Sajhamanch Archive

साहित्यकार तेराख प्रतिष्ठान गठन हुने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on साहित्यकार तेराख प्रतिष्ठान गठन हुने.

मेचीनगर । साहित्यकार तेजराज खतिवडा (तेराख)को नाममा प्रतिष्ठान गठन गरिने भएको छ । धुलाबारीस्थित तेराख निवासमा आज शनिबार जिल्लाका अगुवा साहित्य साधकको उपस्थितिमा साहित्यकार तेराख प्रतिष्ठान गठन गर्ने सम्वन्धी अवधारणा माथि व्यापक छलफल गरिएको हो । छलफलमा माधव खतिवडा, तारा विविध, हरिचरण बानियाँ, गंगाप्रसाद ओडारी, कृष्ण सुवेदीू निराकारू, देवीचरण भण्डारी, गीता खनाल भण्डारी, कृष्णप्रकाश सुमार्गी, […]

झापामा भोलिदेखि सिनेमा शिक्षा

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, by . Leave a Comment on झापामा भोलिदेखि सिनेमा शिक्षा.

बिर्तामोड । कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले बिर्तामोडमा आइतबारदेखि फिल्म निर्माण सम्बन्धी एकहप्ते तालिम सुरु गर्ने भएको छ । फिल्म साक्षरता बढाउने र नयाँ जागरुक फिल्म निर्माता तथा स्टोरी राइटरलाई प्रोत्साहन गर्ने, फिल्म निर्माण सम्बन्धी शिक्षा दिने उद्दश्यले एकेडेमीले झापामा तालिम शुरु गर्न लागेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो । बिर्तामोडमा साउन २७ देखि भदौ १ […]

द्वन्द्व पिडीतमा न्याय पाउने आशंका कायमै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on द्वन्द्व पिडीतमा न्याय पाउने आशंका कायमै.

पाँचथर । द्वन्द्व पिडीतहरुले थप गरिएको आयोगको म्याद भित्र पनि न्याय पाउने कुरामा आशंका गरेका छन् । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगले हचुवाका भरमा अनुसन्धान बिना नै पिडीतहरुलाई मृत घोषणा गर्नेसम्मको गम्भीर कार्य गरेको भन्दै द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारका सदस्यहरुले छानविन आयोगको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् । सरकारले द्वन्द्व पिडीतको समस्या […]

आदिवासी जनजातिले गोजिमा रहेको अधिकार बिर्सेर भुँइमा खोज्न नहुनेः मन्त्री आङ्वो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on आदिवासी जनजातिले गोजिमा रहेको अधिकार बिर्सेर भुँइमा खोज्न नहुनेः मन्त्री आङ्वो.

भद्रपुर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले नेपालका कम्युनिष्ट शक्ति सच्चा लोकतन्त्रवादी रहेको दावी गरेका छन् । २४ औं विश्व आदिवासी दिवसको सन्दर्भमा भद्रपुर २ स्थित पृथ्वीनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले विपक्षी दलले कम्युनिष्ट अधिनायकवाद हावी भएको प्रचार गरेकोप्रति लक्षित गर्दै आत्मनिर्णयको अधिकार दिन तयार हुने […]

‘वडाका समस्यालाई प्राथमिकता अनुसार क्रमवद्ध पूरा गर्ने प्रयास गरिरहेको छु’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, , by . Leave a Comment on ‘वडाका समस्यालाई प्राथमिकता अनुसार क्रमवद्ध पूरा गर्ने प्रयास गरिरहेको छु’.

बिरिङ र घाग्रा खोलाको बीचमा पर्ने, भौगोलिक विविधता भएको कनकाई नगरपालिका वडा नं. ९ सांस्कृतिक एवम् जात, जाति, भाषाभाषीको विविधता भएको वडा हो । राजवंशी, सन्थाल, तराईका माझी, यादव, साहा आदि जातजातिको बाहुल बसोबास रहेको यो वडा कनकाई नगरपालिकाकै नमूनाको रुपमा बुझ्ने गरिन्छ । सो वडालाई थप राम्रो र नमूना बनाउन वडाध्यक्ष प्रेमप्रसाद राजवंशी अग्रसर […]

महिला हिंसाको विरोधमा सयौं महिला सडकमा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on महिला हिंसाको विरोधमा सयौं महिला सडकमा.

बिर्तामोड । पछिल्लो समय समाजमा बलात्कारका घटना बढेका कारण योसँगै महिला हिंसा अन्त्यको माग राख्दै झापाका महिला तथा मानव अधिकारकर्मीहरुले आज सडक तताएका छन् । एक महिनामा मात्र झापामा छ वटा बलात्कारका घटना दर्ता भएका छन् । बुधबार मात्रै अर्जुनधारा २ की चार वर्षीया बालिकालाई १५ वर्षे युवकले बलात्कार गरेपछि महिलाहरु थप आन्दोलित भएका हुन् […]

कहाँ हराए ३ सय ८७ मानिस ?

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on कहाँ हराए ३ सय ८७ मानिस ?.

मेचीनगर । काँकरभिट्टा क्षेत्रबाट मानिस हराउने क्रम बढ्दै गएको छ । आफन्त संघ संस्था र प्रहरीले खोज्दा समेत मानिसहरु कहाँ जान्छन, पत्ता लाग्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला तथा बालबालिका केन्द्रको तथ्याङ्क अनुसार वितेको आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १ सय ४८ जना मानिस हराएका छन् । हराउनेमा महिलाको संख्या उल्लेख्य छ […]

धरौटी बुझाउन इन्कार गर्दा भद्रपुरका व्यापारी घोष जेल चलान

Published: in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on धरौटी बुझाउन इन्कार गर्दा भद्रपुरका व्यापारी घोष जेल चलान.

भद्रपुर । राजश्व छलेको आरोप लागेका भद्रपुरका व्यापारी सञ्जीव घोष धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका छन् । घोषलाई राजश्व छल्न नक्कली भ्याट बिल (मूल्य अभिबृद्धि कर विजक) प्रयोग गरी अवैध कारोबारको आरोपमा पक्राउ गरी राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एक करोड ५७ लाख धरौटी रकम बुझाउन माग गरेपछि नतिर्दा […]

प्रदेश १ मा अपुरो अभ्यासः नोटबुक र तिघ्रा ठटाउँछन् सांसद

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश १ मा अपुरो अभ्यासः नोटबुक र तिघ्रा ठटाउँछन् सांसद.

विराटनगर । प्रदेश १ को संसदमा लामो समयदेखि केही फरक दृश्य देखिने गरेको छ । संसदमा बेलाबेलामा विधेयकहरु टेबल भइरहन्छन् । सांसदहरु भने तिघ्रा र नोटबुक ठटाउँदै समर्थन जनाउँछन् । सभामुख प्रदीप भण्डारीबाट संसदमा टेबल भएको विधेयक पारित गर्न राय बुझ्ने क्रम चलिरहन्छ । फेरि सांसदहरु समर्थन जनाउन आफ्नो तिघ्रा र नोटबुक ठटाउँछन् । प्रदेश […]

मजदुरको समस्या समाधान गर्न श्रम ऐन कार्यान्वयनमा जोड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मजदुरको समस्या समाधान गर्न श्रम ऐन कार्यान्वयनमा जोड.

बिर्तामोड । चिया मजदुरको समस्यालाई समाधान गर्न श्रम ऐन २०७४ पूर्ण कार्यान्वयन हुनुपर्नेमा मजदुर नेताहरुले जोड दिएका छन् । २०७४ भदौ १९ गते जारी भएको श्रम ऐन कार्यान्वयनमा आए मात्र समग्र क्षेत्रका मजदुरसँगै चिया मजदुरको समस्या समाधान हुने उनीहरुले औल्याएका छन् । चिया मजदुरका समस्या र समाधानका उपाय विषयमा सोमवार बिर्तामोडमा भएको छलफलमा सहभागी मजदुर […]