Sajhamanch Archive

के लक्ष्मीप्रसाद देवकोटा सानैदेखि कविता लेख्थे ? यस्तो छ उनको जीवनी

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on के लक्ष्मीप्रसाद देवकोटा सानैदेखि कविता लेख्थे ? यस्तो छ उनको जीवनी.

काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जम जयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं। १९९६ कार्तिक कृष्ण औसी अर्थात् लक्ष्मीपूजाको दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका तेस्रा सन्तानको रूपमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । न्वारानको नाम तीर्थमाधव देवकोटा भएपनि लक्ष्मीपूजाको दिन्न जन्मिएकाले उनको नाम […]

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा.

काठमाडौं । तिहारको मुख्य दिन कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा। साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको रूपमा यो दिन उनको पूजा–आराधना गरिन्छ। सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा […]

भारतीय सिमा जोडिएका विभिन्न नाकाबाट ठूलो परिमाणमा पटका बरामद

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय सिमा जोडिएका विभिन्न नाकाबाट ठूलो परिमाणमा पटका बरामद.

भद्रपुर । अवैध गतिविधि नियन्त्रण अभियान अन्र्तगत झापा प्रहरीले ठूलो परिणामको पटाका बरामद गरेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट अवैध रूपमा भित्र्याइएको अवस्थामा झापा प्रहरीले नियन्त्रणमा लिएर राखेको करिव ८ लाख मूल्य बराबरका पटाका नष्ट गरेको हो । भारतका बिहार र बंगाल राज्यसँग जोडिएका झापाका विभिन्न नाकाबाट नेपाल भित्र्याइएका सात लाख […]

स्थानीय तहका जनप्रतिनिधिलाई सहकारी अभियान बुझाईंदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on स्थानीय तहका जनप्रतिनिधिलाई सहकारी अभियान बुझाईंदै.

झापा । राष्ट्रिय सहकारी महासंघले आज झापाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वयका विषयमा अन्तरक्रिया गरेको छ । झापा जिल्ला सहकारी संघको व्यवस्थापनमा बिर्तामोडमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसँगको सहकार्य र समन्वय’ विषयक अन्तरक्रिया सम्पन्न भएको हो । महासंघका अध्यक्ष केशव बडाल प्रमुख वक्ता रहेको अन्तरक्रियामा उनले नेपालको संविधानले सहकारीलाई दिएको स्थान विश्वस्तरको रहेको […]

कांग्रेस महासमिति बैठक सर्यो, गच्छदार उपसभापति बनाइए, नेताहरु असन्तुष्ट

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस महासमिति बैठक सर्यो, गच्छदार उपसभापति बनाइए, नेताहरु असन्तुष्ट.

काठमाडौं । नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठकको अर्को मिति तय भएको छ । आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने टुङ्गो लगाइएको हो । मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । तिहार, छठलगायतका चाडपर्वहरू परेकाले महासमिति बैठकको तयारी […]

प्रथम संस्करणको पीपीएल उपाधि पोखरालाई

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on प्रथम संस्करणको पीपीएल उपाधि पोखरालाई.

पोखरा । पोखरामा चलिरहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । आज दिउँसो भएको फाइनल खेलको अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९ दशमलव २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो । पोखराका […]

आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै.

काठमाडौं । यमपञ्चकको दोस्रो दिन कुकुरतिहार। कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ। सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ। मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको […]

दुई करोड भ्रष्टाचार गरेको आरोपमा निवृत्त सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुुद्धा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on दुई करोड भ्रष्टाचार गरेको आरोपमा निवृत्त सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुुद्धा.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल अवकाश प्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंह विरुद्ध झण्डै दुई करोड रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०४३ साल फागुन १३ देखि सरकारी सेवामा प्रवेश गरेका उनले एक करोड ६० लाख २१ हजार १८ रूपैयाँ ८३ पैसा आय आर्जन गरेको देखिएको तर खर्च […]

भद्रपुरमा सडक स्तरीकरण गर्दा खानेपानीका पाइप क्षतविक्षत !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भद्रपुरमा सडक स्तरीकरण गर्दा खानेपानीका पाइप क्षतविक्षत !.

भद्रपुर । सघन सहरी विकास अन्तर्गत भद्रपुरमा सडक स्तरीकरणको काम गर्ने ठेकेदार कम्पनीको लापरवाहीका कारण खानेपानी प्रदुषण बढेको छ । सडक विस्तार गर्दा पानी वितरणका लागि बिछ्याइएका पाइपलाइन माथि जेसिभीले जथाभावी खन्दा पाइप फुटेर पानी प्रदुषण हुनेक्रम बढेको हो । पानी प्रदुषित भएपछि उपभोक्तामा छाला चिलाउने, झाडा पखाला, निमोनिया, श्वाश्वास प्रश्वास सम्बन्धी समस्या, जण्डिसलगायत रोगले […]

बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै भवनमा सरेको छ । बिर्तामोड नगरपालिका कार्यालयदेखि उत्तरपट्टि रहेको जनकल्याण युवा पुस्तकालयको तीन कोठे भवनलाई मर्मत सम्हार गरी वडा कार्यालय बनाइएको हो । नव संरचित वडा कार्यालय भवनको राष्ट्रियसभाका सदस्य हरिचरण शिवाकोटीले आज एक समारोहका बीच उद्घाटन गरिदिएका हुन् । वडा कार्यालयको उद्घाटन गर्दै सांसद […]