Sajhamanch Archive

मेची नगरपालिकामा एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्न बाध्य

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on मेची नगरपालिकामा एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्न बाध्य.

भद्रपुर । सुन्दा पनि अच्चम लाग्छ! एउटै नगरपालिकाभित्र एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ? तर यस्तै भइरहेको झापाको मेचीनगर नगरपालिकाभित्र तोकिएको सडक खण्डमा। मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ मा पूर्वाधार उपभोग सेवा शुल्क असुल्नका लागि ठेक्का लगाएको छ। ठेक्का लागेपछि नगरपालिकाले तोकेको दररेटमा ठेकेदारले सवारी साधनबाट कर रकम असुल्नुपर्ने हुन्छ। तर नगरपालिकाले तोकेको […]

बिमा गर्नेको अधिकार खोसिँदै

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on बिमा गर्नेको अधिकार खोसिँदै.

काठमाडौं । बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा विमित(ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ। प्रस्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति(प्रस्तावित बिमा प्राधिकरण) लगायतले भुक्तानी व्यवस्था पापउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको हो। विद्यमान व्यवस्था(बिमा ऐन ०४९० अनुसार कुनै कारणले बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा दामासाहीमा लागेको खर्च र त्यसपछि बिमितले भुक्तानी […]

चार पटक परीक्षा दिँदा समेत स्टाफ काेर्स पास गरेनन् सशस्त्रका एसपीले

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on चार पटक परीक्षा दिँदा समेत स्टाफ काेर्स पास गरेनन् सशस्त्रका एसपीले.

काठमाडौं । शस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी)अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन्। सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको हो। ढकाल सिसुका मोरङ […]

रोटरी क्लव सुरुङ्गाले पदभार ग्रहण

Published: (Updated: ) in विविधा by . Leave a Comment on रोटरी क्लव सुरुङ्गाले पदभार ग्रहण.

सुरुङ्गा । रोटरी क्लव अफ सुरुङ्गाले एक कार्यक्रमका बीच  पदभार ग्रहण गरेको छ । २०१८ को जुन २२ तारिखमा रोटरी इन्टरनेशनलवाट मान्यता प्राप्त गरेको सुरुङ्गाले पदभार ग्रहण गरेको हो । रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले पदभार ग्रहण गरेसँगै क्लवका डिस्ट्रीक गभर्नर चिन्तामणि भट्टराईले सपथ खुवाएका थिए । सपथ ग्रहणसँगै संस्थापक अध्यक्ष उप्रेतीलाई […]

प्रधानमन्त्री ओलीले तुलसीलाललाई सम्झिए

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्री ओलीले तुलसीलाललाई सम्झिए.

ललितपुर । आज साउन १७ गते, नेपालको कम्युनिस्ट आन्दोलनका पुराना एक योद्धा तुलसीलाल अमात्यको २१औं स्मृति दिवस । वाम आन्दोलनका यी पुराना नेताको नाममा स्थापित प्रतिष्ठानले आज विशेष कार्यक्रम गरेर उनलाई सम्झेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सो कार्यक्रममा सहभागी भएर उनको स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न तुलसीलाल अमात्यको पनि महत्वपूर्ण योगदान रहेको […]

साझा प्रकाशनका कर्मचारी आन्दोलनमा

Published: in समाज by . Leave a Comment on साझा प्रकाशनका कर्मचारी आन्दोलनमा.

काठमाडौँ । साझा प्रकाशनका कर्मचारी आफूलाई पुन: बहाली गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । साझाले २० वर्ष सेवा गरेका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराउने शर्तसहित स्वेच्छिक अवकाश दिएका कर्मचारीले ‘केही नपाएको’ भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरु ललितपुरको पुल्चोकस्थित साझाको कार्यालय हातामा पाँचदिनदेखि धर्ना बसेका छन्। धर्नामा देशैभरिबाट जम्मा भएका १ सय २८ जना कर्मचारी रहेको उनीहरुको भनाइ […]

प्रमुख प्रतिपक्षीबिनै संसद् बैठक सञ्चालन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रमुख प्रतिपक्षीबिनै संसद् बैठक सञ्चालन.

काठमाडौँ   । प्रमुख प्रतिपक्षी कांग्रेसका संसद्ले बहिष्कार गरे पनि बिहीबारकाे स‌ंसद् बैठक सञ्चालन गरिएको छ । बैठकमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले बोलेपछि प्रश्नोत्तर गर्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद बाहिरिएका थिए । कांगेसले प्रतिनिधिसभा नियामावली २१९ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ भन्दै सभामुख कृष्णबाहदुर महरासमक्ष बारम्बार माग गरेका थिए। तर, सभामुख महराले आज विशेष समय र शून्य […]

गरिबी निवारणको नाममा ठगी : तीन महिला समातिए

Published: in समाज by . Leave a Comment on गरिबी निवारणको नाममा ठगी : तीन महिला समातिए.

कैलाली । दलितमैत्री गरिबी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै ‘सयौंजना’लाई ठगी गरेको आरोपमा प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनैजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–५, गेटाकी ३२ वर्षीया कल्पना बोगटी, कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–८ की […]

कांग्रेसले गर्यो संसद बैठक बहिष्कार

Published: in राजनीति by . Leave a Comment on कांग्रेसले गर्यो संसद बैठक बहिष्कार.

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा कांग्रेसले मन्त्रीसँगको प्रश्नउत्तरको व्यवस्था मागमा सभामुखले उपलब्ध नगराएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो । प्रतिपक्षी दलका सांसदहहरुले विरोध गर्दै उभिइरहेका बेला सभामुखले कार्यसूची अनुसारका कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसदहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।  

एकपछि अर्को विकेट पतन हुनु हारको मुख्य कारण : कप्तान पारस

Published: in खेलकुद by . Leave a Comment on एकपछि अर्को विकेट पतन हुनु हारको मुख्य कारण : कप्तान पारस.

काठमाडौं । नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको ऐतिहासिक खेलमा नेपाल पराजित हुनुको मुख्य कारण एकपछि अर्को विकेट पतन हुनुभएको कप्तान पारस खड्काले बताएका छन् । नेदरल्यान्ड्ससँग नेपाल ५५ रन पराजित हुदै गर्भिलो इतिहास बनाउनबाट चुकेको थियो । इएसपीएनक्रिकइन्फोलाई कप्तान खड्काले लक्ष्य सानो भएपनि राम्रो खेल्दा खेल्दै हार्न पुगेको बताए । कप्तान खड्काले भनेका छन्, “मैले […]