काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन् । गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताएका हुन् । “हाम्रो […]
विर्तामोड । सूर्याेदय टेलिभिजनले आयोजना गरेको ‘एक्सपर्ट सूर्याेदय क्वीज सिजन ३’को उपाधि विरेन्द्र नमुना क्याम्पस झापा चन्द्रगढीले जितेको छ । प्रतियोगिताको फाइनलमा सहभागी तीनवटा नीजि विद्यालयलाई पछि पार्दै सामुदायिक क्याम्पस चन्द्रगढीले उपाधि जितेको हो । जीतसँगै क्याम्पसले नगद ५० हजार रुपैयाँ, ब्रोडलिङ्गकातर्फबाट २० हजार रुपैयाँ बराबरको उपकरण सहितको १ वर्षका लागि निःशुल्क इन्टरनेट सेवा सहित […]
भद्रपुर । धान उत्पादनमा नेपाललाई आफैँ आत्मनिर्भर बनाउन सरकारले झापाको बनियानीमा धान सुपर जोन परियोजना गठन गर्दा बनियानी क्षेत्रमा दुई बाली धान फल्ला भन्ने विश्वास कमै व्यक्तिमा थियो । आकाशे खेतीमा भर पर्ने गरेका स्थानीयलाई हिउँद, वर्षा, खडेरी, डुवान भनी मौसमी भरको खेती अब बाह्रै महिना हुने अवस्था आएपछि विगत सपना जस्तै हुन पुगेको छ […]
काठमाडौं। नेपालमा पहिलोपटक श्रीमद् भागवत विद्यालय निर्माण गरिने भएको छ । विद्यालय निर्माणका लागि शनिबारदेखि काठमाडौंको शंखमूलमा श्रीमद् भागवत कथा प्रारम्भ गरिएको छ । कथावाचनको शुभारम्भ गर्दै प्रदेश नम्बर–३ का सांसद गणेशप्रसाद दुलालले आध्यामिक चिन्तनबाटै मुलुकमा शान्ति र अमनचयन कायम गर्न सकिने विश्वास व्यक्त गरे । त्यसअघि, विश्वशान्तिको कामना गर्दे कलशयात्रा निकालिएको थियो । संकलित […]
झापा। आज बिहान मोरङको कानेपोखरीमा भएको सवारी दूर्घटनामा परेर अर्जुनधारा नगरपालिका १ खुदुनाबारीस्थित गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक रामकुमार आछामीसहित दुई जनाको ज्यान गएको छ । सात जना घाइते भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनर र काठमाडौंबाट झापा आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुवाहक टाटासुमो बिहान […]
कपिलवस्तु । शिवराज नगरपालिका वडा नं। ४ चनईमा शनिबार बिहान एक थान कटुवा पेस्तोल र एक थान म्यागजिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रिजवान मुसलमान रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो । विशेष सुराकीका आधारमा रिजवानको घरबाट हतियार बरामद गरिएको प्रहरी निरीक्षक उपाध्यायले बताउनु […]
काठमाडौं । लगानी सम्मेलनमा नेपालले पूर्व–पश्चिम विद्युतीय रेल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बनाउनुपर्ने सर्त अगाडि सारेको छ । आगामी साता हुन लागेको ‘नेपाल लगानी सम्मेलन–२०१९’ मा लगानी बोर्डले पूर्व–पश्चिम विद्युतीय रेलको मोडल पीपीपी हुनेगरी सर्त तयार गरेको छ । उक्त आयोजना निर्माणमा चासो देखाउने विदेशी लगानीकर्ताका लागि पहिलो शर्त यसको निर्माण मोडल राखिएको हो […]
भोजपुर । भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छ । भोजपुरबाट धरान जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई अरुण गाउँपालिका वडा नं ६ जरायोटारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनाअघि विहान ९ […]
धनगढी । सुत्केरी महिलाको ज्यान गएपछि धनगढीस्थित सेती अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको लापर्वाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारले अस्पतालमा घेराउ र नारावाजी गरिरहेका छन् । पीडितहरुको आक्रोशले अस्पतालमा तनाव बढ्दै गएपछि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका जुगेडा सीगाउँकी २० वर्षीया रेखा थापाको […]
काठमाडौं । बैदेशिक रोजगार विभाग काठमाडौंका नायब सुब्बब रामकुमार फुयाँल ६० हजार घुस लिदै गर्दा रंगेहात पक्राउ परेका छन्। फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आगोगका पदाधिकारीले उनलाई […]