Sajhamanch Archive

हार्डवेयरमा सुरक्षा गार्डको हत्या 

Published: (Updated: ) in समाज by . Leave a Comment on हार्डवेयरमा सुरक्षा गार्डको हत्या .

मोरङ  । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिको हत्या भएको छ । उहाँकाे शव आँखा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका अनुमानित ५० वर्षीय टंक भट्टराईको आँखा फुटाएको र शरिरमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।    

नेपालमै नौलो प्रयोग, बोतलबाट घर निर्माण

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on नेपालमै नौलो प्रयोग, बोतलबाट घर निर्माण.

दूधे । झापाको दमक २, खरखरेमा नेपाल मै नौलो किसिमको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बोतल हाउसको नाम दिई बोतलबाट बनाइएको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । घर हेर्न दिनहुँ मानिसहरुको भिड लाग्ने गरेको छ । घरको वाल तथा पिल्लरहरुमा वाइन, वियर, स्प्राइट लगायतको बोतल प्रयोग गरेर आर्कषक डिजाइनमा घर […]

युवा युवतीमा बढ्दैछ अष्ट्रेलिया मोह

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on युवा युवतीमा बढ्दैछ अष्ट्रेलिया मोह.

भद्रपुर । राहदानी लिन जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस लिन आउने अधिकांश युवा युवती अष्ट्रेलिया जाने लक्ष्य लिएर आउने गरेका छन् । पढाइको बाहनामा सुविधा सम्पन्न देश पस्न चाहने अधिकांश युवा पुस्ता सेवाग्राही बनेर जिल्ला प्रशासनमा राहदानीको सिफारिस लिन आँउदा अष्ट्रेलिया अध्ययन भन्ने गरेका छन् । चालु आर्थिक वर्षको साउन अन्तिम सातासम्म दु्रत सेवामा मात्र […]

आज नाग पञ्चमी, किन टाँसिन्छ ढोकामा नाग

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on आज नाग पञ्चमी, किन टाँसिन्छ ढोकामा नाग.

साउन(श्रावण)को शुक्लपक्षको पञ्चमी नागपञ्चमीका नामले परिचित छ। यो दिन प्रत्येकले आफू बस्ने घरको ढोकामा नागको चित्र टाँसेर पूजा गर्छन्। आखिर किन टाँसिन्छ त ढोकामा नागको चित्र? प्रत्येक गृहस्थाश्रमीले आफ्नो गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना […]

फेरी डुव्यो राजधानी, यसरी उर्लियो बागमती

Published: (Updated: ) in समाज by . Leave a Comment on फेरी डुव्यो राजधानी, यसरी उर्लियो बागमती.

काठमाडौं । मंगलबार रातिको भीषण वर्षाका कारण बाग्मती नदीमा आएको बाढीले काठमाडौंको तीनकुनेको नदी किनार क्षेत्र डुबानमा परेको छ । बाढीका कारण तीनकुनेको सुकुम्बासी क्षेत्रका ३०० घर डुबानमा परेको तीनकुने प्रहरी वृत्तले जानकारी दिएको छ । ५६ जनाको बाढीबाट उद्धार गरिएको र कुनै मानवीय क्षति नभएको तीनकुने प्रहरी वृत्तका सई सुधन खड्काले बताए ।  बाग्मतीमा यस […]

काशीलालको स्मृतिमा क्याम्पसमा अक्षयकोष स्थापना

Published: in समाज by . Leave a Comment on काशीलालको स्मृतिमा क्याम्पसमा अक्षयकोष स्थापना.

बिर्तामोड । बिर्तामोडका पुराना बासिन्दा सामाजिक तथा राजनीतिक व्यक्ति स्व. काशीलाल चौधरीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको छ । अनारमनी पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोषको स्थापना गरिएको हो । वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल र श्रीमती मिना पोखरेलले स्वर्गीय आमा कृष्णकुमारी पोखरेलको पुण्य तिथिमा अक्षयकोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । […]

लाइसेन्स परीक्षामा ५९५ जना डाक्टर फेल

Published: in समाज by . Leave a Comment on लाइसेन्स परीक्षामा ५९५ जना डाक्टर फेल.

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन्। ७८४ जना एमबिबिएस पास गरेका चिकित्सकको लाइसेन्सको लागि लिएको परीक्षामा जम्मा १८९ ले मात्र लाइसेन्स परीक्षा पास गरेका काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले बताए। एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा यति धेरै फेल भएको सम्भवत यो नै पहिलो […]

कनकाई सोलुखुम्बु क्षेत्रको बाटो कालोपत्रे

Published: (Updated: ) in समाज by . Leave a Comment on कनकाई सोलुखुम्बु क्षेत्रको बाटो कालोपत्रे.

कनकाई । कनकाई नगरपालिका क्षेत्रकै सोलुखुम्बु नामले परिचित कनकाई नगरपालिका ४ इलुवावारी त्रिवेणीको बाटो कालोपत्रे भएपछि स्थानीय उत्साहित बनेका छन् । शनिबार प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वडाध्यक्ष गोविन्द्रप्रसाद पौडेलले निर्माण कार्य सकिएको कालोपत्रे सडकको उद्घाटन गरे । माइखोलाहुँदै पुर्व पश्चिम राजमार्ग चोक, सुरुङ्गा चोक जोड्ने मध्ये ३ सय ९० मिटर […]

लक्ष्मण ढकाल पुरस्कृत हुँदै

Published: in समाज by . Leave a Comment on लक्ष्मण ढकाल पुरस्कृत हुँदै.

इलाम । यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीद्वारा प्रदान गरिँदै आएको पुरस्कारका लागि छनौट समितिको सिफारिस अनुसार गुठीले पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक ढकालको नाम अनुमोदन गरेको हो । आउँदो भदौ १६ गते झापाको बिर्तामोडमा पुरस्कार वितरण गरिने गुठीका अध्यक्ष तोयनाथ […]

७० वर्षीय बृद्धद्वारा बालिका बलात्कृत

Published: (Updated: ) in समाज by . Leave a Comment on ७० वर्षीय बृद्धद्वारा बालिका बलात्कृत.

अर्जुनधारा । एक सातामा अर्जुनधारा नगरपालिकामा दुईवटा बलात्कारका घटना भएका छन । चार वर्षीया बालिका बलात्कृत भएको एक साता नबित्दै शुक्रबार ७० वर्षीय एक बृद्धले नौ वर्षीया बालिकालाई कुखुराको खोरमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । आमाले सानोमा नै छाडेर अर्कैसँग गएको र बाबुले पनि अर्को महिलासँग विवाह गरेकाले ती बालिका हजुरआमासँग बस्दै […]