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड जोड्ने सबै बाटो बन्द गर्ने निर्णय, पासविनाका सवारीमा पूर्णतया रोक लगाइयो.

बिर्तामोड । बिर्तामोड नगर कार्यपालिकाले हिजो गरेको सर्वपक्षीय छलफलबाट निस्किएको निश्कर्षलाई आज सार्वजनिक सूचनामार्फत् कार्यान्वयनमा ल्याएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले हस्ताक्षर गरी आज जारी गरिएको अपीलमा अरु स्थानीय तहको भूगोलबाट कसैलाई पनि बिर्तामोडमा प्रवेश नदिइने भनिएको छ । नगर कार्यपालिकाको बुधवार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्दै लकडाउनलाई कडाईपूर्वक पालना गर्न नगरपालिकाले नगरवासीलाई अपील […]

अव्यवस्थित क्वारेन्टिन स्थल र भोजभतेर शैलीको सामुहिक खानपानले कचनकवलमा संक्रमित थपिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on अव्यवस्थित क्वारेन्टिन स्थल र भोजभतेर शैलीको सामुहिक खानपानले कचनकवलमा संक्रमित थपिँदै.

झापा । प्रदेश १ मा आजमात्र १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये झापाको कचनकवलका १५ जना तथा धनकुटा र धरानका १–१ जना रहेका आज बिहान स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी जनाएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ भने झापामा मात्र २७ जना संक्रमित छन् । […]

जेठ ८ गते राति १२ बजेदेखि बिर्तामोडमा अघोषित कफ्र्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on जेठ ८ गते राति १२ बजेदेखि बिर्तामोडमा अघोषित कफ्र्यु.

बिर्तामोड । लकडाउनको समयमा पनि बिर्तामोड नगरक्षेत्रमा मानिसहरुको अत्याधिक भिडभाड बढेको ठहर गर्दै आज नगरपालिकामा भएको सर्वपक्षीय बैठकले यसलाई कडा बनाउनुपर्ने निश्कर्ष निकालेको छ । नगरबासीको समस्यालाई ध्यान दिएर लकडाउन सामान्य खुकुलो बनाइएकोमा सहरमा अनाधिकृत व्यक्ति तथा सवारीको चाप बढेपछि कठोर निर्णय गर्न बाध्य बन्नु परेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिएका छन् । नगरप्रमुख शिवाकोटीका […]

बर्खा सुरु नहुँदै कचनकवलको फूलबारी बस्ती डुवानमा, स्थानीय ससंकित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on बर्खा सुरु नहुँदै कचनकवलको फूलबारी बस्ती डुवानमा, स्थानीय ससंकित.

भद्रपुर । झापाको पूर्वी दक्षिणी कचनकवल गाउँपालिका वडा नं. ५ स्थित साविकको पाठामारी फुलबारी बस्ती नजिकै निर्माणाधिन बाँध तथा झोडा पूलका कारण बर्खा शुरु नहुँदै दर्जनौं घर डुवानमा परेका छन् । तीन वर्ष अगाडि साविक जिल्ला विकास समिति मार्फत निर्माण सम्पन्न गरिएको झिङ खोलाको पूल वारिपारी सडकसँग जोड्न गत वर्षबाट थालिएको बाँध निर्माणले फूलबारी बस्ती […]

झापाको कचनकवल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि ‘सिल’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाको कचनकवल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि ‘सिल’.

कचनकवल । भारतबाट लुकिछिपी नेपाल छिरेका एक युवामा कोरोनाको पिसिआर परीक्षण पोजिटिभ आएको भोलिपल्टै आज नौजना संक्रमित थपिएपछि सिङ्गै कचनकल गाउँपालिका सिलबन्दी गर्ने निर्णय गरिएको छ । झापा क्षेत्र नं. ३ (१)का प्रदेशसभा सदस्य बसन्त बानियाँले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहितको उपस्थितिमा आज सो सम्बन्धी निर्णय गरिएको हो । एकाएक संक्रमितको […]

विपन्न परिवारका लागि राहत कोषमा ग्लोबल आइएमइ बैकको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on विपन्न परिवारका लागि राहत कोषमा ग्लोबल आइएमइ बैकको सहयोग.

बिर्तामोड । बिर्तामोड नगर पालिकाले स्थापना गरेको कोरोना संक्रमण राहत कोषका लागि राहत संकलन जारी रहेको छ । जस अन्तरगत बिर्तामोडस्थित ग्लोबल आइएमइ बैकले एक हजार केजी चामल प्रदान गरेको छ । ४६ हजार मुल्य बराबरको चामल बिर्तामोडका गरिब तथा बिपन्न समुदायका लागि हस्तान्तरण गरिएको पबनकुमार पौडेलले बताए । बिर्तामोड नगरपालिकामा स्थापना भएको कोरोना संक्रमण […]

दमक खानेपानीमा रजत स्तम्भ अनावरण

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दमक खानेपानीमा रजत स्तम्भ अनावरण.

दमक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक २५ वर्ष पुगेको उपलक्षमा आज रजत स्तम्भको अनावरण गरिएको छ । संस्थाको कार्यालय परिसरमा निर्माण गरिएको रजत स्तम्भको एक कार्यक्रमका बीच दमकका नगरप्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशनकुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख ओलीले खानेपानी संस्थाले उपभोक्तालाई बोतलमा […]