झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३२औँ कार्यालय झापा बजारमा सुरु गरेको छ । झापा गाउँपालिका वडा नं. २, झापाबजारमा स्थापित सम्पर्क कार्यालयको समुद्घाटन झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले आइतबार गरिदिएका हुन् । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका गाउँपालिकाका अध्यक्ष साहले विगतमा गाउँमा साहुमहाजनको चर्काे ब्याजमा ऋण लिएर किसानहरु मारमा परेको […]
कमल । झापाको कमल गाउँपालिका ३ स्थित नौलो विहानी कृषि सहकारी सस्थाले सस्थामा कारोवार गर्ने उत्कृष्ट सदस्यलाई पुरस्कृत गर्दै आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको आवधिक बचततर्फ सुवर्ण डाँगी, धन माया फ्याक, सलिना श्रेष्ठ, स्वस्तिका खनाललाई कार्यक्रमका प्रमुख अतिथि धिरेन लावतीले पुरस्कृत गरेका छन् । त्यसैगरी असल ऋणीतर्फ पुरस्कृत हुनेमा मुना लिम्बु, […]
बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कै एकमात्र उपभोक्ता सहकारी संस्था भएकाले विराट–अर्जुनका अघिल्तिर अथाह अवसर रहेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताएका छन् । उपभोक्ता सहकारीको व्यानरमा स्थापित भएका जिल्लाका अधिकांश सहकारी संस्थाहरु या त निस्क्रिय छन् वा त सानो आकारमा सञ्चालनमा रहेको अवस्थामा विराट–अर्जुनलाई भूगोलसमेतले साथ दिएकाले उसका अगाडि अवसरका चाङ रहेको […]
बिर्तामोड । एक नम्बर प्रदेशसभाका सांसद एकराज कार्कीले मुलुकभरका ७६१ वटा सरकारलाई सहकारी ऐन बनाउने अधिकार भए पनि तीनवटै तहका सरकारबीच समन्वय गरेर एकापसमा नबाझिने किसिमको ऐन बनाउनु पर्नेमा जोड दिएका छन् । बिर्तामोड नगरपालिका ३ सैनिकमोडमा मुख्य कार्यालय रहेको बिराट बहुउद्देश्यीय सहकारी संस्थाको आज आयोजित १३औं वार्षिक साधारणसभा तथा विराट सहकारी भवनको शिलान्यास पछि […]
बिर्तामोड । झापाका सहकारी संस्थाहरु बिस्तारै शेयर सदस्यहरुको अभिभावकत्व ग्रहण गर्न अग्रसर हुन थालेका छन् । सहकारी संस्थाहरुले वित्तीय कारोबारलाई प्राथमिकता दिँदै आएको पृष्ठभूमिलाई नियाल्दा अहिले बिस्तारै सदस्यको सेवा तथा सुविधा एवम् सामाजिक अभियानमा अग्रसरता देखाउने गरेको पाइएको छ । यस्तै अग्रसरता देखाउँदै बिर्तामोड नगरपालिका ३, सैनिकमोडमा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले […]
कमल । कमल गाउँपालिका ३ स्थित श्री नवोदय वहुदेश्यीय सहकारी संस्थाले बुधबार उद्यमशिल महिलाहरु बीच अन्तरक्रिया गरेको छ । गाउँमा विभिन्न उद्यम सन्चालन गरेर बसेका महिलाहरुलाई उनिहरुको क्षमता वृद्धि गर्दै थप व्यवसायिक बनाउने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरेको संस्थाका अध्यक्ष दिलिप कुमार चापागाईले जानकारी दिए । महिलाहरु अहिले एकल रुपमा ढाकाका सारी, चौवन्दी, टोपी, कुर्था, सल, […]
दूधे । शिवसताक्षीको दूधेमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले तीन दिने मौरी पालन सम्बन्धी तालिमको उद्घाटन गरेको छ । दूधे स्थित भूतपूर्व सैनिक संघ नेपालको भवनमा सोमबार सहकारीले तालिमको उद्घाटन गरेको हो । सहकारीले नयाँ मौरी पालक कृषकहरुको लागि तालिमको आयोजना गरेको जनाएको छ । तालिमको नेपाल मौरीपालक महासंघ केन्द्रिय उपाध्यक्ष तथा संस्थाकी व्यवस्थापक […]
बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाले शेयर पूँजी र निक्षेपमा वृद्धि गर्दै सदस्यहरुलाई विविध सेवा, सुविधा प्रदान गर्ने निर्णय गरेको छ । संस्थामा गरिएको शेयर लगानीको आधारमा एक लाख ५० हजार रुपैयाँको दूर्घटना बीमाको सुविधा प्रदान गर्ने, कर्जा लिएको सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँ मिनाहा गरिदिने, सतासी डिपार्टमेन्टमा सामान […]
बिर्तामोड । बिर्तामोडको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले अघिल्लो वर्षको तुलनामा ऋण लगानी २५ दशमलव ७२ प्रतिशतले र निक्षेप संकलन २० प्रतिशतले बृद्धि गरेको छ । चालु आर्थिक वर्षमा ऋण लगानी ४० प्रतिशतले बृद्धि गरी १० करोड ५९ लाख रुपैयाँ हाराहारी पुर्याउने तथा बचतमा पनि ४० प्रतिशतले बृद्धि गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले साधारणसभामा […]
चारआली । आर्थिक वर्ष २०७५/०७६ लाई बचत वर्षको रुपमा अघि बढाउने निर्णय गर्दै चारआली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर १३ को सातौं वार्षिक साधारणसभा असोज ६ गते सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभामा संस्थाले हालसम्म गरेका कामको उपलब्धी साथै आगमी वर्षका लागि प्रस्तावित कार्ययोजनामाथि विशेष छलफल गरी पारित गरिएको छ । “सक्षम, […]