काठमाडौं । सरकारले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरूलाई अनुदान दिने घोषणा गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरूलाई अनुदान दिने घोषणा गरेका हुन्। उनले जैविक खेतीको उत्थानका लागि विषादी नियन्त्रण गर्न आवश्यक योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। मन्त्री खनालले विभिन्न मुलुकबाट नेपालमा आयात भइरहेको मलको गुणस्तर […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुले आगामी आर्थिक वर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिएका छन् । बुधबार सिंहरदरबारमा आयोजित आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्य योजनाको प्रस्तुतीकरण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरुले मन्त्रालयगत कार्ययोजना प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् । गृह, भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिंचाइ […]
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने षड्यन्त्र भइरहेको तर त्यो अब सम्भव नरहेको बताएका छन्। बुधबार नयाँ बसपार्क गोगंबुमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्योलता, चुनौती र समाधान ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले यस्तो बताएका हुन् । उनले अझै सिन्डिकेट फर्काउने प्रयास भइरहेको भन्दै त्यो प्रयास पूरा नहुने बताएका हुन्। ‘अहिले […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले पार्टीको नियमावलीलाई पारित गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टी एकतापछि अन्तरिम विधानबमोजिम बनेको नियमावली पारित गरेको हो । बैठकले पार्टीको अभिन्न अंगको रुपमा रहेको नियामावलीलाई अनुमोदन गरेर प्रकासन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नियमावलीलाई अन्तिम रुप दिन पार्टीको […]
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय लिन पनि आफ्नो मन्त्रालय र सचिवलाई सचेत गराए। मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको तर्क गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो तर्क पेश गरेका हुन् । “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भनेका छन्, “पार्टीले निर्वाचनमा उठाएका […]
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तीन दिन लामो बैठक सकियो । तर, कुनै निर्णय भएन । बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा ११ वटा कार्यसूचीमा सबै सदस्यले पालैपालो आफ्ना धारणा राखेका थिए । अन्तिम दिन शनिबार अध्यक्षमण्डलका छजना सदस्यले पनि आआफ्नो कुरा राखे । अध्यक्षमण्डलका सदस्यहरूले एक घण्टाभन्दा बढी लामो धारणा राखेका थिए […]
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्। उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने योजना पनि अघि सारे। उनले संविधान सम्झौताको दस्ताबेज भएकाले त्यसमा स्वभाविकै रुपमा केही पक्षको असन्तुष्टि हुने उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर जान सबै दलहरुलाई […]
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी असोज ३ गते भित्र मौलिक हकसम्बन्धि सबै कानुन लागू गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री तामाङले संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गते भित्र संविधान कार्यान्वयनसम्बन्धि सबै कानुन निर्माण गर्न सरकार केन्द्रित भएको पनि स्पष्ट पारे। काठमाडौंमा आयोजित सबै प्रदेशसभाका सांसदहरुको कानुन निर्माणसम्बन्धि क्षमता अभिवृद्धि […]
काठमाडौं। सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा सडक, चालक वा अरुलाई दोष दिएर पन्छिनेभन्दा यसलाई रोक्न नीतिगत र व्यवहारिक रूपमै विशेष कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन्। सभामुख महराले जोखिमपूर्ण निर्माणमा खटिने मजदुरको सुरक्षाका लागि प्राविधिक तथा नीतिगत कार्य गर्नुका साथै उनीहरूको जीवन बिमासमेत गर्नेतर्फ आवश्यक कदम चाल्न सरकारलाई विशेष आग्रह गरेका छन्। शक्रबार ट्रिपर दुर्घटनामा […]