Sajhamanch Archive

हल्दिबारीको मंगलबारेमा हाम्रो नेपाल

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on हल्दिबारीको मंगलबारेमा हाम्रो नेपाल.

हल्दिबारी । जिल्लाका १० उत्कृष्ट सहकारीभित्र पर्ने हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं शाखा आजदेखि हल्दिबारी गाउँपालिकाको मंगलबारेमा सुरुवात गरेको छ । हल्दिबारी गाउँपालिका वडा नं. ४ को मंगलबारे बजारमा संस्थाको शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन तथा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन […]

सहकारीमा साधारणसभाको सिजन शुरु, भद्रपुरको साना किसान सहकारी यो वर्ष पहिलो

Published: in सहकारी by . Leave a Comment on सहकारीमा साधारणसभाको सिजन शुरु, भद्रपुरको साना किसान सहकारी यो वर्ष पहिलो.

भद्रपुर । नयाँ सहकारी ऐनअनुसार आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सहकारी संघ–संस्थाहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ । सोहीअनुसार नयाँ आर्थिक वर्षको सुरुवातसँगै सहकारी संस्थाहरुमा साधारणसभाको माहोल शुरु भएको छ । साविक चन्द्रगढी गाविसलाई कार्यक्षेत्र बनाई २०७२ सालमा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्था भद्रपुर १० ले आफ्नो तेस्रो साधारणसभा साउन २७ गते […]

सचेतनाका लागि एनएमसी शिवगञ्जले गर्यो बजार सरसफाई

Published: in सहकारी by . Leave a Comment on सचेतनाका लागि एनएमसी शिवगञ्जले गर्यो बजार सरसफाई.

शिवगञ्ज । आफ्नो संस्थाका शेयर सदस्यहरुलाई स्वास्थ्य तथा वातावरणीय चेतना जागृत गराउने उद्देश्यले एनएमसी शिवगञ्जले सोमबार शिवगञ्ज बजार सरसफार्इ गरेको छ । आफ्नो कार्यालय परिसरदेखि आसपास सरसफाई गरी छरछिमेकीलाई पनि सरसफार्इ सम्बन्धी सचेतना प्रदान गरिएको संस्थाका प्रदीप लम्सालले जानकारी दिएका छन् । दूधे कार्यालयगत समितिका सदस्यहरु, शिवगञ्ज कार्यालय अन्तर्गतका इकार्इ समितिहरु एवम् शिवगञ्ज कार्यालयका कर्मचारीहरुको […]

हल्दिबारीमा चिया सहकारीका सदस्यलाई तालिम

Published: in सहकारी by . Leave a Comment on हल्दिबारीमा चिया सहकारीका सदस्यलाई तालिम.

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको साना किसान चिया उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई हरियो चियापत्ती व्यवस्थापन सम्बन्धी आज शनिबार तालिम प्रदान गरेको छ । संस्थाका सञ्चालक सदस्य तथा हरियो चियापत्ती व्यवस्थापन समितिका संयोजक शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको सदस्य शिक्षा तालिमको सहजीकरण चिया तथा कफी विकास बोर्डका चिया प्राविधिक नविन […]

खुट्टीडाँगीमा थपियो एनएमसीको कार्यालय

Published: in सहकारी by . Leave a Comment on खुट्टीडाँगीमा थपियो एनएमसीको कार्यालय.

मेचीनगर । एनएमसीले आजदेखि मेचीनगर ९ खुट्टीडाँगीमा आफ्नो नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । यस आर्थिक वर्षभित्र जिल्लाका ४० स्थानबाट आफ्ना सदस्यहरुलाई सुलभ सेवा प्रदान गर्ने लक्ष्य लिएको एनएमसीले सेवा केन्द्र तथा सम्पर्क कार्यालय विस्तारलाई तिब्रता दिएको हो । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले रिबन काटेर सम्पर्क कार्यालयको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन […]

एनएमसीमा सदस्य शिक्षा कार्यक्रम अभियान सुरु

Published: in सहकारी by . Leave a Comment on एनएमसीमा सदस्य शिक्षा कार्यक्रम अभियान सुरु.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आर्थिक वर्ष २०७५/०७६ का लागि सदस्य केन्द्रित सदस्य शिक्षा तालिम सुरु गरेको छ । आफ्ना सदस्यलाई वित्तीय साक्षरताका साथै संस्था अन्तर्गतका नीति तथा कार्यविधि, राहतलगायतका कुरामा सहजीकरण गर्ने उद्देश्यले अभियानका रुपमा सञ्चालन गर्दै आएको सदस्य शिक्षा कार्यक्रम यसवर्ष पनि संस्थाले सुरु गरेको हो । यसैक्रममा आज शनिश्चरे […]

वरपीपल सहकारीले गर्यो २१ लाई सम्मान

Published: in सहकारी by . Leave a Comment on वरपीपल सहकारीले गर्यो २१ लाई सम्मान.

बुधबारे । वरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आप्mनो १३औं वार्षिकोत्सवको अवसर पारेर २१ जनालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा विगतका दिनमा संस्थाका विभिन्न समितिमा जिम्मेवारी वहन गरेका उनीहरुलाई वार्षिकोत्सवको अवसर पारेर सम्मान गरिएको हो । संस्थाका सदस्य अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष छत्र कार्कीले स्वागत […]

चारपानेमा एनएमसीको अर्को कार्यालय थपियो

Published: in सहकारी by . Leave a Comment on चारपानेमा एनएमसीको अर्को कार्यालय थपियो.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आजदेखि चारपानेमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ । आज बिहान कार्यालयको औपचारिक उद्घाटन गरेको हो । २०५० सालमा स्थापित एनएमसीले आफ्नो रजत वर्ष मनाउने क्रममा शाखा बिस्तारलाई तीब्रता दिइरहेको छ । दुई दिनअघि गरामनीमा शाखा उद्घाटन गरेको एनएमसीले चारपानेमा पनि शाखा खोलेको हो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर […]

‘अभियान अब नियमनकारी भूमिकामा रुपान्तरित हुनुपर्छ’

Published: in अन्तर्वार्ता, सहकारी, by . Leave a Comment on ‘अभियान अब नियमनकारी भूमिकामा रुपान्तरित हुनुपर्छ’.

जिल्ला सहकारी संघ झापाले स्थानीय तहलाई सहकारी ऐन हस्तान्तरण गरेर ऐन बनाउन सहजीकरण गरिरहेको छ । यस्तो सहजीकरणलाई स्थानीय तहका जनप्रतिनिधिले कसरी लिएका छन् ? सहकारीको प्रवद्र्धन, व्यवस्थापन र नियमनका लागि नेपालका तीन तहकै सरकारको साझा अधिकार क्षेत्र भित्र सहकारी परेको छ । स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भैसकेको तर आफ्नो अधिकार क्षेत्रमा परेका सहकारी […]

एनएमसीको २४औं कार्यालय गरामनीमा, चारपानेमा पर्सीदेखि

Published: in सहकारी by . Leave a Comment on एनएमसीको २४औं कार्यालय गरामनीमा, चारपानेमा पर्सीदेखि.

बिर्तामोड । झापाको मेचीनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रही जिल्लाभर कार्यक्षेत्रको स्वीकृति प्राप्त गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आजदेखि आफ्नो २४औं कार्यालय गरामनीमा सञ्चालन गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ७ गरामनी बजारमा स्थापित सम्पर्क कार्यालयको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले रिवन काटेर उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि मन्तब्य राख्ने […]