Sajhamanch Archive

के कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढेकै हो ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on के कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढेकै हो ?.

काठमाडौँ । केही दिनयता संसदीय समितिहरूमा सार्वजनिक सरोकारका विषयमा मन्त्री र सांसदहरूको सवालजवाफमा देखिएको चर्काचर्की र समितिको निर्देशन नै परिवर्तन गर्नुपर्ने अवस्थाप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । खासगरी संसदको विकास तथा समृद्धि समितिमा सञ्चार मन्त्री गोकुल बास्कोटा र सांसदहरूबीचको सवालजवाफ र सार्वजनिक लेखा समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवबीच चिनीको मूल्य निर्धारणका […]

लेखापढी बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

Published: (Updated: ) in विविधा, सहकारी by . Leave a Comment on लेखापढी बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न.

भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरको आठौ वार्षिक साधारण सभा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष महेश भट्टराईको सभापतित्व तथा नेपाल वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा चन्द्रगढी एकता मुल कृषक सहकारीका भगिरथ नेपाल स्वर्गदारी सहकारीका गोपालबहादुर थापा, नेपाल लेखापढी कानुन […]

मलेसियाको रोजगारी निःशुल्क : श्रममन्त्रीको सह्रानीय काम

Published: (Updated: ) in विविधा by . Leave a Comment on मलेसियाको रोजगारी निःशुल्क : श्रममन्त्रीको सह्रानीय काम.

काठमाडौं । शान्ति सुरक्षा, भद्रगोल, अस्तव्यस्त र अराजकता देखेर सरकारप्रति नागरिकको वितृष्णा बढिरहेको बेला केही मन्त्रीले आशा जगाउने काम पनि गरिरहेका छन् । नागरिकलाई आशा जगाउने थोरैमध्येमा पर्नुहुन्छ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट । मन्त्री विष्टको अगुवाईमा दुईथरि अभियान एकैपटक सुरु भएको छ । एक–बेरोजगारलाई स्वदेशमै रोजगारीको वातावरण बनाउने र विदेशमा रहेकालाई नेपाल फर्काएर […]

नारी सञ्चार गृहको साधारणसभा सम्पन्न

Published: (Updated: ) in विविधा by . Leave a Comment on नारी सञ्चार गृहको साधारणसभा सम्पन्न.

विर्तामोड । नारी सञ्चार गृह झापाको छैठौं साधारणसभा मंगलबार विर्तामोडमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अध्यक्ष सापकोटाले अब सञ्चारमाध्यममा टिकिरहन प्रविधिसँग खेल्नुपर्ने र प्रत्येक सञ्चारकर्मीले क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । कार्यक्रममा फोनिजका १ नं […]

खुशीको खबर ! अब एक गोलीबाटै हुनेछ एचआईभीको उपचार

Published: (Updated: ) in विविधा by . Leave a Comment on खुशीको खबर ! अब एक गोलीबाटै हुनेछ एचआईभीको उपचार.

एचआईभी पीडितका लागि एउटा यस्तो औषधि खोज गरिएको छ जसलाई चार वटा औषधि मिलाएर तयार पारिएको छ । यो औषधिको प्रयोग एचआईभी रोगीका लागि सुरक्षित र प्रभावशाली छ । क्लिनिकल ट्रायल (परिक्षण)मा पत्ता लाग्यो कि चार औषधिको एक गोली ‘क्वैड’ले तीव्र गतिमा काम गर्छ र सामान्यतयाः प्रयोग गरिने औषधिभन्दा तुलनात्मक रुपमा यसको नकारात्मक असर पनि […]

बलिउडका अभिनेता तथा निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको निधन

Published: in विविधा by . Leave a Comment on बलिउडका अभिनेता तथा निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको निधन.

बलिउडका दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको सोमबार निधन भएको छ । ८७ वर्षीया कृष्णाराज कपूर लामो समयदेखि स्वास्थ्य खराब भएका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनको खबरले बलिउड अहिले शोकमा डुबेको छ । उनको सोमबार बिहान ५ बजे निधन भएको हो । अभिनेत्री रविना टण्डनले ट्वीटरमार्फत कपूरको निधनको […]

विर्तामोडमा बरङ्गना उपन्यास सार्वजनिक

Published: (Updated: ) in विविधा by . Leave a Comment on विर्तामोडमा बरङ्गना उपन्यास सार्वजनिक.

बिर्तामोड । झापाको विर्तामोडमा बुलबुल पब्लिकेशन प्रालिले वरङ्गना उपन्यासको सार्वजनिक गरेको छ । प्रालिले एक कार्यक्रमका बीच सोबिता सिम्खडा द्वारा लेखिएको बरङ्गना उपन्यास सार्वजनिक गरेको हो । लामो समयसम्म चलचित्र क्षेत्रमा अभिनय गर्दै आएकी अभिनेत्री सिम्खडाको यो पहिलो उपन्यास हो । उनले चलचित्रको पर्दामा काम गर्दा आफुले धेरै कुरा सिकेकाले समय समाजको अध्ययन गरी समाजमा […]

काँग्रेसको ‘छाया सरकार’ अलपत्र, देउवाले चासो नदेखाएकोमा नेताहरू आक्रोशित !

Published: in विविधा by . Leave a Comment on काँग्रेसको ‘छाया सरकार’ अलपत्र, देउवाले चासो नदेखाएकोमा नेताहरू आक्रोशित !.

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल काँग्रेसको ‘छाया सरकार’ बनाउने घोषणा अलपत्र परेको छ । गत फागुन ३ गते तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम सरकार गठन भएलगत्तै निर्वाचित सरकारलाई निगरानी गर्न प्रमुख प्रतिपक्ष दल काँग्रेसले छाया सरकार गठन गर्ने घोषणा गरेको थियो । गत फागुन १२ गते बसेको काँग्रेस संसदीय दलको बैठकले संसदमा छाया […]

कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन अाज बुझाइदै

Published: (Updated: ) in विविधा by . Leave a Comment on कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन अाज बुझाइदै.

 काठमाडौँ  । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने भएको छ । गृह मन्त्रालयले सहसचिवहरिप्रसाद मैनालीको संयोजकत्वमा भदाै ७ गते उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो। गृहमन्त्री रामबहादुर थापा समक्ष प्रतिवेदन बुझाउन समितिका सदस्यहरु अहिले गृह मन्त्रालय पुगेका छन्। प्रतिवेदनमा धेरैजसो नयाँ कुराहरु अाएको र मंगलबार […]

पाडाजुंगीमा मोटरसाइकल दुर्घटना, ३ घाइते

Published: (Updated: ) in विविधा by . Leave a Comment on पाडाजुंगीमा मोटरसाइकल दुर्घटना, ३ घाइते.

दमक । झापाको दमक नजिकै कमल गाउँपालिका वडा नं. ५ पाडाजुंगीमा आज दिउँसो साढे ११ बजे दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मे ६ प ९११ नम्बरको पल्सर मोटरसाइकल र मे १० प ३८५९ नम्बरको स्कुटी एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत […]