हल्दिबारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ७० हजार रुपैयाँ हल्दिबारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा नेकपाले उक्त रकम सहयोग गरेको जनाइएको छ । सो गाउँपालिकामा बसोबास गर्ने अतिविपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा […]
कमल । कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोषमा आईतवारसम्ममा कमल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १९ लाख ६३ हजार रुयैया भन्दा बढी संकलन भएको छ । कोषमा गाउँपालिकाका तर्फबाट छुट्याइएको १० लाख र दाताहरुवाट जम्मा भएको ९ लाख ६३ हजार ६८५रुपैया गरी जम्मा १९ लाख ६३ हजार ६८५ रुपैया जम्मा भएको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका भित्रका दैनिक ज्यालादारी मजदुर र अति विपन्न परिवारको लगत संकलन भएको छ । विश्व व्यापी रुपमा फैलिएरको कोरोना भाइरस (कोभिड १९)का कारण गरिएको लगडाउनले विपन्न परिवारको चुलो बल्न छोडेपछि स्थानीय निकायले विपन्न परिवारको लगत संकलन गरी राहत दिन थालेको छ । शिवसताक्षी नगरपालिकामा राहत पाउन २ हजार १ सय २६ परिवार […]
भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा विदेशबाट आएका मानिसहरुलाई र तिनीहरुको सम्पर्कमा रहेका स्थानीयलाई राख्न बनाइएको यहाँको एक क्वारेन्टाइनमा वाइफाई र टिभीको सुविधा प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाले कलबलगुरीमा स्थापना गरेको क्वारेन्टाइनमा इन्टरनेटको वाइफाइ र टेलिभिजन सुविधा प्रदान गरिएको हो । भद्रपुर नगरपालिकाको सल्लाहमा व्यक्तिका लागि आधारभूत आवश्यकता बनिसकेको इन्टरनेट सुविधा प्रदान […]
मेचीनगर । मेचीगर नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमानहरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरेको छ । प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ को मिति २०७६÷१२÷१९ च.नं १०९८ को “कार्यान्वयन सम्वन्धमा” विषयको पत्रको वुदाँ नं. ३ मा चिया टिपन, संकलन, […]
शिवसताक्षी । विश्व नै आक्रान्त बनाउँदै गएको कोरोना भाइरसको कारण गरिएको लकडाउनले विपन्न परिवारमा चुलो बल्न छोडेपछि स्थानीयतहले विभिन्न राहतका कार्यक्रम ल्याएको छ । शिवसताक्षी नगरपालिकाले कोराना भाइरस प्रकोप रोगथाम कोष स्थापना गरी राहत वितरण गर्न थालिएको जनाएको छ । त्यसै क्रममा शुक्रबार शिवसताक्षी नगरपालिका वडा नं. ११ ले आफ्ना वडाका १७२ विपन्न परिवारलाई राहत […]
हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ गोलधापका २२१ भन्दा बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरिएको लकडाउनको कारण विपन्न परिवारहरुमा अतिआवश्यक खाद्य सामग्रीको अभाव हुन नदिन १ नं. वडा कार्यालयले राहत सामग्री बितरण गरेको हो । वडा नम्बर १ मा रहेका अति विपन्न वर्गका परिवारहरुलाई चामल दाल, नून, तेल, […]
झापा । कोरोनाको प्रकोपबाट प्रभावित हुने अति विपन्न र गरीब मजदूर पारिवारलाई चाँडो राहत पुगोस् भन्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले आज शुक्रबार जिसस कार्यालयमा गएर एक लाख रुपैयाँको चेक जिल्ला […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का १ सय ७५ बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरीएको लकडाउनको कारण अति आवश्यक खाद्य सामग्रीको कमी हुन नदिन ६ नं. वडा कार्यालयले राहत सामग्री बितरण गरेको हो । वडा नम्बर ६ मा रहेका अति विपन्न वर्गका परिवारहरुलाई चामल दाल, नुन, तेल, […]
भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले लक डाउनको समयमा सरकारको निर्देशन पालन गरी सहयोग गर्नु भएका भद्रपुरबासीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुहुँदै यो अवधीलाई निरन्तरता दिन आग्रह गरेका छन् । विपद व्यवस्थापनको बैठकपछि निर्णय जानकारी गराउनु हुँदै नगर प्रमुख श्रेष्ठले राहत प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्वाद ज्ञापन गरी नगरप्रमुख श्रेष्ठले नगरपालिकाको विपद व्यवस्थापन कोषको […]