काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। साउन २० गते बिहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो। शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक सुरक्षाको तेस्रो संशोधन विधयेक, शिक्षामन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक, अर्थमन्त्री डा. युवराज खतिवडाले लेखापरीक्षण विधेयक दफावार छलफलका लागि सिमतिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने संभावित कार्यसूची रहेको थियो। त्यस्तै, गृहमन्त्री बादलले […]
नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड सामग्री खरिद, छपाई तथा मसलन्द सामग्री आपूर्ती सम्बन्धी बोलपत्र सूचना प्रथम पटक सूचना प्रकाशन मितिः २०७५ साउन १८ यस नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोडलाई आर्थिक वर्ष २०७५/०७६ को लागि आवश्यक पर्ने तपसिल बमोजिमका सम्पत्ती, स्टेशनरी र मसलन्द सामग्रीहरु खरिद तथा छपाई गर्नुपर्ने भएकोले सम्बन्धित बिक्रेता वा संघ–संस्थाहरुको लागि १५ […]
काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनवाई समितिको बैठक जारी छ ।शुक्रबार बिहानदेखि सुनुवाइ समितिकाे कार्यालय सिंहदरबारमा बैठक चलिरहेकाे छ। प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेकाे थिएन। जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकार गर्ने/नगर्ने भन्नेमा बुधबार दिनभर दुवै दलका […]
अब प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सम्भव हुनेछ । शोधकर्ताका अनुसार डायबिटीजको गम्भिर अवस्था यस रोगको प्रारम्भिक संकेत हुनसक्छ । शोधकर्ताका अनुसार यो निष्कर्ष टाइप–२ डायबिटिज पिडित करिब १० लाख रोगीहरुको विश्लेषणका आधारमा निकालिएको हो ।यी रोगीहरुमा डायबिटीज र प्यानक्रियाटिक क्यानसरको सम्बन्धलाई लिएर अध्ययन गरिएको थियो । जति पनि बिरामीहरुमा प्यानक्रियाटिक क्यानसर भएको पत्ता लागेको […]
अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ जुलाई २०, २०१८ प्रदर्शनमा आएको थियो । फिल्मले अहिलेसम्म ६० करोड भन्दा धेरैको ब्यापार गरिसकेको छ । प्रेम कहानीमा आधारित यस फिल्ममा जान्हवी कपूरले पार्थवीको भूमिका निर्वाह गरेकी छिन् । भारतको राजस्थानको पृष्ठभूमिमा बनेको यो फिल्ममा जान्हवी मारवाडी लवजमा बोलेकी छिन् । यस फिल्ममा जान्हवी कपूरले गरेको […]
काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । अहिले मर्मतको टोलीले काम सुरु गरेको छ । एक घन्टापछि धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । अहिले बिदेशबाट आएका जहाज आकाशमै होल्ड छन् । आन्तरिक केही उडान भने अन्त्यत्रै पठाइएको छ । विमानस्थलबाट हुने नियमित […]
काठमाडौं । सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ। बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको छ। बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। होटल तथा रेस्टुरेन्टका […]
काठमाडौं । सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ। यसै विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्। उपनिर्वाचनका लािग सबभन्दा पहिले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने छ। स्थानीय तहमा मात्रै १९ जिल्लाका प्रमुख, गाउपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका २०७ पद रिक्त छन्। […]
काठमाडाैं । नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ। बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको […]
काठमाडाैं । छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता अरु देशको तुलनमा बढी देखिएको छ। गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगानी प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अब रुपैयाँ भन्दा धेरै लगानी प्रतिवद्धता रहेको छ। नेपालमा दक्षिणी छिमेकी भारतसहित अमेरिका, बेलायत, अष्ट्रलिया, ब्राजिल बेल्जियमलगायतका देशबाट […]