गौरादह । झापाको गौरादह नगरपालिकाले आगामी ४ वर्ष भित्रमा नगर भित्रका फुसको छाना भएका घर विस्थापित गर्ने भएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नगरभित्रका २०० घर परिवारको फुसको छाना हटाएर जस्ता पाता खरिद गर्न बजेट विनियोजन गरेको नगरप्रमुख रोहितकुमार साहाले जानकारी दिएका हुन् । चालू आर्थिक वर्षमा नगरभित्रका विपन्न समुदायका घरमा जस्ता पाता लगाउन […]
भद्रपुर । नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) बिलको प्रयोग गरी राजश्व छली गरेको आरोपमा भद्रपुरका व्यापारी सञ्जीव घोष पक्राउ परेका छन् । राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले भद्रपुरस्थित शिव स्टोर्सका सञ्चालक घोषलाई करोडौं राजश्व रकम छली गरेको आरोप लगाउँदै अनुसन्धानका लागि पक्राउ गरेको हो । व्यापारी घोषलाई राजश्व छलीको कसुरमा सुन्सरी अदालतमा पेश […]
तेह्रथुम । तेह्रथुमको ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुब्बा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार अपरान्ह पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिदै गरेका दाहाललाई अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टोलीले प्रकाउ गरेको हो । अख्तियार ईटहरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस […]
भद्रपुर । सुन्दा पनि अच्चम लाग्छ! एउटै नगरपालिकाभित्र एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ? तर यस्तै भइरहेको झापाको मेचीनगर नगरपालिकाभित्र तोकिएको सडक खण्डमा। मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ मा पूर्वाधार उपभोग सेवा शुल्क असुल्नका लागि ठेक्का लगाएको छ। ठेक्का लागेपछि नगरपालिकाले तोकेको दररेटमा ठेकेदारले सवारी साधनबाट कर रकम असुल्नुपर्ने हुन्छ। तर नगरपालिकाले तोकेको […]
हल्दिबारी । हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित वार्षिक बजेट ४४ करोड ४८ लाख ८५ हजार प्रस्तावित गरेको छ । दोश्रो गाउँसभाबाट पारित गरिएको तथा आ.व. २०७४/०७५ मा प्रस्तावित सो बजेट संशोधनसहित आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन गरिएको हो । ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ मूल नारा लिएर एकीकृत गाउँ […]
भद्रपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारको विरोध गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई निशाना साँधेको छ । दुई तिहाई बहुमतप्राप्त सरकार र दुई शक्तिशाली कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर गठन भएको नेकपाको समेत नेतृत्व गरेका प्रधानमन्त्री ओली मङ्गलबार सदरमुकाम चन्द्रगढीमा काङ्ग्रेसले आयोजना गरेको विरोध सभामा आलोचनाको केन्द्र बनेका हुन् । विपक्षी काङ्ग्रेसको शीर्ष तहका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानूनभित्र बस्नुपर्ने सुझाएका छन् । महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धी आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् । राजनीतिले देशलाई बाटो देखाउनु पर्ने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि […]
झापा । चार महिना अघि बिर्तामोडको एक होटलबाट पक्राउ परेकी एक युवतीले भर्खरै जिल्ला कारागार झापामा बच्चा जन्माइन । उनि २० वर्षिया अविवाहित महिला हुन् । बिर्तामोड प्रहरीले यौन धन्दामा संलग्न भएकी भन्दै उनलाई पक्राउ गरि सामाजिक अपराध ऐन अन्तरगत मुद्वा चलाएको थियो । गत चैतमा पक्राउ परेकी उनले जिल्ला अदालतमा पाँच हजार रुपैयाँ बुझाउन […]
नेपाली हिन्दु धर्मावलम्बीहरूले साउनको सोमबारको व्रत अघिल्लो साता सुरु गरे। त्यही व्रत भारतीय हिन्दु धर्मावलम्बीहरू यो सोमबार सुरु गर्दैछन्। नेपालीहरूले साउन ७, १४, २१ र २८ गते साउने सोमबार मनाउँदा भारतीयहरूले १४, २१, २८ र भदौ ४ गते मनाउँदैछन्। एउटै धर्म। एउटै संस्कृति। एउटै पर्व। यस्तो किन भयो? ‘सामान्यतय व्रत गर्दा सौरमानसापेक्ष चान्द्रमहिना तिथिमा गर्नु भन्ने […]
बिर्तामोड । चर्को शुल्क बृद्धिको विरोधमा विद्याथी संगठन आन्दोलित भएका छन् । अखिल र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रुपमा दोस्रो चरणको आन्दोलनमा निस्केका हुन् । प्यासन र एनप्यासनले चरम शुल्क लिएको तथा एसइइ दिएर ११ र १२ मा पढ्न लागेका विद्यार्थीहरुलाई क्यापसहरुले चरम शुल्क लिने गरेको पाइएकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको विद्यार्थी संगठनले […]