पहिरो र बाढीलगायत विपद्मा परेर ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैयाँ निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो । त्यसअघि कोषमा २ अर्ब १६ करोड रुपैयाँ थियो । प्रधानमन्त्री कार्यालयका […]
काठमाडौं । उठान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमति (लाइसेन्स) खारेज गरेको छ। प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरका प्रशिक्षक पाइलट जर्ग सेजिसेनम्यानको लाइसेन्स खारेज गरेको नागरिक दैनिकमा समाचार छ। स्वीजरल्याण्डका नागरिक सेजिसेनम्याले घटना लगत्तै नेपाल छाडिसकेका छन्। स्रोतका अनुसार मनाङ एयरको सिफारिसपछि […]
भद्रपुर । झापा कारागारमा जेल जीवन बिताइरहेका एकजना वृद्ध कैदीबन्दीको बुधवार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका-७ निवासी ७२ वर्षीय जीतबहादुर राणामगर भन्ने (भोटांगे) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमा बस्नेतले जानकारी दिए। उनका अनुसार टिभी तथा क्षयरोगबाट ग्रसित राणामगरको उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो। […]
भद्रपुर । भद्रपुर ८ स्थित सिएसई कम्प्युटर प्रशिक्षण केन्द्रले पिछडा वर्ग लक्षित कार्यक्रम अन्र्तगत ४५ दिने कम्प्युटर तालिम सम्पन्न गरेको छ । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय मातहतमा रहेको पिछडा वर्ग उत्थान समिति ज्वागल ललितपुरको आर्थिक सहयोगमा पिछडा वर्गका २६ जना युवायुवतीलाई निःशुल्क रूपमा ४५ दिने तालिम दिएको हो । सिएसई कम्प्युटर प्रशिक्षण केन्द्र […]
काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (ने क पा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सुन तस्करविरुद्ध कडा देखिएका छन् । राजनीतिक संरक्षणका आधारमा सुन तस्करहरु उम्किन्छन् कि भन्ने शंका उब्जिरहेका बेला ओलीको कठोर अभिव्यक्ति आएको हो । तस्करीमा संलग्न भएको अभियोगमा केही राजनीति व्यक्ति र राजनीतिक दल निकट व्यापारीहरु पछिल्लो समय पक्राउ परिरहेका छन् […]
बर्दिबास । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान र ४५ […]
बिर्तामोड । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विगत १० वर्षदेखि कनकाई आदर्श क्याम्पस बिर्तामोडमा सञ्चालन गर्दै आएको स्नातक तहको परीक्षा केन्द्र यसवर्ष परिवर्तन गरेको छ । तीन वर्षे स्नातक तहअन्तरगत असार १५ गतेदेखि हुने दोस्रो वर्षको लागि परीक्षा केन्द्र घटाउने क्रममा कनकाई आदर्श क्याम्पस बिर्तामोडको केन्द्र पनि हटेको हो । सो केन्द्रबाट विगत वर्षहरुमा परीक्षा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आज हनुमान ढोकास्थित गद्धी बैठक भवन पुनःनिर्माण उद््घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सो भवनको पुनःनिर्माण रेक्ट्रो फिटिङका लागि सहयोग गरेकोमा अमेरिकी राजदूताबासमार्फत् अमेरिकी सरकारलाई आभार पनि प्रकट गरेका छन् । हनुमान […]
कमल । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले सडकमा दुर्घटना बढेसँगै राजमार्गमा सवारी चेकजाँचलाई तिव्रता दिएको छ । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कमल गाउँपालिका ३ स्थित शहिद गेटमा र्याडर गन प्रयोग गरी सवारीको गति मापन गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । सडकमा अत्याधिक गतिका कारण धेरै दुर्घटना हुने गरेकोले त्यसलाई न्युनिकरण गर्न र्याडर […]
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डितले मन्त्रालयको प्राथमिकता समृद्ध नेपाल र सुखी नेपाली रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै पण्डितले उक्त लक्ष्याई हासिल गर्न बजेट दिगो विकास व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाहमा बजेट केन्द्रीत भएको बताए। कर्मचारी संयन्त्रमा रहेको ढिलासुस्तिले प्रशासन संयन्त्रमा प्रभावकारी रुपमा काम हुन […]