काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ५ हजार १ सय २५ एम्पुलसहित लागुऔषध गिरोहका नाइकेसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर–१५ घर भई काठमाडौं–२ बस्दै आएका ४५ वर्षीय अरुण थापा र भोजपुरको षडानन्द–११ का २४ वर्षीय अम्बरबहादुर राई रहेका छन् । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको ब्युरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । […]
उदयपुर। धरान–चतरा–हेटौंडा सडक योजना कालोपत्रे गर्ने काम प्रभावित भएको छ । योजनाको पूर्वी खण्डअन्र्तगत सिन्धुलीको भिमानदेखि उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित वीरेन्द्र चोकसम्मको अधिकांश भागमा कालेपत्रे गर्ने तयारी भए पनि टेवा पर्खाल नहुँदा काम प्रभावित भएको हो । पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा सडक निर्माण जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले करिब दुई वर्षयता गरिरहेको छ । यो खण्डमा […]
इलाम । इलामको उत्तरी क्षेत्रमा यातायात सुविधाको पुगेपनि सवारी साधन संचालन हुन नसक्दा घोडामा भारी बोक्नुपर्ने बाध्यता छ। उत्तरी क्षेत्रमा संचालन हुन २० वर्ष पुराना गाडी कुदन सरकारले रोक लगाएपछि विकल्पको रुपमा घोडा प्रयोगमा आएका हुन्। ट्रयाकमात्र खोलेर छोडिएको सडकमा ल्यान्डरोभर गाडी बाहेकका अन्य सवारी साधन संचालन हुन नसक्दा सामाग्री ढुवानीमा समस्या हुने गरेको स्थानियको भनाइ […]
बुटवल । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको जोसुकैको सम्पत्ति राष्टियकरण गर्न सरकारसंग माग गरेको छ । अभियानले नेता, कर्मचारी, न्यायाधीश, वकिल, प्रशासक सबैको स्रोत नखुलेको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिन मेची महाकाली अभियान शुरु गरेको छ । अभियान मंगलबार नवलपरासी हुंदै बुटवल आइपुगेको छ । अभियानले मिलनचोक सडकमै पत्रकार सम्मेलन गरी जीवनमा कुनै […]
प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरैले आठ कक्षा मात्रै पढेको भनेर खिल्ली उडाउँछन् । तर प्रधानमन्त्री ओलीले अहिलेसम्म तीनपटक विद्यावारिधिको उपाधी पाइसक्नुभएको छ ! सामान्यतया विश्वविद्यालयको अन्तिम खुड्किलोमा कुनै महत्वपूर्ण विषयमा अध्ययन सकेपछि विद्यावारिधि अर्थात पीएचडीको उपाधि पाइन्छ । तर समाजमा महत्वपूर्ण योगदान पुर्याने विशिष्ट व्यक्तिहरुलाई पनि विश्वविद्यालयहरुले मानार्थ पीएचडीको उपाधि दिने प्रचलन छ । प्रधानमन्त्री […]
उदयपुर । गर्मीको मौसम, त्यसमाथि तातो घाम। क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाइ निकै कष्टकर थियो। त्यहीबीचदेखिए चर्चित कलाकार मनोज गजुरेल। कलाकार गजुरेल जिल्ला कारागारभित्र किन पुगे? जो कसैको मनमा पनि प्रश्न उठ्न सक्छ तर, गजुरले कुनै पनि अपराध गरेर कैदी भुक्तानी गर्न भने गएका होइन। मंगलबार कैदीबन्दीको मानवाधिकार प्रवर्धन गर्ने उद्देश्यका साथ हास्यव्यंग्य कार्यक्रम […]
बुटवल । रुपन्देहीका खोला र नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका भारत उत्तर प्रदेशका प्रशान्त शुक्लाको अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका–३, हात्तिडाँडा स्थित रोहणी नदिमा पौडी खोल्ने क्रममा स्थानीय १४ बर्षीया सुनिता श्रीसको डुबेर मृत्यु भएको छ । यस्तै […]
धुलावारी । विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका झापा मेचीनगर—९ का एक युवाले व्यवसायिकरुपमा तीनतले खेती शुरु गरेका छन् । कृषि कर्मबाटै उनले मनग्य आम्दानी मात्र गरिरहेका छैनन् अन्यलाई रोजगार समेत दिएका छन् । मेचीनगरमै पहिलो हाइटेक (उच्च प्रविधियुक्त) नर्सरी शुरु गरेका स्थानीय डिल्लीराज उप्रेतीले १२ कठ्ठा जग्गामा मेवा, कागती र सयपत्री फूलको व्यवसायिक तीनतले […]
काठमाडौं । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धी अराजकता फैंल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । कार्यबहाक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गर्नुभयो । सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर […]
बिर्तामोड । आदर्श नवयुवा क्लव र कालीमाता मन्दिर बिर्तामोड ९ ले कृषकहरुको भूमिका तथा समुदायको सुरक्षाका लागि प्रहरीको आवश्यकताका विषयमा शनिबार अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रियामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले वर्तमान समयमा सबै परिवारले विषादी मिसिएको खाद्यबस्तुहरु सेवन गरिरहेकाले क्यासरजस्तो जटिल रोग लाग्न थालेको बताए । यस्तो […]