काठमाडौं । रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ । होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक […]
बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ । नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड ९ का ५० जना महिलाको सहभागिता रहेको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले तालिमका प्रशिक्षक प्रनिता भण्डारीलाई सामग्री […]
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल […]
झापा । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिममा अर्थात होली पर्वको सार्वजनिक विदा चैत ६ गतेका लागि उल्लेख भए पनि चैत ७ गते सार्वजनिक बिदा दिइने भएको छ । झापालाई तराईबाट अलग्याएर पहाडसँगै सार्वजनिक बिदा दिन थालेपछि होली पर्वको विदा विवादमा थियो । झापा पहाडकी तराई ? झापामा होली आज कि भोलि ? जस्ता […]
झापा । बिर्तामोड नगरपालिका पशुपन्छी विकास शाखाको आयोजनामा फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म नगरका सबै वडाहरुमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ८ हजार ८७० वटा पशुका लागि औषधी वितरण गरिएको तथा ८४८ वटा पशुपन्छीहरुको उपचार गरिएको जनाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत क्लिनिकल उपचार सेवा शीर्षकबाट पाँच लाख ५० […]
बुद्धशान्ति । डाँफे बचत तथा ऋण सहकारी संस्था दमकको तेस्रो सेवा केन्द्र झापाको बुद्धशान्तिमा सञ्चालनमा ल्याइएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै बुद्धशान्तिमा डाँफेको सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सेवा केन्द्रको उद्घाटन गरिएको हो । […]
झापा । नेपाल अलैंची व्यवसायी महासंघको छैटौँ साधारणसभा तथा तेस्रो महाधिवेशन यही चैत ९ र १० गते धनकुटाको हिलेमा आयोजना गरिने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा उद्घाटन गरिने महाधिवेशनमा केन्द्र तथा जिल्लाका २०० जनाभन्दा बढी अलैंची व्यवसायीहरुको सहभागिता रहने छ । महाधिवेशनको तयारी बारे जानकारी गराउन आज बिर्तामोडमा आयाजित […]
संवैधानिक विषयवस्तुको व्यवस्थापन अन्तरगत न्याय सम्पादनको क्षेत्रमा चर्चाले ह्वात्तै चुलिएको नाम हो, कृष्णाकुमारी निरौला पोखरेल । सामाजिक न्याय सम्पादनका अतिरिक्त स्थानीय जनआकांक्षा अनुरूप विकास निर्माणका विषयहरूमा खह्रो उत्रने हक्की स्वभावकी उनले संघीय सरकार र प्रदेश सरकारका घोषित योजनाहरूलाई समेत यसको प्रभावकारी कार्यान्वयनका लागि निकै सुक्ष्म ढंगले सहजीकरण गर्ने गरेकी छन् । निर्वाचित हुनुपूर्व राजनीतिक संलग्नता, […]
भद्रपुर । सरकारी उदासिनताले सरकारी जग्गा तथा भवनहरू अतिक्रमण हुने क्रम बढ्दै गइरहेको छ । पछिल्लो तीन दशकयता उपयोगमा नल्याइएका खाद्य संस्थानको मातहतका जग्गा तथा भवनहरू संरक्षणमा चासो नदिइदा अतिक्रमणमा पर्न थालेका हुन् । कृषि उपज खरिद–बिक्री गर्न सरकारले संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएका भद्रपुरमा रहेका ३ वटा ठूला भवन तथा गोदाम घर […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । प्रेस युनियन पाल्पाले आज गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउने वातावरण तयार पार्न सरकारलाई आग्रहसमेत गरेका छन् । उनले हत्या हिंसाबाट मुलुकमा परिवर्तन गर्न सम्भव नहुने भन्दै शान्तिपूर्ण राजनीतिमा आउन आग्रह […]