Sajhamanch Archive

खेलकुद फिफाले घोषणा गर्‍यो गोल अफ द टुर्नामेन्ट

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on खेलकुद फिफाले घोषणा गर्‍यो गोल अफ द टुर्नामेन्ट.

विश्वकप आयोजनापछि फिफाले विश्वकपमा भएको सर्वाधिक उत्कृष्ट गोलको घोषणा गरेको छ। फिफाले फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको  गोल रुस विश्वकप फुटबलकै उत्कृष्ट गोल भएको घोषणा गरेको हो। कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै पाभार्डको गोल विश्वकपकै उत्कृष्ट गोल घोषित भएको छ। अनलाइन भोटिङको आधारमा फ्रान्सका पाभार्डको गोल उत्कृष्ट ठहरिएको हो। […]

प्रधानमन्त्री ओली र डा. केसी पक्षबीच वार्ता शुरु, केसीका मागमा सरकार लचक

Published: in समाज by . Leave a Comment on प्रधानमन्त्री ओली र डा. केसी पक्षबीच वार्ता शुरु, केसीका मागमा सरकार लचक.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अनशनरत डा.गोविन्द केसी पक्षबीच वार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी वार्तामा डा. केसीका मागहरुको विषयमा कुराकानी भइरहेको वार्तामा संलग्न डा केसीका एक सहयोगीले लोकान्तरलाई बताए । ‘डा. केसीका मागका बारेमा सरकार र प्रधानमन्त्री एकदमै सकारात्मक हुनुहुन्छ’ वार्तामा संलग्न केसीका सहयोगीले भने,‘अजै ब्रेक थ्रु हुने सम्भावना छ ।’ […]

पाकिस्तान चुनाव पूर्व क्रिकेटर इमरान खानको पार्टी सबैभन्दा अगाडि

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाकिस्तान चुनाव पूर्व क्रिकेटर इमरान खानको पार्टी सबैभन्दा अगाडि.

पाकिस्तानमा भएको चुनावमा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीले सबैभन्दा बढी मत पाएको छ । मतदानको १० घण्टा पछि बिहान आएको नतिजा अनुसार खानको पार्टीले सबैभन्दा बढी मत पाएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । अहिले सम्मको नतिजा अनुसार दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ । शरीफले जारी मतगणनामा देखिएको […]

नेपाली भूभाग डुबाउने भारतका १९ संरचना सरकार सधैं मैन

Published: in समाज by . Leave a Comment on नेपाली भूभाग डुबाउने भारतका १९ संरचना सरकार सधैं मैन.

काठमाडौं । जमिन जलमग्न हुँदा धानको बेर्ना डुबेका छन् । खेत समेत नदेखिने गरी पानीले ढाकेको छ । धानका बेर्ना कुहिएर पानीमाथि तैरिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ५ भगवानपुरका सागिर साहलाई महलीसागर बाँधले हरेक वर्ष यसैगरी दुःख दिन्छ । खेतमा बाढी पसेर उब्जाउ नै हुन दिदैन । यशोधरा गाउँपालिका ६ रंगपुरकी सारजहाँ खातुनलाई पनि […]

वाइडबडी विमान पनि भित्रियो, मकालु राखियो नाम

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on वाइडबडी विमान पनि भित्रियो, मकालु राखियो नाम.

काठमाडौं ।नेपाल वायु सेना निगमले दोस्रो वाइडबडी विमान पनि भित्र्याएको छ। ए ३३०-२०० सिरिजको विमान बिहीबार बिहान करिब सवा नौ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। ‘मकालु’ नाम दिइएको सो नयाँ विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निगमका कर्मचारीहरूले स्वागत गरेका थिए। विमानलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक […]

होटलमा मजदुरबीच आपसी झगडा हुँदा एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on होटलमा मजदुरबीच आपसी झगडा हुँदा एकजनाको मृत्यु.

धनकुटा । धनकुटाको भेडेटारनजिक एक होटलमा होटल मजदुरबीच भएको झगडामा एक मजदुरको मृत्यु भएको छ। साँगुरीगढी गाउँपालिका- ६ मा रहेको होटल माउण्ट एभरेस्‍टमा कार्यरत २ मजदुरबीच झगडा हुँदा सोही ठाउँका वर्ष १८ का सुरज राईको मृत्यु भएको हो। कामदार मात्र भएको अवस्थामा आपसी विवाद हुँदा सुनसरी चक्करघटीका करिब वर्ष १९ का निशान लिम्बूले गरेको धारिलो […]

भाँडियो सरकार र डा.केसीको वार्ता यस्तो छ कारण

Published: (Updated: ) in राजनीति by . Leave a Comment on भाँडियो सरकार र डा.केसीको वार्ता यस्तो छ कारण.

काठमाडौं । डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेका छन् । मंगलबार केसी र सरकार पक्षबीच ७ बुँदे सहमति भएको थियो । वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओम अर्यालको होटेल क्रिष्टल थापाथलीमा बैठक बस्यो । सरकारसँग भएको सहमति नमान्ने निश्कर्ष उनीहरूले मंगलबार निकालेका थिए […]

पाकिस्तान निर्वाचन : इमरान खानको पार्टीले अग्रता लिँदा नवाज शरिफको दलद्वारा परिणाम अश्वीकार

Published: in राजनीति by . Leave a Comment on पाकिस्तान निर्वाचन : इमरान खानको पार्टीले अग्रता लिँदा नवाज शरिफको दलद्वारा परिणाम अश्वीकार.

पाकिस्तानमा आम चुनावको परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले ढिलाइ गरेको छ। बुधबार साँझ ६ बजे मतदान सकिएको थियो। तत्कालै मतगणना भएको थियो। सुरुवाती मतपरिणाम र अग्रतामा पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरीक़-ए-इंसाफ़ पार्टीले अग्रता लिएको छ। त्यसपछि पाकिस्तान मुस्लिम लीग नवाज र विपक्षी पाकिस्तान पिपुल्स पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएका कारण मतपरिणाम सार्वजनिक […]

रसुवा पहिरो अपडेट : चारको मृत्यु ११ बेपत्ता

Published: (Updated: ) in समाज by . Leave a Comment on रसुवा पहिरो अपडेट : चारको मृत्यु ११ बेपत्ता.

काठमाडौं ।रसुवामा पहिरोमा परि चार जनाको ज्यान गएको छ। अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा ११ जना सम्पकविहीन भएका छन्। रसुवा प्रहरीका अनुसार टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्कविहिन भएका हुन्। पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचना खुलेको छैन। […]

बंगालादेशमा उत्पादित फर्निचर बिर्तामोडबाटै बिक्री

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on बंगालादेशमा उत्पादित फर्निचर बिर्तामोडबाटै बिक्री.

बिर्तामोड । दक्षिण एशियाली मुलुक बंगलादेशमा उत्पादन गरिएका फर्निचरहरु झापाको बजारबाट बिक्री हुन थालेको छ । बंगलादेशको ख्यातीप्राप्त औद्योगिक प्रतिष्ठान प्रान–आरएफएल समूहको उत्पादन पहिलो पटक नेपालमा भित्र्याइएको हो । वुडन, एलबी र मेटल तीन विधाका फर्निचर सामग्री उत्पादन गर्ने आरएफएल समूहले २१औं शताब्दीका उपभोक्ताको चाहनालाई ध्यानमा राख्दै विभिन्न १५० किसिमका आकर्षक डिजाइनका फर्निचर उत्पादन गर्ने […]