Sajhamanch Archive

नियम मिच्दा आधा घन्टा बाटोमै ट्राफिकको विद्यार्थी बन्नुपर्ने

Published: in समाज by . Leave a Comment on नियम मिच्दा आधा घन्टा बाटोमै ट्राफिकको विद्यार्थी बन्नुपर्ने.

काठमाडौं । आफ्नो सजिलोका लागि जहाँ पायो त्यहीँबाट सडक पार गर्दै हुनुहुन्छ ? या आकासे पुल चढ्न झन्झट मानेर पुलमुनिबाट बाटो काट्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईंलाई ट्राफिक प्रहरीले ठाउँको ठाउँ समातेर आधा घण्टादेखि २ घण्टासम्मको कक्षा दिनसक्छ । आइतबारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक पार गर्ने तथा आकासे पुल प्रयोग नगर्ने पैदल […]

धरान उपमहानगरपालिकाका नगरप्रमुखको निधन

Published: (Updated: ) in समाज by . Leave a Comment on धरान उपमहानगरपालिकाका नगरप्रमुखको निधन.

धरान ।  धरान  उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ। निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो। दुईसातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनलाई छातिमा निमोनियाको इन्फेक्सन भएको थियो। विरामीपर्नुभन्दा पहिले मृगौला समेत प्रत्यारोपण गरेकाले सुब्बाको उपचारमा सुधार नहुँदा मृत्यु भएको ग्राण्डी अस्पतालले जनाएको छ। -थाहाखबरबाट

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

Published: (Updated: ) in समाज by . Leave a Comment on आज साउने संक्रान्ति, लुतो फाल्ने दिन.

काठमाडौं  । आज साउने संक्रान्ति । असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यो भगवान शिवको महिना हो, यसै कारण पनि यो महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाऊ भनि शिवको आराधना गर्ने चलन रहि आएको छ । आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरूमा भक्तजनको विहानैदेखि भिड लागेको […]

वर्षमा एक खर्ब ६० अर्बको इन्धन आयात

Published: (Updated: ) in समाज by . Leave a Comment on वर्षमा एक खर्ब ६० अर्बको इन्धन आयात.

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मा मुलुकले एक खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो वर्ष सो मूल्यबराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ । –कारोबार दैनिकबाट

जिल्ला युवा समिति झापाद्वारा उद्यमी प्रवद्र्धन तथा सम्मान

Published: in समाज by . Leave a Comment on जिल्ला युवा समिति झापाद्वारा उद्यमी प्रवद्र्धन तथा सम्मान.

बिर्तामोड । जिल्ला युवा समिति झापाले चारजना युवा उद्यमीलाई सम्मानसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । अर्जुनधाराका माछापालक किसान डम्बरलाल चौधरी, हल्दिबारीको प्रगति बोयर फर्मका सञ्चालक गणेश पराजुली, अर्जुनधाराका राजु ढुङ्गेल, दमकका कुखुरापालक खेम भण्डारीलाई नगद ५ हजार रुपैयाँसहित आज सम्मान गरेको हो । समितिले समूह बनाएर उद्यम गर्ने झापाका ५ वटा निर्वाचन क्षेत्रका एक […]

कनकाईलाई हरित नगर बनाउँने अभियानमा जेसीज

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, समाज by . Leave a Comment on कनकाईलाई हरित नगर बनाउँने अभियानमा जेसीज.

सुरुङ्गा । कनकाइलाई हरित नगर वनाउँने अभियानमा लागेको सुरुङ्गा जेसीजले वजार क्षेत्रका कालो पत्रे भइसकेका वाटाहरुलाई प्राथमिता राखी अभियानलाई तिव्रता दिएको छ । जेसीजले सन २०११ देखि नै ग्रीन सिटि क्लिन सिटि सुरुङ्गाको नारालाई आत्मसाथ गर्र्दै सोही समयमा वजार क्षेत्रको कालो पत्रे भएको मुख्य सडक खण्ड क्याम्पस रोडमा वृक्षरोपण गरि सकेको अभियानका परिकल्पनाकार सुरुङ्गा जेसीजका […]

समावेशी महिलाको कार्यालय भवन उद्घाटन

Published: (Updated: ) in समाज by . Leave a Comment on समावेशी महिलाको कार्यालय भवन उद्घाटन.

कमल । समावेशी महिला शसक्तिकरण केन्द्रले आज एक कार्यक्रम गरी कार्यालय  उद्घाटनका साथै आजिवन सदस्यलाई प्रमाण पत्र प्रदान गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नम्बर १ की माननिय सभासद ईन्दिरा राई र विशेष अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संयुक्त रुपमा कार्यालय उद्घाटनका साथै संस्थाका आजिवन सदस्यलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । […]

बालुवाटारमा धर्ना दिने ३१ अधिकारकर्मी गिरफ्तार

Published: (Updated: ) in समाज by . Leave a Comment on बालुवाटारमा धर्ना दिने ३१ अधिकारकर्मी गिरफ्तार.

 काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएका ३१ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा नेतृत्वको सरकारका निर्णयहरु स्वतन्त्रता विरोधी र स्वेच्छाचारी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार दिउँसो बालुवाटारमा धर्ना दिएको थियो । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, महासचिव उत्तम पुडासैनी, सचिव […]

भारतीय चिठ्ठाको बिगबिगी, रमिते बन्यो प्रशासन

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on भारतीय चिठ्ठाको बिगबिगी, रमिते बन्यो प्रशासन.

भद्रपुर । झापाका पूर्वी नाका भद्रपुर, कांकरभिट्टा लगायतका क्षेत्रमा भारतीय क्षेत्रमा सञ्चालित अवैध चिट्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुने अवस्था आए पनि प्रहरी प्रशासन रमिते बन्ने गरेको छ । केही महिना अगाडि झापाको प्रहरी प्रशासनले सक्रियता देखाउँदै अवैध चिट्ठा रोकेको जस्तो देखिए पनि पछिल्लो समय भने खुल्ला रूपमा भारतीय चिट्ठा बिक्री हुन थालेको […]

सडकको डिजाइन गलत हुँदा स्थानीयलाई सास्ती

Published: (Updated: ) in समाज by . Leave a Comment on सडकको डिजाइन गलत हुँदा स्थानीयलाई सास्ती.

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा निर्माणका चरणमा रहेको चारआली केचना सडक खण्डको सडक नाला निर्माण तथा पानीको निकास डिजाइन गलत हुँदा बाढी सडकमा पस्न थालेको छ । सामान्य पानी पर्दा पनि सडक नालामा जम्मा हुने पानीको निकास बग्ने सामान्य होम पाइप राखेका कारण वर्षाद बढ्ने बित्तिकै पानी सडक माथि बग्ने गरेको हो […]